Free songs
Home / विचार / आमा, म जन्मन चाहन्छु

आमा, म जन्मन चाहन्छु

लक्ष्मी केसी

के छोरीलाई जन्मने अधिकार छैन ? कि छोरीको जन्मन नपाउने तर जन्माउनुपर्ने मात्रै भूमिका हो र ? आमा, मलाई नमार, म यो संसार देख्न चाहन्छु। तिम्रो न्यानो मायाले भरिएको काखमा खेल्न चाहन्छु अनि बाबाको हौसला र प्रेरणाले भरिएको औंला समाई तातेताते गर्दै यो सुन्दर संसार घुम्न चाहन्छु। मलाई मेरो जीवन बा“च्नु छ अरुले जस्तै, जीवन जिउनु छ अरुको जस्तै। यो संसारमा आएर तिम्रा दुःखसुखमा साथ दिन मन छ। बाबाको छाया“ बनी जिउनु छ, अनि मेरै नामबाट तिमीलाई र बाबालाई चिनाउनु छ। आमा, मलाई तिम्रै कोखमा बस्न देऊ, म तिमीलाई दुःख दिन्न। म तिम्रो जीवनमा आएकै कारण तिमी दुःखी भएको म हेर्न चाहन्न। म त तिमीलाई खुशी बनाउन अनि तिम्रो जीवनको बगैंचामा सुन्दरता थपिदिन चाहन्छु।

आमा, अचम्मको छ है यो संसार पनि। श्रीमतीे, आमा, बुहारी, दिदीबहिनी सबै नाताका नारी रुपहरु स्वीकार्य हुने तर छोरी अस्वीकार्य ?
आमाको काख प्यारो, दिदीबहिनीको स्नेह, श्रीमतीको माया, यी सबै नारीको महत्व र आवश्यकता हुने यो समाजमा छोरीको आगमन किन स्वीकार्य हु“दैन ? यो प्रश्नको उत्तर खोज्नु छ मलाई। छोरा जन्मिएमा खुशी मनाउने समाजमा छोरीलाई यति ठूलो अन्याय किन ? भ्रुणमा नै टुक्र्याउन किन हतार ? के म तिम्रो गर्भमा तीन महिना मात्रै अटाउन सक्छु ? यो प्रश्नको उत्तर खोज्नु छ मलाई।

आमा, एकपटक त्यो दिन सम्झेऊ त जुन दिन तिमी गर्भवती भयौ भन्ने थाहा पायौ त्यो दिन तिमी कति खुशी भएकी थियौ ? सायदै तिमी जति खुशी कोही थिएन। तिम्रो मायाको सुन्दर बगैंचामा अर्को एउटा सुन्दर विरुवाको विजारोपण भएकोमा खुशी हुनु स्वाभाविक नै हो तर त्यो खुशीको आयु पनि मेरो जस्तै तीन महिने अवधिले निर्धारण गर्दोरहेछ। तिम्रो न्यानो गर्भमा आउ“दा म पनि उति नै हर्षित थिए“ तर त्यो हाम्रो खुशी केही क्षणको मात्र हुनुको कारण न तिमी हौ न म नै। त्यसको एउटा मात्र कारण हो समाजले छोरीभन्दा छोराको महत्व देख्नु। बुवा, बाजे, बज्यै अनि आफन्त र नातागोतालाई पनि छोरा चाहियो रे। कसैलाई पिण्ड दिने बहानामा, कसैलाई सम्पतिको रक्षार्थ, कसैलाई बंशको रक्षा गर्न त कसैलाई कुलको इज्जत बचाउन। आखिर सबलाई छोरा पाउने केही न केही बहाना न चाहिएको छ। आमा, के म यी सबै काम गर्न सक्दिन र ?

तिमीलाई उनीहरुका कुराले कति पोल्यो, तिमी एकान्तमा कति रोयौ, त्यो तिमीलाई र मलाई मात्र थाहा छ। तिम्रो पीडामा म पनि
छट्पटिए“। सायद तिमीमा आफ्नो गर्भको रक्षा गर्ने तागत हुन्थ्यो भने यो पीडा तिमी र मैले भोग्नुपर्ने थिएन। आमा, तिमी किन भन्न सक्दिनौ म मेरो छोरीलाई जन्म दिन्छु भनेर ? के तिमी भन्न सक्दिनौ– म पनि छोरी नै भएर जन्मेको हो भनेर ?

