Free songs
Home / विचार / आध्यात्मिक स्वर्गद्वारीमा भौतिक समृद्धि र गरिवीको दृश्य

आध्यात्मिक स्वर्गद्वारीमा भौतिक समृद्धि र गरिवीको दृश्य

नारायाणप्रसाद शर्मा

जीवनमा एकरसतामा रमिरहन धेरैलाई गाह्रो पर्छ। शहरी कोलाहल होस् कि निर्जन एकान्तता। दुबैबाट पृथक रहेर जीवनको आनन्द खोज्ने मानव स्वभाव हो। आजको पर्यटन उद्योग त्यसैको प्रतिफल हो। यसले संस्कृतिमा घुलन ल्याइदिंदा विश्व संस्कृतिको निर्माणमा पनि योगदान पुगेको हुन्छ। हाम्रा पुर्खाको भनाइ रहेको छ–
अय निजः परोवेति गणना नघुचेतसाम्
उदार चरिताना न वसुधैव कुटुम्वकम्
वान्धवा मानवाः सर्वे
स्वदेशो भुवनत्रयम्

को आफ्नो को पराया ? ठूलो चित्त भए सबै आफ्ना, सबै आफ्ना वन्धुवान्धव। सानो चित्त लियो भने मेरो तेरोको विवाद। विश्वलाई आधुनिक सभ्यता सिकाउने अहंकार बोक्नेहरु व्यापारिक संकीर्णता कारण अर्काको देशमा नाकाबन्दी लगाउन पुग्छन्। जो सधै टिक्न सक्नेछैन।

अनेक सम्भावना बोकेको २०६३ को जनआन्दोलनपछिको नेपालले राजनीतिक स्वरुपमा व्यापक फेरबदल गर्न सफल भए पनि सामाजिक सांस्कृतिक संरचनामा नया“ फेरबदल ल्याउन सकेको छैन। उही पुरानै राजनीतिक उठापट्की, अनेक छलछाम उस्तै उस्तै छ यहा“। लोकतान्त्रिक चरित्र निर्माणको प्रश्न अझै का“चै छ। राजनीतिभित्र पुरानै नोकरशाही दलाल नवधनाढ्य वर्गको उदय छुटेको छैन। पुरानै नारा, पुरानै फोहर मैला टकटक्याएर क्षणिक विश्रामका लागि भए पनि कहिले काहीं एकान्त जीवन बिताउने इच्छा जाग्दोरहेछ। तर पनि पहिचानको जमाना छ आजभोलि। सगरमाथाको देश, बुद्ध जन्मेको देश नेपाल भनेपछि सात समुद्र पारिकाले पनि नेपाल चिन्छन्। पूर्वीय चिन्तनका हिसावले सीता र भृकुटीको देश, राजा जनकको देश ! यस्तै यस्तै अनेक नाम छन्, शब्द छन्, नेपाल चिनाउने। पछिल्ला वर्षहरुमा स्वर्गद्वारीले पनि नेपालको परिचय दिन थालेको छ। अति नै पछौटे मानिने यस भू–खण्डमा जन्मेको अति नै सामान्य जस्तो लाग्ने व्यक्ति आफ्नै ज्ञान गुनको तपोवलबाट लाखौंको मन जित्न सफल आबाल ब्रम्हचारी हंसानन्द गिरीको नामले ख्याति प्राप्त गर्न सफल भए।

