Free songs
Home / विचार / स्वच्छ नेपाल बनाउने  विद्यार्थी योजना

स्वच्छ नेपाल बनाउने  विद्यार्थी योजना

गोविन्द खड्का

पिसाव आएर अटेसमटेस हु“दा पनि कुनै वास्ता नगरी केही घण्टा उनीहरुको मन्तव्य सुनिरहें। एउटा कारण निर्णायक मण्डलको सदस्य थिए“, मुख्य कारण उनीहरु बोलेको छुटाउनै नमिल्ने लाग्यो। घोराही क्षेत्रका १० विद्यालयका ४० विद्यार्थीले गत ११ गते आफ्ना धारणाहरु राखेका थिए।

अपेक्षा पूरा गर्न सकेनौ होला। फस्ट भएर फर्किने तयारीका साथ हलमा पुगेको व्यक्तिले कुनै स्थान नल्याउ“दा अवश्य नमिठो भयो। कतिले गुनासो सोध्नु भएको होला त कतिले मनमनै गाली गर्नुभयो होला। यो अनुमानको कुरा गरें। त्यसमा हजुरहरुको पूर्ण अधिकार छ। हामी निर्णायक तीन म, साहित्यकार भुवन देवकोटा, घोराही उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख उमेश शर्मा थियौं। एकजना उत्कृष्ट छान्नु थियो। तीनजनाको अंक जोड्दा आउने योगफलले नै अन्तिम नतिजा हुन्थ्यो। त्यसमा तपाइ“हरु चारजनाको प्रतिस्पर्धा निकै कडा थियो। यति धेरै टक्कर कि हामी तीनै जनाले उही व्यक्तिलाई छान्दा छकदंग भयौं। सर्वोत्कृष्टकोे स्थान ल्याउन नसक्नेहरुले पनि पचास प्रतिशत बढी अंक हासिल गर्नुभएको छ। त्यत्रो प्रतिस्पर्धामा ल्याएको नतिजालाई उत्कृष्ट मान्न सकिन्छ।

दुई दुईजनाका दरले उपस्थित हुनु भनेर आयोजक संस्था स्वच्छ नेपालले लिखितरुपमै निम्तो गरेको रहेछ, यहा“हरु चार पा“चजना आउनुभयो। तपाइ“को विद्यालयले शुरुमै नियम उल्लंघन ग¥यो। त्यसो गर्दा तपाइ“हरुलाई अवसर दियो। हामीले तपाइ‘हरुलाई खाली हात नफर्काउने, अवसर दिनुपर्छ भन्ने निर्णायक मण्डलको मत दियौं। मञ्च पाउनुभयो। हामीले त्यसमा न्याय गरेका थियौं। नियम भनेको नियम हो, तोकिएको संख्या भन्दा बढी सहभागिता हु“दैन भन्न सकिन्थ्यो। एउटा उत्साह, जोश र तयारीका साथ आएका विद्यार्थीलाई हच्काएर निराश बनाउन चाहेनौं। त्यसो गर्नु उपलब्धिमूलक हु“दैनथ्यो।

कतिजना बाहिरै बसेर पर्खिनुभएको थियो, बोलाएपछि मात्रै हलमा पुग्नुभयो। तपाइ“को अनुशासनलाई सम्मान गर्नुपर्छ। भित्र पुगेर पनि तपाइ“हरु भद्रस“ग बस्नुभयो। कुनै पनि विद्यालयको विद्यार्थीलाई खोट लगाउन सकेनौं। सुन्नुभयो, सुनाउनुभयो, आफैले मूल्यांकन गर्नुभयो। अझ पद्मोदय पब्लिक माविका शिक्षक मीनराज घिमिरेले लिखितरुपमै नतिजा तयार पार्नुभएको थियो। तपाइ“हरुलाई न्याय गर्न सबैतिरबाट निकै चुनौती थियो। हाम्रो विवेकले भ्याएसम्म न्याय ग¥यौं। तपाइ“ले आफ्नो क्षमता प्रदर्शन गर्नुभयो। धेरैजना शिक्षकसहित आउनुभएको थियो। थोरैले मात्रै विद्यार्थी मात्रै पठाएर टार्नुभयो। पुरस्कार लिने बेलामा धेरै विद्यार्थी शिक्षकसहित मञ्चमा पुगे केहीलाई देख्न सकिएन।

वक्ताहरुबाट सिक्नुपर्ने अनेकौं कुरा थिए। उनीहरुका सबै गतिविधि नोट गर्न असमर्थ छु। आफ्नो मन्तव्यतर्फ आकर्षित गराउन कतिले कविता तथा गजलबाट शुरु गर्नुभएको थियो। केहीले त गीत गाइदिनुभयोे। यो शिक्षकहरुका लागि पनि सिकाईको विषय थियो। पाइपको लाठी ठटाउ“दै तर्साउन कक्षा कोठा पस्ने शिक्षकहरुले विद्यार्थीको ध्यानाकर्षण गराउने शैली सिक्नुुपर्छ। एकचोटि शान्त भइदिनुस्। चुप लाग्नुस् भनेर हा“क हाल्दै आफ्ना कुरा राख्ने नेताहरुले पनि उनीहरुबाट सिक्नुपर्छ। कुरा सुन्न इच्छुक बनाउनुपर्छ, बाध्य पार्ने होइन।

