Free songs
Home / विचार / सकारात्मक सोच र शिक्षण

सकारात्मक सोच र शिक्षण

जीतबहादुर शाह

कक्षा ५ मा अध्ययनरत दीपकलाई लेख्न पटक्कै मन लाग्दैन। र त राम्रोस“ग अक्षर लेख्न जान्दैनन् उनी। अक्षर पनि कनिकुथी मात्रै चिन्न र पढ्न सक्छन्। अक्षरमा मात्रा लागेपछि उनलाई साह्रोगाह्रो परिहाल्छ। यी बाहेक उनका अरु कुरा सब ठीक छन्। उनी अनुशासित छन्। शिक्षकले भनेको मान्छन्। खेलकूदमा राम्रा छन् र चित्र पनि कोर्छन्। सफासुग्घर र निरोगी छन्। दौडधुप गरेर गर्ने काममा उनलाई कसैले पनि भेट्न सक्दैन। साथीहरुस“ग मिलनसार र सहयोगी पनि त्यत्तिकै छन्। दीपकमा भएका कमजोर पक्षलाई लिएर विद्यालयका केही शिक्षकहरुले उनीमाथि राम्रो व्यवहार गर्दैनन्। अपशब्द प्रयोग गरेर गाली गर्छन्। विद्यालयमा कार्यरत केही शिक्षकहरुले भने उनमा भएका राम्रा पक्षहरुलाई लिएर उनलाई प्रशंसा र माया गर्छन्। आफूलाई मन नपराउने र गाली गर्ने शिक्षकलाई दीपकले पनि मन पराउ“दैनन् र उनीहरुले अध्यापन गर्ने कक्षामा बस्नु भनेको मर्नुजस्तै ठान्छन्। आफूलाई मन पराउने शिक्षकको कक्षामा भने उनी रमाएर बस्छन् र उनीहरुले पढाउने विषयमा सकेजति मेहन त गर्न समेत लागिपर्छन्।

कक्षा ५ मा अध्ययनरत दीपक उनै हुन् र एउटै हुन् तथापि उनलाई हेर्ने शिक्षकहरुका आ“खा र दृष्टिकोणहरु फरक छन्। कोही शिक्षकहरु उनलाई काम नलाग्ने कमजोर विद्यार्थीको रुपमा देख्छन् भने कोहीले उनलाई राम्रो र जा“गरिलो विद्यार्थीको रुपमा देख्छन्। नराम्रो देख्नेहरुले उनमा भएको कमजोर पठन र लेखनलाई मुख्य रुपमा देख्छन् भने राम्रो देख्नेहरुले उनमा भएका सवल पक्षहरु– खेलकूद, चित्रकारिता, मिलनसारिता, सफा र निरोगिता आदिलाई मुख्यरुपमा देख्छन्। कमजोर पक्ष देख्नेहरु कमजोर पक्ष देखेर दीपकस“ग रिसाउ“छन् भने राम्रो पक्ष देख्नेहरु राम्रो पक्ष देखेर दीपकस“ग खुशी हुन्छन्। यो सबै खेल सोचको रहेछ। सकारात्मक किसिमले सोच्नेहरु हरेकमा सम्भावना देख्छन् दीपकमा जस्तै। नकारात्मक किसिमले सोच्नेहरु हरेकमा कमजोरीको थुप्रो देख्छन् दीपकमा जस्तै। जस्तोसुकै अप्ठ्यारोमा पनि मुस्कुराउ“दै अघि बढ्ने र अरुलाई पनि मुस्कुराउ“दै सफलताको सिढी चढ्न प्रेरित गर्ने मानिसहरु सकारात्मक सोचका हुने गर्दछन्। सकारात्मक सोचका मानिसहरु आफ्नो जिम्मेवारी र दायित्वलाई समेत उत्साहका साथ यसरी सम्पादन गर्दछन् जसरी एउटा कुशल खेलाडीले खेलमैदानमा आफूलाई प्रस्तुत गर्दछ।