यदि तिमी नजन्मेको भए यो समाजले कसबाट सन्तान पाउने आशा राख्थ्यो ? के छोरीलाई जन्मने अधिकार छैन ? कि छोरीको जन्मन नपाउने तर जन्माउनुपर्ने मात्रै भूमिका हो र ?

मलाई थाहा छ आमा, तिमीलाई समाजले बन्देज लगाइदिएको छ। तिमीलाई कमजोर बनाइदिएको छ। तिमीलाई चल्नै नसक्ने गरी जञ्जीरले बा“धेको छ। बोल्नै नसक्ने गरी मुखमा ताला लगाइदिइएको छ अनि उफ्रनै नसक्नेगरी पर्खाल लगाइदिएको छ। अति भयो, अब त उठ आमा, ती जञ्जीरहरु तोडिदेऊ, त्यो ताला फोडिदेऊ अनि पर्खालहरु भत्काइदेऊ। आमा, निस्केऊ त्यो अन्धविश्वासको खाडलबाट। अनि दुनियालाई चकित पारिदेऊ कि तिम्रो गर्भभित्र हुर्कदै गरेको त्यो छोरी भ्रुणको तागतले तिमी कति शक्तिशाली भएकी छ्यौ।
अंग्रेजी कवि विलियम स्ट्याफोर्डले जीवित तर जन्मन नसक्ने हरिणको बच्चाको कविता लेखेका छन्। बीच सडकमा एउटा मृत आमाको कोखमा उफ्रिरहेका जीवित बच्चाहरुलाई बचाउने कि फाल्ने भन्ने द्विविधामा कवि छन्। दिमाग र मुटुको अन्तरसंघर्षले भरिएको त्यो कवितामा म तिमीलाई पाउ‘“छु। शायद तिमीलाई पनि कविलाई जस्तै भएको छ मलाई बचाउ“ या फालु“ ? बचाउन पनि सजिलो छैन, फाल्न पनि सजिलो छैन। यही दोधारको बीचमा समय घर्केर म जन्मन पाउ“छु या छिट्टै निर्णय भएर फालिन्छु। मलाई नै यो दोधारको डरले सताइरहेको छ।

तर आमा, जे भए पनि म बिजकै अवस्थामा निमोठिन चाहन्न। जीवन र मृत्युको दोसा“धमा पुगेर तिमीस“ग बिन्ती गर्दैछु आमा, विन्ती मलाई नमार। कवि विलियम जस्तै तिमी दोधारमा नपर, छिट्टै मलाई बचाउने निर्णयमा पुग। म तिम्रो मायाको एउटा सुन्दर शुरुवात हु“, मलाई पनि रहर छ तिम्रो सुन्दर बगैंचाको फूल बन्न। मालीको रेखदेख र माया पाउ“दै यो सुन्दर संसार घुम्न। रहर छ आमा तिम्रो आ“गनमा सुगन्धित पूmल बनी बासना छर्न। म तिम्रो जीवनमा खुशी र उमंग छर्न चाहन्छु। मलाई पासाङ ल्हामु बनेर सर्वोच्च शिखर चढ्नु छ। अनुराधा बनेर बेचिएका चेलीको उद्धार गर्नु छ, मलाला बनेर छोरीहरुलाई ताकेको आतंकवादीको गोली छेक्नु छ। नाइटिंगेल बनेर बत्ती बाल्नु छ अनि योगमाया बनेर विद्रोहको आगो सल्काउनु छ।

आमा, के मलाई यी रहर पूरा गर्ने अधिकार छैन ? तिमीस“ग बा“च्ने अधिकार छैन ? मैले तिम्रा अरु सन्तानसरह सुन्दर संसार हेर्न अधिकार छैन ? रातदिन खटेर घरलाई स्वर्ग बनाउने अनि संसारको सृष्टि सञ्चालन गर्ने नारीलाई किन नजन्मदै मार्न खोज्छ यो समाज ? यी र यस्तै प्रश्नले मेरो यो सानो मुटुमा तहल्का मच्चाएको छ आमा। म यी प्रश्नको उत्तर खोज्न पनि जन्मन चाहन्छु। गर्भमा बिजारोपण भएदेखि नै छोरा हो कि छोरी भनेर तिमीतिर तेर्सिएका प्रश्नरुपी वाणहरुलाई म तिम्रो सफल सन्तान बनेर उतैतिर फर्काउन चाहन्छु।

