Free songs
Home / समाचार / संक्षिप्त समाचार / स्वर्गद्वारीमा गौमूत्रबाट औषधि

स्वर्गद्वारीमा गौमूत्रबाट औषधि

 सागर रिजाल 

प्युठान  । प्युठानको स्वर्गद्वारी आश्रमले गौमूत्र प्रशोधन कार्य शुरु गरेको छ। धार्मिक परम्परा अनुसार पञ्चामृत उपभोगका लागि प्रशोधित गौमूत्रको प्रयोग थालिएको हो।

आयुर्वेद चिकित्सकको सल्लाह अनुसार, गौमुत्र प्रशोधन थालिएको आश्रमका सहायक कोठारी बाबुराम न्यौपानेले जानकारी दिनुभयो।

ग्याष्टिक, अल्सर, रुघाखोकी, बाथलगायत रोगको उपचारका लागि प्रशोधित गौमुत्र उपयोगी मानिने उहाले बताउनुभयो । वाष्पीकरण विधिबाट प्रशोधित गौमूत्रमा हर्राे, बर्राे, चिराइतो, अमलालगायत जडीबुटी मिसाइएको न्यौपानेले बताउनुभयो।

दैनिक ४० लिटर गौमुत्र आश्रममा दैनिक ४० लिटर प्रशोधित गौमुत्र उत्पादन ह“ुदै आएको सहायक कोठारी न्यौपानेले बताउनुभयो। उहाले भन्नुभयो– ‘प्रतिलिटर एक सय ५० रुपैया“का दरले बिक्री हु“दै आएको छ।’ आश्रममा आउने दर्शनार्थीहरुले गौमूत्रको उपयोगिताबारे जानकारी लिने र खरिद गर्दा बिक्रीका लागि समेत समस्या नरहेको न्यौपानेले बताउनुभयो। गौमुत्रको सेवनबाट ग्याष्ट्रिकको समस्या भएका व्यक्तिलाई फाइदा पुग्ने आयुर्वेद औषधालय भिंग्रीका प्रमुख शिशिर पोख्रेलले बताउनुभयो। उहा“ले भन्नुभयो– ‘गौमूत्रमा छारियपन हुने भएकाले यसको प्रयोगले अम्लीयपनबाट हुने ग्याष्ट्रिकको समस्या निको हुन्छ।’

अन्य रोग तथा समस्या समाधानका लागि पनि गौमूत्रको प्रयोग हुने गरेको पोख्रेलले बताउनुभयो। बाथरोगको समस्या भएका आफन्तलाई नियमित रुपमा स्वर्गद्वारीको प्रशोधित गौमुत्र पठाउने गरेको प्युठान नगरपालिका क्वाडीका स्थानीय गुरुप्रसाद पोख्रेलले बताउनुभयो।

गौमूत्रको सेवनले रोग निको हुने भएकाले नियमितरुपमा पठाउ“दै आएको उहाको भनाइ छ।गौमूत्रको माग बढ्यो आश्रममा करिब पा“च सय गाई छन्। ती गाईहरुबाट संकलित गौमूत्र प्रशोधनका लागि एकजना व्यक्तिलाई तालिम दिएर राखिएको सहायक कोठारी न्यौपानेले बताउनुभयो। दर्शनार्थीसगै विभिन्न स्थानबाट गौमूत्रको माग बढ्दै आएको उहाले बताउनुभयो। स्थानीय कोसेली घरबाट समेत प्रशोधित गौमूत्र बिक्री गरिदै आएको छ। जंगलमा चर्ने गाईले यहा“ पाइने जडीबुटी खाने भएकाले यहाको गौमूत्रको माग बढेको न्यौपानेले बताउनुभयो। उहा“ले भन्नुभयो– ‘दुई महिनामा पन्ध्र सय लिटर गौमूत्र बिक्री भयो।’

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top