बालकमा भएका अनन्त सम्भावनालाई पर्गेल्नका लागि शिक्षक सतप्रतिशत सकारात्मक सोच भएको हुनुपर्दछ। शिक्षकले बुझ्नुपर्छ कि कुनै पनि बालक यो धर्तीमा केही न केही सम्भावना र केही न केही क्षमता ल्याएर आउने गर्दछ। बालकमा रहेको क्षमता र सम्भावनालाई पहिचान गर्नका लागि शिक्षकमा पनि त्यही प्रकारका दक्षता र क्षमता हुनुपर्दछ। शिक्षकमा हुनुपर्ने सबैभन्दा ठूलो क्षमता र दक्षता भनेको सकारात्मक सोच हो। बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बींड भने झै क्षमताबान र सकारात्मक सोच भएका शिक्षकका लागि सबै विद्यार्थीहरु श्रीखण्ड जस्तै देखिन्छन् भने नकारात्मक सोच भएका शिक्षकका लागि श्रीखण्ड जस्ता विद्यार्थीहरु पनि खुर्पाको बींड जस्तै देखिन्छन्। जब शिक्षक विद्यार्थीप्रति नकारात्मक हुने गर्दछ, विद्यार्थी पनि स्वाभाविकरुपले उक्त शिक्षकप्रति नकारात्मक नै हुने गर्दछ। शिक्षकप्रति नकारात्मक हुनु भनेको स्वाभाविकरुपले उसले अध्यापन गर्ने विषयप्रति समेत नकारात्मक र कमजोर हुनु हो।

विद्यार्थीप्रति भन्दा पनि सर्वप्रथम त शिक्षक आफ्नै पेशाप्रति सकारात्मक हुनु आवश्यक छ जुन कुरा पातलिदै गएको छ। महात्मा गान्धीले भनेका छन्– ‘यदि हामी दुनिया“को वास्तविक शान्तिसम्म पुग्न चाहन्छौं भने हामीले बालबालिकालाई शिक्षा दिने काम गर्नुपर्दछ।’ महात्मा गान्धीले यो कुरा गरे पनि कतिपय बालबालिकालाई शिक्षा दिनका लागि नियुक्त मानिसहरु भने आफ्नो यो सुन्दर कर्म शुरु गर्नका लागि यात्रारम्भ गर्दा शान्ति होइन कि तनाव महसुस गर्दछन्, टाउको दुखेको अनुभूति हुन्छ। र त बालबालिका भएको विद्यालयसम्म भनेको समयमा स्फूर्तिका साथ पुग्नका लागि शिक्षकहरुका पाइला अघि बढ्दैनन्। यस्तो अवस्थामा कतिपय त बालबालिका भएको विद्यालयसम्म नपुगेर पनि पेशा धान्ने काम गर्दछन् भने, कतिपय ढिलो गरी पुग्छन्। यसरी विद्यालयमा पुग्नेहरुका निम्ति बालबालिकालाई शिक्षा दिने पेशा रुचीको पेशा नभई बाध्यताको पेशा हुने गरेको छ। यसरी संसारकै सर्वश्रेष्ठ मानिएको बालबालिकालाई शिक्षा दिने पेशा पनि बोझ र अरुचिको पेशाको रुपमा बदलिनुमा मानिसभित्र रहेको उक्त पेशाप्रति विद्यमान नकारात्मकताले अहं भूमिका निर्वाह गरिरहेको हुन्छ।

