Free songs
Home / समाचार / प्रमुख समाचार / २६ करोड घोटाला काण्ड : सहकारीले ग्राहकको पैसा फिर्ता गर्न शुरु ग¥यो

२६ करोड घोटाला काण्ड : सहकारीले ग्राहकको पैसा फिर्ता गर्न शुरु ग¥यो

युगबोध समाचारदाता

बाके। सहकारी वित्तीय विकास संस्था लिमिटेडले ग्राहकको पैसा फिर्ता गर्न शुरु गरेको छ।

चारजना कर्मचारी करिब २६ करोड रुपैया“ हिनामिना गरेर फरार भएपछि बन्द भएको सहकारीले बिहीवार बिहान १० बजेदेखि ग्राहकको पैसा फिर्ता गर्न शुरु गरेको हो। ठूलो संख्यामा प्रहरी परिचालन गरेर सहकारीले शुरुवाती चरणमा बचतबाट १० प्रतिशत फिर्ता गरेको छ। पैसा फिर्ता हुने भनेपछि गाउ“–गाउ“बाट ग्राहकहरु बिहानै नेपालगञ्ज आएका थिए।

सहकारीका अध्यक्ष हरदेवबक्स चौधरीले अब बिहीवार र सोमवार १० देखि तीन बजेसम्म पैसा फिर्ता गरिने जानकारी दिनुभयो। ‘दिनमा ५० जना महिला र ५० जना पुरुषको पैसा फिर्ता गर्छांै’– अध्यक्ष चौधरीले भन्नुभयो– ‘सहकारीको अवस्था नाजुक भए पनि ग्राहकको पैसा फिर्ता गर्न लागि परेको छु।’ उहा“ले सबै पैसा फिर्ता गर्नका लागि आफ्नो ८० कठ्ठा जमिन बैंकमा राख्ने प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो। बिहीबार पहिलो दिन सयजनालाई ३३ लाख ६० हजार नौ सय रुपैया“ फिर्ता गरिएको छ।

सहकारीको रकम हिनामिना गरेर फरार रहेका चारजनाले ‘आफन्ती’ मार्फत ७७ लाख रुपैया“ फिर्ता गरेपछि र अन्य खोजखाज गरेर ग्राहकको पैसा फिर्ता गर्न शुरु गरेको अध्यक्ष चौधरीले बताउनुभयो।

चारजना कर्मचारीले करिब २६ करोड हिनामिना गरेर फरार भएपछि जेठ १२ गतेदेखि सहकारी बन्द रहेको थियो। सहकारीका बैंकिङ प्रबन्धक अरुणकुमार पाठकले २२ करोड, नायव महाप्रबन्धक गंगाधर सुवेदीले तीन करोड, खजुरा शाखाका प्रमुख सूर्यकुमार विकले ६४ लाख र बैजापुर शाखाका लीलाधर ओलीले ४४ लाख हिनामिना गरेको अध्यक्ष चौधरीको भनाइ छ। यी फरार रहेकालाई प्रहरीले खोजी गरिरहेको छ। यता, प्रहरी सम्पर्कमा आएका पाठकले आफूलाई फसाइएको दाबी गर्नुभएको छ। २१ गते प्रहरी सम्पर्कमा आएका पाठकले सहकारीमा पहिलादेखि नै आर्थिक गडबडी भए पनि गत भदौ २६ गतेदेखि आफूलाई प्रबन्धक बनाएर फसाइएको दाबी गर्नुभयो। पाठक २१ गतेदेखि नै प्रहरी नियन्त्रणमा छन्।

सहकारीमा रकम हिनामिना भएको सुनेपछि पैसा डुब्यो भनेर अत्तालिएका पचपोखरीका बिर्जलाल राढ दिनको एकपटक सहकारीमा आउ“दै फर्किदै गर्नुहुन्छ। बिहीवारदेखि पैसा बा“ड्ने सुनेपछि बिहानै ६ बजे नै नेपालगञ्ज आइपुग्नुभयो। छोराले मलेसियाबाट पठाएको चार लाख ११ हजार नौ सय ५० रुपैया“ बिर्जलालले सहकारीमा जम्मा गर्नुभएको छ। ‘मेरो श्रीमती जगदम्बीको नाममा पैसा जम्मा गरेको छु। छोराले मलेसियाबाट पठाएको हो’– बिर्जलालले भन्नुभयो– ‘सहकारीका कर्मचारीले पैसा खाएर भागेको सुनेपछि मन आत्तिएको छ। म दैनिक नै नेपालगञ्ज आउ“दै बुझ्दै जा“दै गरेको छु। आज पैसा बा“ड्ने थाहा पाएपछि बिहान ६ बजे नै नेपालगञ्ज आइपुगें।’ बदरुल अन्सारी पनि सहकारी अगाडि लाइनमा बस्नुभएको थियो। उहा“को पनि छोराले विदेशबाट पठाएको ११ लाख रुपैया“ सहकारीमा जम्मा रहेको छ। नेपालगञ्ज, खजुरा र बैजापुरमा शाखा राखेर चलाएको सहकारीमा १४ हजार बढी ग्राहक रहेका छन्।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top