केही डराएका थिए। उनीहरु मञ्चमा पुग्ने बित्तिकै घोसेमुन्टो लगाउ“थे। उभिएर बोल्ने ठाउ“ पनि तोकिएको थियो। रोष्ट्रमको व्यवस्था थिएन। त्यसले पनि केहीलाई अफ्ठेरो पारेको हुनुपर्छ। धेरैजनालाई सजिलो महसुस भएको देखिन्थ्यो। यसलाई सामुदायिक विद्यालयले अतिरिक्त क्रियाकलाप गराएको उपलब्धि हो। उनीहरुले ठूलै क्षमताको विकास गराएको देखियो। अझ अंगे्रजी भाषामै खररर्र भाषण दिएपछि सहभागी सबै चकित परेका थिए।

कतिपयले घोकेर आएको सम्बोधन भुलेपछि अकमकिएका थिए। खररर बोल्दै जा“दा हच्किएपछि सम्झिन धेरै बेर मञ्चमै उभिन्थे। मन्टो बटार्ने, आकाशतिर फर्किने, रातो पिरो हुने गर्थे ता कि निकै कष्ट महसुस भएको थियो। उनीहरुले विद्यालयले दिएको त्रास पनि सम्झिएको हुनुपर्छ। जुन–जुन विद्यालयले यसरी घोकाएर पठाए त्यो सरासर गलत गरेका छन्। आफ्नो विद्यार्थीले भुलेको कुरालाई गल्ती नसम्झिइ विद्यालयले समीक्षा गर्न आग्रह गर्दछु। अरु मञ्चहरुमा पनि विद्यार्थीका यही प्रस्तुति दोहोरियो भने विद्यार्थीको होइन विद्यालयको आलोचना हुन्छ। सम्बोधन पनि कापीमा लेखेर घोकाउने होइन कक्षामा अभ्यास गराउने हो। घरमा पुगेर बाबुआमालाई प्रमुख अतिथि बनाएर पनि प्रयास गर्न सकिन्छ।

निकै कडा मेहनत गरेर घोक्नु परेको थियो। त्यसमा ठूलो शक्ति नष्ट गरेका छन्। लामो समय घोत्लिनु, चिन्ता गर्नु र त्रसित हुनुपरेको छ। निर्धक्क स“ग उभिन डराउने विद्यार्थीहरुले विद्यालयमा अभ्यास नभएको प्रमाण दिएका छन्। आत्तिने र बिर्सेको कुरा सम्झिनलाई पर्यत्न गर्नु विद्यालयको वातावरण डर त्रासको रहेको अनुमान लगाउन सकिन्छ। कतिले चाहेको भन्दा बढी अभिनय गरे। त्यसरी विनाप्रसंग हात खुट्टा चलाउन जरुरी थिएन। वरपर दौड्दै बोल्नुपर्ने पनि होइन। शब्द र हावभावको ताल मिल्दैनथ्यो। भाषाको भाव बुझाउनेगरी हावभाव मिलाउन सकेनन्। त्यसलाई सिर्जनशीलता नभएको मानिन्छ। आफूतिर ध्यानाकर्षण गराउन सुन्नेहरुको अनुहार ख्याल गर्नुपर्छ। त्यही अनुसार आ“खा, हात खुट्टा तथा अन्य अंगहरु चलाउन दर्शक स्रोतालाई हेरेर गर्नुपर्छ। विद्यालयमा शिक्षकले सिकाएको सम्झिएर मात्रै गरियो भने तालमेल खा“दैन।

बोल्ने क्रममा निकै नौला कुराहरु पनि उठाएका थिए। उनीहरुका सुझावहरु कार्यान्वयन गर्न सके वातावरण प्रदूषण, जलवायु परिवर्तन र फोहोरमैला व्यवस्थापन गर्नका लागि पर्याप्त छन्। उनीहरुले जन्म दिनमा बृक्षारोपण गरौं भने। जथाभावी रुख नकाटौं, त्यसले जलवायु परिवर्तन गराउ“छ भने। अब विश्वमा औद्योगिक क्रान्ति हु“दैछ । विभिन्न ग्या“स उत्पादन भइ प्रदूषण हु“दैछ। यस्तो बेलामा हरियाली बनजंगलको महत्व औंल्याए। सानातिना कुरा पनि गजबले उठाए। चक्लेट खान्छौं त्यसको खोल कता फाल्ने भन्ने जानेका छैनौं भने। स्कुल बसबाट बाहिर प्लाष्टिक फालेनन् भने बाटो फोहोर हु“दैन। चाउचाउ विस्कुटदेखि हरेक खाजा खाएपछि प्लाष्टिक व्यवस्थापन गरे भने फोहोर निकै घट्छ। धारामा नुहाउन गएकोले स्याम्पु र साबुनका खोल नफाले त्यसै सफा हुन्छ।