मन र मस्तिष्कमा नकारात्मकतालाई सजाएर बालबालिकालाई शिक्षण गर्नेहरु बालबालिकाभित्र रहेका अनगिन्ति सम्भावनाहरुलाई देख्न सक्दैनन्। बरु उनीहरु पाइलैपिच्छे बालबालिकाका गल्ती र कमीकमजोरीहरु मात्र देख्छन्। त्यस्ता शिक्षकहरुलाई जतिबेला पनि बालबालिकाका नराम्रा पक्षहरुको मात्र सम्झना हुने गर्दछन्। यसबाट उनीहरुभित्र रहेको शिक्षण पेशालाई राम्रोस“ग सम्पादन गर्ने सीप र दक्षताहरु पनि आवश्यक ऊर्जाको अभावका कारण मृतः प्राय हुन्छन्। तालिम र प्रशिक्षणमा सिकेका कार्यकुशलताहरुले कक्षाकोठामा कहिल्यै पनि रुपान्तरण हुने अवसर पाउ“दैनन्। पेशाप्रति नकारात्मक सोच बोकेका शिक्षकहरु आफ्नो पेशाको वरिपरि कतै पनि राम्रा पक्ष देख्दैनन्। त्यहा“ काम गर्ने अन्य शिक्षक पनि राम्रा लाग्दैनन्। प्रधानाध्यापक र व्यवस्थापन समितिका पदाधिकारीहरु पनि गतिला लाग्दैनन्। विद्यालयको भौतिक अवस्था पनि राम्रो लाग्दैन। बालबालिका त झन राम्रा लाग्नै कुरै भएन। मनमा सोच कालो भएपछि चन्द्रमाको चा“दनी पनि कालो देखिए झै भविष्यमा सुन्दर काम गर्न सक्ने बालबालिका पनि शिक्षकभित्रको सकारात्मक सोचको अभावमा काम नलाग्ने जस्ता देखिन्छन्।

शिक्षक र समाज जति सकारात्मक हुनुपर्ने हो त्यति नभएरै होला, रविन्द्रनाथ टैगोर पटकपटक एसएलसी फेल भए, महात्मा गान्धी थर्ड डिभिजनभन्दा माथि उक्लिन सकेनन्। नरेन्द्र मोदीले चिया पसल थाप्दै अघि बढे। लम्बु भनेर हेपिदैै अमिताभ बच्चन अघि बढे। दाउरा चिरेर बेच्दै अब्राहम लिङ्कन अघि बढे। मन्दबुद्धिको भनेर अपमानित हु“दै अल्बर्ट आइन्स्टाइन अघि बढे। स्कूलबाट निस्कासित हुदै थोमस अल्बा एडिसन अघि बढे। यस्ता धेरै छन्– भिख मागिरहेका चार्ली च्याप्लीनहरु, घरेलु कामदार भइरहेका म्याक्सीम गोर्कीहरु, कवाडीमा काम गरिरहेका स्टिभ जब्सहरु, सडकमा चना बेचिरहेका पेलेहरु, बीचैमा कलेज छोडेका बील गेट्सहरु, कुञ्जिएर अपहेलित हुनु परेका झमक घिमिरेहरु अन्धो र बहिरो भएर तड्पिरहेका हेलेन केलरहरु, पागलमा दर्ज ह“ुदै जीवन धुवा“मा उडाइरहेका लक्ष्मीप्रसाद देवकोटाहरु, भट्टीमा भट्किरहेका नारायणगोपालहरु, आवारा भई बरालिएका विकासानन्दहरु। यी त भए शिक्षक र समाजले सकारात्मक नसोच्दा नसोच्दै पनि जबर्जस्त किसिमबाट अघि बढेका साहसिक व्यक्तित्वहरु। शिक्षक र समाजले साथ र सहयोग नगरेर आफ्नो प्रतिभा र पहिचान गुमाएर गुमनाम जीवन बा“चेका महामानवहरु पनि यो धर्तीमा करोडौं छन्।

