Free songs
Home / समाचार / संक्षिप्त समाचार / दाङवाङका ज्येष्ठ नागरिकलाई सम्मान

दाङवाङका ज्येष्ठ नागरिकलाई सम्मान

 सागर रिजाल

प्युठान। ऐरावती गाउपालिका–१ दाङवाङका ८० वर्ष उमेर समूह माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ।

सहिद परिवार समाज नेपालको आयोजना, सामाजिक विकास मन्त्रालय पाच नम्बर प्रदेश तथा ऐरावती गाउ“पालिकाको आर्थिक सहयोगमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो। यस क्षेत्रका ५५ जना ज्येष्ठनागरिकलाई नगद सहित दोसल्ला ओढाई सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष विशाल खड्काले बताउनुभयो।

जिल्ला समन्वय समितिका उपप्रमुख पदम थापाले सम्मान कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। उहाले ज्येष्ठ नागरिकले देखाएको बाटोमा आपूmहरु सधै लाग्ने बताउनुभयो। समाजका सबै पक्ष एक भएर विकास र समृद्धिको यात्रामा अगाडि बढ्नुपर्ने उहा“को भनाइ थियो। कार्यक्रममा ऐरावती गाउ“पालिकाका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले ज्येष्ठ नागरिकको अनुभवलाई समाज रुपान्तरणमा प्रयोग गर्ने भन्दै मुलुक परिवर्तनमा ज्येष्ठ नागरिकले निर्वाह गरेको भूमिका अतुलनीय रहेको वताउनुभयो।

‘परिवर्तनका लागि सहिदहरुले वलिदान गरेका छन्’– उहा“ले भन्नुभयो– ‘सहिदको उच्च सम्मान गर्दै सहिदको सपना साकार पार्नेछौं।’
सरकारले सबै पक्षलाई क्रमशः सम्बोधन गर्दै देश स्थायित्व, विकास र समृद्धिमा अगाडि बढेको बताउनुभयो। नेकपाका नेतासमेत रहनुएका बस्नेतले नेकपा पार्टीले निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्ने बताउनुभयो। उहा“ले ज्येष्ठ नागरिकहरुस“ग भन्नुभयोे– ‘सामाजिक सुरक्षा भत्ता पा“च हजार बनाउने भनेका थियौं अहिले तीन हजार पु¥यायौं। सरकारको यो पूरा कार्यकालमा पा“च हजार नै पु¥याउ“छ।’ गाउ“पालिकाभित्रका विभिन्न विकास निर्माणका कार्यहरुस“गै बृद्धहरुको संरक्षण र सम्मानलाई प्राथमिकतामा राखेर काम गरेकोे उपाध्यक्ष बस्नेतले बताउनुभयो।

सम्मानित भएपछि ज्येष्ठ नागरिक खुशी

ऐरावती गाउ“पालिका–१ दाङबाङका ज्येष्ठ नागरिकहरु सम्मानित भएपछि खुशी भएका थिए। ९७ वर्षीय डिलबहादुर गाहा मगर सम्मानित भएपछि सम्मानले मेरो मन निकै खुशी भयो । अझै केही समय बा“च्ने बताउनुभयो। उहा“स“गै यस क्षेत्रका सम्मानित भएका ज्येष्ठ नागरिकहरु खुशी भएका छन्। ऐरावती गाउ“पालिका वडा नं. १ दाङवाङका माथिल्लो उमेर समूहका ज्येष्ठ नागरिक छनोट गरी सम्मान गरिएको वडाध्यक्ष केशवराज आचार्यले जानकारी दिनुभयो ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top