उचित समयमा जाडो नहुनु जलवायु परिवर्तनको कारण हो। फागुनमा फुल्ने लालीगुरा“स मंसिरमै फुल्ने, अरु फूल पनि समयमा नफुल्नु, वर्षातमा पानी नपर्नु र हिउ“दमा भल बग्ने गरी पानी आउनु जलवायु परिवर्तनकै कारण हुन्। यस संगै अतिबृष्टि, अनाबृष्टि हुनु जलवायु परिवर्तनकै कारण भएको बताए। ओजन तह प्वाल परेर सूर्यका खतरनाक किरण सिधै पृथ्वीमा आउने खतरा औल्याए। त्यसबाट बच्न हामीले पनि प्लाष्टिकजन्य फोहोर जलाउनुहुन्न भने। तराईमा हुने लामखुट्टे चिसो पहाडी हिमाली क्षेत्रमा सर्नु तापक्रम बढेको कारणले हो। त्यसको एउटा कारण ग्रीन हाउसको भएको सुनाए।

उनीहरुले वातावरण संरक्षण नगर्ने जनावर हो भनिदिए। धुवा“ नआउने उद्योग तथा यातायातका साधनको विकास गरौं। भाषण कम गरौं। अहिलेसम्म मकै छर्न सकेका छैनौं। जलस्रोतको धनी देशमा पिउने पानी पाएका छैनौं। यसरी आफ्ना धारणा राखेका थिए। मावि पद्मोदय, मावि डा“डागाउ“, मावि जन्द्रागाउ“, मावि धर्ना, मावि सिद्धरत्ननाथ, मावि रझेना, मावि झिङ्नी, मावि वालविकास, गंगा मावि रामपुर र मावि सौडियारका विद्यार्थीले भाग लिएका थिए। उनीहरुले भनेका जति काम गर्ने हो भने हामी सफा र सम्पन्न तुरुन्तै बन्छौं।

प्रयोग गरी सकेपछिको नचाहिने वस्तुलाई फोहोर मैला भन्छन् भनेर उनीहरुले गतिलो परिभाषा सुनाए। अझ नौलो कुरा पनि उठाए, ठूला देशले आफ्ना उत्पादन कपडा तथा मेशिनमा नचाहिने वस्तु हालेर साना देशमा प्रदूषण बढाएका छन्। सा“च्चै झोला, जुत्ता किन्न गयो भने प्लाष्टिकजन्य फोहोर हालेर पुक्क उकासेका हुन्छन् । त्यसले हाम्रै क्षेत्रमा फोहोर बढाएको हुन्छ।

कुच्चिएको डिब्बा उद्योगलाई दिन सक्छौं। केही वस्तु पुनः प्रयोग गर्न सकिने लायकका हुन्छन्। त्यसका लागि थ्री आरको विधि पनि सुनाए। फोहोरको वर्गीकरण गर्ने उपाय पनि बताए। गल्ने नगल्ने अलग गर्ने। गल्नेलाई खाल्टामा हालेर कम्पोष्ट मल बनाउने । नगल्नेलाई थ्रीआरको विधिमा लैजाने। निकै उपयुक्त विधि सिकाइदिए। कम्पोष्ट मल प्रयोग गरेर रासायनिक मल छोड्नुपर्छ भने। उनीहरुका अनुसार सड्ने गल्ने फोहोरलाई मलको रुपमा प्रयोग गर्न सक्छौं। वातावरण जोगाउने कि बिगार्ने ? मानिसको हातमा हुन्छ। वातावरण विकास नै सबै विकास हो । सबै एक भएर गरेपछि स्वच्छ नेपाल हुन्छ। निकै मार्मिक, व्यावहारिक, जीवनोपयोगी र अहिलेको जरुरी बारेमा बोले।

यस्तो छुटाउनै नमिल्ने विद्यार्थीको मन्तव्य घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले समय दिन भ्याउनु भएन। तर उनीहरुलाई सम्मान र प्रोत्साहन गर्ने कार्यलाई निकै महत्व दिनुभयो। केही समय बाहिरिएका वातावरण तथा विपत व्यवस्थापन महाशखा संयोजक एवं घोराही १४ का अध्यक्ष चुकचुकाउनुभएको थियो। आधा उधीको सुन्नुभएका डा“गीले सबै जानी सक्नुभएको छ व्यवहारमा बदल्न मात्रै जरुरी रहेको टिप्पणी गर्नुभयो। यो अवसरको लागि स्वच्छ नेपालका सुशीला पौडेल, कार्यक्रमलाई अनुशासित एवं मर्यादितरुपमा सहजीकरण गर्ने सदस्य रेखा शर्मा र नमा शर्मासहितको टिमप्रति आभार प्रकट गर्दछु।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top