साहित्यकार अमर न्यौपानेले आफ्नो कीर्ति करोडौं कस्तुरीमा यसरी गुमनाम जीवन बा“चेका महामानवहरुलाई कस्तुरी भनेर नामाकरण गरेका छन्। कस्तुरी त्यस्तो मृग हो जसले आफूभित्र रहेको बिनाको बासनाको खोजीमा जीवनभरि जङ्गलमा भौतारिरहन्छ तथापि बासना कहा“बाट आउ“छ भन्ने कुराको भेउ पाउन सक्दैन। अर्थात त्यति मिठो बासना आउने बिना आफ्नै नाभीमा छ भन्ने कुरा उसलाई बोध हु“दैन। हाम्रा गुमनाम महामानवहरु पनि आफूभित्र असीमित क्षमता र सम्भावनाहरुको बिना बोकेर पनि यत्रतत्र भौंतारिरहेका छन्। कतिपय त यसरी भौतारिरहन्छन् कि जीवनको अन्तसम्म पनि आफूभित्र रहेका क्षमता र सम्भावनाको कुटिरो नै खोल्न सक्दैनन्। क्षमता र सम्भावनाको कुटिरो फुकाउने उपयुक्त समय भनेको मानिसको बाल्यकाल हो। त्यही बाल्यकालमा फेला पर्ने शिक्षकले बाल्यावस्थामा अङ्कुरण हुन थालेका क्षमता र सम्भावनाका मुनाहरुलाई सहयोग, प्रशंसा, माया, सहानुभूति आदिबाट मलजल गर्दै हुर्काउनुपर्नेमा उल्टै अपमान, निन्दा र गालीरुपी बिष बमन गर्न थालेपछि ती मुनाहरु पलाउन् पनि कसरी ? यो सबै हुनुको पछाडि हाम्रो कक्षाकोठाको शिक्षण सिकाइ सकारात्मक क्रियाकलापबाट अगाडि बढ्न नसक्नु नै प्रमुख रुपमा रहेको देखिन्छ।

गुरु भनेको स्रष्टा हो, रचनाकार हो, आविष्कारक हो, त्यसैले उनको स्थान देवतासरह हुन्छ। त्यसैले हाम्रो पूर्वीय शास्त्रमा गुरु देवो भवः भनिएको हो। जसले गुरुका कुरा अनुशरण गर्दछ ऊ आचार्य हो, जसले गुरुका कुरालाई पढाउ“छ वा सिकाउ“छ ऊ शिक्षक हो। यहा“ भनिएको गुरु हुनका लागि सर्वप्रथम त पेशाप्रतिको सकारात्मकता चाहिन्छ। कसैले डर, त्रास र हतियार देखाएकै भरमा कोही पनि गुरु हुन सक्दैन। गुरु हुनका लागि विषयवस्तु र विद्यार्थीप्रतिको समर्पण चाहिन्छ। यसरी काम प्रति समर्पित व्यक्तिलाई कति बज्यो भन्ने पनि थाहा ह“ुदैन, घाम उदाएको र अस्ताएको पनि थाहा हु“दैन, भोकाएको र अघाएको पनि थाहा हु“दैन। जहा“ यसरी पेशाप्रति समर्पित शिक्षकहरु हुन्छन् ती शिक्षकहरु क्रमशः गुरु देवो भवः को उपाधिका लागि पर्खिरहेका हुन्छन्। पेशाप्रति नकारात्मकता पालेर जागिरका लागि मात्र गुरु भएकाहरु वास्तवमा गुरु होइनन्। आचार्य र शिक्षकहरु पनि होइनन्। यथार्थमा तिनीहरु पण्डित हुन्। पण्डितले किताव र ग्रन्थमा भएको कुरा बाचन र व्याख्या गर्ने काम गर्दछ। पण्डितले त्यसको अनुसरण गर्न आवश्यक ठान्दैन। यो पण्डित्याइ“बाट पण्डितहरुले दक्षिणा र भेटी त पाउलान् तर विद्यार्थीभित्र रहेको क्षमता र सम्भावनालाई प्रष्फूटित गरेर कस्तुरीलाई बिनाको बोध गराउने काम एकादेशको कथा भन्दा अरु हुन्छ जस्तो लाग्दैन, सबैलाई चेतना भया।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top