Free songs
Home / समाचार / संक्षिप्त समाचार / बेलघारी स्कूलमा वृक्षारोपण

बेलघारी स्कूलमा वृक्षारोपण

घोराही (युस)– विश्व वातावरण दिवसको अवसरमा घोराही उपमहानगरपालिका– १८ बेलघारीमा छलफल तथा बृक्षारोपण कार्यक्रम भएको छ। अम्बिकेश्वरी आधारभूत विद्यालय बेलघारी र मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रको आयोजना एवं वन तथा वातावरण मन्त्रालयको सहयोगमा कार्यक्रम गरिएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमुद पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेले अशोकका बिरुवा रोपेर दिवसको उद्घाटन गर्नुभयो। विद्यालयको प्राङ्गण किनारमा अशोक, कपुर र श्रीखण्डका बिरुवा रोपिएको छ। छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले हरेक कार्यलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिएका थिए । वातावरण बिग्रिपछि पहिलो हानी मानव स्वास्थ्यलाई हुने भन्दै वक्ताहरुले वातावरण स्वच्छ राख्नु सबैको कर्तव्य भएको बताए।

कार्यक्रममा उपप्रमुख न्यौपानेले विकासका नाममा हुने प्रदूषण र क्षतिलाई कम गर्ने गरी हरेक कामलाई अघि बढाउनु पर्नेमा जोड दिनुभयो। मानवीय क्रियाकलापकै कारणले वातावरण बिग्रिदै गएको भन्दै उहा“ले हरेक गतिविधिलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिनुभयोे।
अब खुल्ने उद्योगहरुलाई वातावरणमैत्री बनाउनु पर्ने, वन विनाश रोक्नुपर्ने, फोहोर जलाउन नहुने, फोहोरहरुको उचित व्यवस्थापन गर्नुपर्ने, भौतिक पूर्वाधार विकासका क्रममा हुने क्षतिलाई कम गर्नतर्फ बिषेश ध्यान दिनुपर्ने उहा“को भनाइ छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top