Free songs
Home / फिचर समाचार / प्रहरी प्रविधिमा स्मार्ट हुनुपर्छ : डिआइजी

प्रहरी प्रविधिमा स्मार्ट हुनुपर्छ : डिआइजी

शरद रेग्मी

तुलसीपुर। पाच नम्वर प्रदेशका प्रहरी प्रमुख डिआइजी पीताम्बर अधिकारीले प्रहरीमा दरवन्दी भन्दा पनि प्रविधि बढाउन आवश्यक रहेको बताउनुभएको छ।

समय अनुकूल प्रहरीलाई प्रविधिले स्मार्ट बनाउन सके मात्रै सेवा प्रवाह सोचेअनुरुप छिटो छरितो हुने उहा“ले विश्वास व्यक्त गर्नुभयो। अबको प्रहरी प्रविधिमा स्मार्ट हुनुपर्ने भन्दै डिआइजी अधिकारीले प्रहरीले कुनै एक ठाउ“‘मा बसेर प्रविधिको प्रयोगले बजार मोनिटरिङ गर्न सक्नुपर्ने बताउनुभयो।

शुक्रवार तुलसीपुर उपमहनरपालिका वडा नं. १५ मलवारमा नवनिर्मित प्रहरी भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दैै अधिकारीले प्रहरीको काम समाजको पहरेदारी गर्नु भएको हु“दा प्रहरीले सदैव समाजको शान्ति सुरक्षा र हितमा काम गर्नुपर्ने बताउनुभयो। उहाले समाजस“ग हातेमालो गर्दै समातामूलक समाज निर्माणमा सदैव कटिवद्ध रहन मातहतका प्रहरीलाई निर्देशन दिनुभयो।

उहा“ले अबको एक महिनाभित्रमा प्रदेशका सबै प्रमुख शहरहरुमा सिसि क्यामरा जडान भइसक्ने बताउनुभयो। डिआइजी अधिकारीले प्रदेश सरकारको सहयोगमा दाङलगायत पा“च नं. प्रदेशका सबै प्रमुख शहरहरुमा तीन करोडको लागतमा सिसि क्यामरा जडानको काम शुरु भएको जानकारी दिनुभयो।

सिसि क्यामरा जडानपछि अपराध
अनुसन्धान र न्याय सम्पादनमा प्रहरीलाई थप सजिलो हुने उहा“ले आशा व्यक्त गर्नुभयो। त्यस्तै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले दाङको सीमा नाकामा रहेका छवटा अस्थायी प्रहरी चौकी मध्ये अझैसम्म पाचवटा नाकामा प्रहरीले फुसको
टहरामा बसेर कार्य सञ्चालन गर्दै आएको, जिल्लाका थप १९ वटा प्रहरी पोष्टहरुको आफ्नै भवन र जग्गा नभएको हु“दा सेवा प्रवाहमा समस्या पैदा भएको भन्दै ती कार्यालयको स्तरवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो।

 

कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेमबहादुर शाहीले इप्रका मलवारले आसपासका ३८ गाउ“का १४ हजार जनसंख्याको सुरक्षा दिदै आएको बताउनुभयो। अझै पनि इप्रका मलवारमा कम्पाउन्डको तारवार, मूलगेट निर्माण, खाली जग्गामा बोट विरुवा लगाउने, गाडी पार्किङ स्थल निर्माण लगायतका कामहरु गर्न बा“की रहेको बताउनुभयो।

कार्यक्रममा तुलसीपुर उमनपा वडा नं. १५ का अध्यक्ष लक्ष्मण चौधरीले द्वन्द्वकालमा प्रहरी चौकी ध्वस्त हुदा समाजमा अब के हुन्छ भन्ने त्रास फैलिएको भए पनि आज फेरि प्रहरीको लागि सुविधा सम्पन्न भवन निर्माण हु“दा सर्वसाधारण खुशी भएको बताउनुभयो।

शान्ति र विकास एक अर्काका परिपूरक भएको बताउनुभएका चौधरीले हरेक सचेत नागरिकले समाजमा हुने आपराधिक गतिविधिका बारेमा प्रहरीलाई सूचना दिएर सघाउनुपर्ने बताउनुभयो। नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले प्रहरीको लागि नया भवन निर्माण गर्न दुई विगाह बढी जग्गा दान गर्ने सर्वसाधारणलाई धन्यवाद दिदै प्रहरीप्रतिको पुरानो धारणा परिवर्तन हुन जरुरी रहेको बताउनुभयो।

दुई करोड १० लाखमा नया भवन

इप्रका मलवारमा शुक्रवार उद्घाटन गरिएको सुविधासम्पन्न भवन दुई करोड दश लाख ७३ हजारको लागतमा निर्माण भएको हो। प्रहरी निरीक्षक तथा इञ्जिनियर चिरिञ्जवी महतोले रोयल कन्ट्रक्सन कम्पनी धनगढी कैलाली र इप्रका तुलसीपुरबीच २०७५ साल जेठ ४ गते निर्माण कार्य शुरु भएको जानकारी दिनुभयो। गत चैत ५ गते निर्माण कार्य सम्पन्न भएको साढे दुई तले पक्की भवनमा कुल १५ वटा कोठा छन्। त्यसमा शौचालय तीनवटा, स्नानगृह तीन वटा र एक तले भान्सा घर पनि निर्माण गरिएको छ।

वि.सं. २०३९ सालमा स्थापना भएको इप्रका मलवारको नाममा १७ कठ्ठा तीन धुर जग्गा छ। यो जग्गा स्थानीयबासीले प्रहरीलाई दान गरेका हुन्। मलवारमा २३ जनाको दरवन्दी रहे पनि हाल प्रहरी नायव निरीक्षकको कमाण्डमा जम्मा आठ जना मात्रै कार्यरत छन्।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top