बुढा महाराजले नेपालीहरुको मन त जितेकै छन्। उत्तर प्रदेश, बिहार र लखनौ र दिल्लीसम्मका भारतीयहरु पनि यो दुर्गम विकट ठाउ“मा आइपुग्छन्। त्यसमा पनि झण्डै बाह्रै महिना स्वर्गद्वारीको तीर्थ यात्रामा भेषभूषाले अकिञ्चन जस्ता लाग्ने भारतीय बृद्धबृद्धा, युवायुवतीहरुको ताँती देख्दा आकर्षणको रहस्य बुझ्न स्वाभाविक उत्कण्ठा भइहाल्छ। प्रायः यस्तो यात्रामा मलाई साथ दिने राधेश्याम गुप्ताजी र वामदेव पौडेलजीको साथ पाएर म पनि यस पाली स्वर्गद्वारी हुर्रिए“। स्वर्गद्वारी प्रभु महाराजमा केही विशिष्टता भएको कुरा मेरा बाका मुखबाट सुनेको थिए“। ती धेरै कुरा बिर्से पनि बाले बडो सुस्तरी संवेदनाको स्वरमा– प्रभु महाराज रहनु भएन, (स्वर्गेवास भयो) भनेको मात्र सम्झना छ। शायद त्यसैले हो कि आजभन्दा सत्तरी वर्षअघि २००६ सालको असार महिनामा हामी ४÷६ जना विद्यार्थीमा म पनि सामेल हुन पुगें र एक दिन र एक बिहान लगाएर हामी स्वर्गद्वारी आश्रममा पुगेका हौं। परम्परागत श्रद्धाभावले त्यहा“ गइयो। त्यस बेलाका पर्णकुटी अब छैनन्। माटाले कुटी लिप्नु पर्दैन। कुटी छाउन खर खोज्नुपर्दैन।

यस पालिको यात्रा अलि फरक छ। अब परम्परामा आशंका उब्जेको छ। एउटा आवाल ब्रम्हचारीलाई किन हजारौं विगाहाको सम्पत्ति जोड्नु परे होला ? किन मुद्दा मामिला हेर्ने ओंभक्त कार्की जस्ता प्रभुभक्त चाहिए होला ?

सम्भवतः गृहस्थीमा सन्तान मोह भए झैं बाबामा लोकतितको लागि यज्ञमोह जागे होला। साधन स्रोत जुटाउन परे होला। पण्डित पुरोहित, कर्मचारी चाहिए होलान्। त्यो बेला सम्पत्ति कृषि पेशामै थियो। त्यसैले सामन्ती भूमि व्यवस्थाभित्र प्रभु महाराज पनि प्रभु भए होलान्। सयौं गाईहरु चाहिए होलान्। यस्तै पुराना कथाहरु जीवन्त हुन थाल्छन्।

प्रभुले तपस्या गरेको गुफा पनि हेर्न गयौं। सर्पलगायत घातक जन्तुको डर पनि कता भाग्यो कुन्नि ? एकान्त साधनाको महत्व विशेष गरी बुद्ध चिन्तनपछि मात्र मलाई थाहा भयो। आधुनिक शिक्षाको चस्को लाग्दा अंग्रेज कविको स्यालिच्युड (एकान्तवास, निर्जन स्थान) को अलि कति झल्को लागेकै हो। आध्यात्मिक एवं धार्मिक आवरणमा सामान्य जनता तुरुन्तै आकर्षित भइहाल्छन्। विज्ञान र प्रविधिका आविष्कारकहरुलाई कसैले ईश्वर मान्दैन, पूजाआजा गर्दैन। तर आध्यात्मिक गुरुहरुको सेवामा जीवन अर्पण गरिदिन्छ। यसलाई मनोविज्ञानको भाषामा ओडिटी अफ हुमन नेचर (मानव स्वभावको वैचित्य) मानिन्छ। त्यस्तै भयो।

प्रभुमहाराजका नाममा लाखौं व्यक्तिहरु झुम्मिन आइपुग्छन्। घोराहीदेखि होलेरी हु“दै स्वर्गद्वारीसम्म र स्वर्गद्वारीदेखि भिङरी हु“दै लमहीदेखि घोराहीको फन्कोमा सयौं सयौं के लाखौं पदयात्री हिडिसके होलान्। अझै पनि पदयात्रीहरु लाठीको सहारामा हिडेका भेटिए। कतिका त नांगा खुट्टा, कैयौंका खुट्टामा थोत्रा चप्पल। टाउकामा अलिकति धेरैबाट ल्याएको आहारा (सामल) कति त अर्धनग्न। गरिवहरुको खासगरी लखनौको उत्तर प्रदेश रविहारबाट उर्लिएको गरिवको भेल !