छोराबाट मात्रै जीवन धन्य हुन्छ भन्ने समाजको यो गलत सोचलाई चिर्न चाहन्छु। छोरीमाथि गर्भदेखि नै गरिने विभेदकारी व्यवहारको अन्त्य गर्न चाहन्छु। र यो सबैका लागि पहिले म बा“च्न चाहन्छु। अनि त्यसका लागि तिमी दधिचीको हड्डी बनेर उभिनुपर्छ। तिम्रो गर्भमा म रातदिन त्रासमा होइन शान्तिपूर्वक बा“च्न चाहन्छु ता कि मेरो यो कोमल मष्तिष्क स्वस्थ बन्न सकोस्। आमा, मलाई डर लाग्छ, म जन्मने त्रासले तिम्रो नै घा“टी निमोठे भने ? मानिसहरु भन्लान् नि, छोरा जन्माउन पो तिमीलाई पालेको। मैले सुनेको छु, छोरी जन्माएको निहु“मा घरबाट निकालिएका अनि छोरा पाउन नसकेर जिउ“दै जलाइएका आमाका कथा। आमा, तिमीले ती कथालाई असत्य सावित गरिदिनुपर्छ। अनि मात्र म जन्मन पाउ“छु।

आमा † मेरो जीवन रोपिएको तीन महिनामै मेरो आयु निर्धारण गर्ने यो कस्तो न्याय हो ? म कसलाई सुनाउ“ यो पीडा ? म बोलेको तिमीबाहेक अरु कसले सुन्न सक्छ र ? त्यसैले म तिमीलाई मेरा मनका बह सुनाइरहेको छु। आमा, अरुले नबुझे पनि तिमी त मेरो भाषा बुझ्छ्यौ नि। तिमी माया, दया र करुणाकी खानी। आमा, विन्ती छ तिमी निर्दयी नबन न। तिमी मात्र बुझ्न सक्छ्यौ मेरो पीडा किन कि तिम्रो शरीरको ढुकढुकी हु“ म। गर्भमा म आउनासाथ तिमी गएको त्यो राम्रो डाक्टरकोमा जाऊ न आमा, कति माया गर्नुहुन्छ त्यो डाक्टरले मलाई। मलाई त्यो छुच्चो डाक्टर मन पर्दैन जसले मेरो लिङ्ग पहिचान ग¥यो।

मलाई राम्रोस“ग थाहा छ, म छोरी भएको थाहा पाएदेखि तिमी र मलाई गरिने व्यवहार फेरिएको छ। तिमी पीडा र डरले गलेकी छ्यौ। म जन्मन नपाउने पीडाले छट्पटाएकी छु। हरेक क्षणमा म मृत्युलाई पर्खेर बसेकी छु। मृत्युदण्ड सुनाइएको अपराधी जस्तो भएकी छु। तिमी डाक्टरकोमा जा“दा होस् वा कुनै औषधी खा“दा म तिम्रो कोखमा कसैले छुटाउन नसक्ने गरी टा“सिएर बस्छु। डर लाग्छ कुन चाहि औषधि या कैंचीले मेरो शरीर छियाछिया पार्छ भनेर। म तिम्रो त्यो आ“टको पर्खाइमा छु जुन दिन तिमी यो संसारलाई जित्छ्यौ र मलाई संसार देखाउने निर्णयमा पुग्छ्यौ।

आमा † तिमीले अब आफ्नो गर्भलाई सुरक्षित राख्न हिम्मत गर्नुपर्छ। तिमी कमजोर भएकै कारण पाइला–पाइलामा तिमी हेपिएकी छ्यौ। तिम्रो कोख संसार सृष्टिको उद्गम स्थल हो, यसलाई चिहान बन्न नदेऊ। छोराको आशमा आफ्नो मातृत्वलाई मर्न नदेऊ। संसारले पुज्ने नारी शक्ति अब कमजोर बन्नुहु‘“दैन। तिमी काली बनेर आफ्नो अनि मेरो रक्षा गर, सरस्वती बनेर सबैलाई सद्बुद्धि देऊ। अब म जस्तै कुनै पनि छोरीले यो सुन्दर संसारमा आउनलाई कहिल्यै पनि कुनै अनुनय विनय गर्नु नपरोस्। त्यसैले अन्तिमपटक म तिमी र यो समाजस“ग बिन्ती गर्दैछु । कृपया मेरो अस्तित्वलाई स्वीकार गर। मलाई जन्मन देऊ। आमा, म जन्मन चाहन्छु।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top