कतिको काखमा नानी ! साथै समयले कोल्टो फेरेपछिको सडक यातायातको विकासले बसमा कोचाकोच तीर्थयात्रीको घुइ“चो। मोटरको भोंभों बसको घरघर । मान्छेका अनगिन्ती टाउका !

बस व्यवस्थापनमा कार्यरत कर्मचारीहरुको हामीप्रतिको सद्भाव जति उच्च भए पनि यहा“ पनि होडवाजीको शिकार त हामी सामान्य जनता हुने नै भयौं। जेठ १८ गतेको बिहानको सवासात देखि कुर्दाकुर्दै हामी दश बजेमात्र प्रस्थान गर्न पायौं। हाम्रो भागमा जीर्ण थोत्रो, फोहरको डंगुर बस परेछ। सिट भन्दा बढी २५÷३० जना मानिस ठेलमठेलम गरी जर्वजस्ती खडा भएपछि बस चल्यो। न्याय खोज्ने ठाउ“ थिएन। दुईखोली पुग्न पुग्न लाग्दा न्याय दिने प्रहरीले गाडी रोके। हामीलाई कसैले केही एक आँखर सोधेन। केही समयको दगलफसल र गुपचूप सम्झौता पछि थोक्रो गाडी संगीतको स्वरमा अगाडि बढ्यो। खानपिन ठण्डाराम ! जस्तै भयो। होलेरी पुग्दा हिमाली शीतलताले सबै दुःख बिर्साइदियो। बाटाका खतरनाक मोडहरु बिर्सिए। होलेरीसम्मको पिच बाटो राम्रै लाग्यो। हामी ५ बजेतिर स्वर्गद्वारीको फेदीमा पुग्यौं। सानोतिनो बजार। नास्तापानीको मेसो चल्न सक्ने। चारैतिर पर्वतमालाहरु, उबड, खाबड भूमि, सुख्खा मौसम। उराठ लाग्दो भए पनि वरपर देखिने टिनका छानाका घर। कतै सुकिला सुन्दर विद्यालय भवनहरु सानातिना संस्थागत र सरकारी कार्यालयहरु। ठाउ“–ठाउ“मा बिजुलीका पोल र पानीका धारा।

स्वर्गद्वारीको पींधमा आएपछि स्वर्गद्वारीको महक पाइयो। सुन्दर गेट, २० मिनेट लाग्ने अग्लो चुचुरो फराकिलो सुन्दर दोहोरो सीढीको पदमार्ग। उसमा थप जडिएका दुबैतर्फ बारहरु जसबाट असक्त भक्तहरुलाई आड भरोसा हुने,  पकड्दै माथि पुग्न सजिलो। स्वर्गद्वारी प्रभु महाराजको जय होस्को अनिर्वचनीय गगनचुम्वी गुञ्जन। थकाइ मेटाइदिने झुल्के मन्दिरका गजुर। स्वर्गीय भूपेन्द्रेश्वर श्रेष्ठ एवं उनकी श्रीमतीको स्मृतिमा उनका सुपुत्रहरुद्वारा निर्मित धर्मशाला देखेर सेवाभावको हार्दिक आद्र्रताले द्रवीभूत हामी मन्दिर परिसर पुग्यौं।
हामीले सोच्यौं यतै धर्मशालामा हाम्रो विश्राम स्थल हुनेछ। पूर्वानुमानको कारण यो हो कि भूपेन्द्रेश्वरका कान्छा सुपुत्र धु्रव श्रेष्ठस“गको सम्पर्कमा हामी थियौं। उनले हामीलाई फोनबाट सिधै मन्दिर परिसरमा आउन भने। मानव भीडले गर्दा हामीलाई पाइला चाल्न पनि सहज थिएन। चारैतिर भारतीय नरनारीको घुँइचो चिर्दै शंख र घण्टका रागबीच हामीलाई निर्दिष्ट कोठाको गन्तव्यमा पु¥याउन एक पीतवस्त्रधारी व्यक्ति आइपुगे। हामी कृतार्थ भयौं। अलिबेर धु्रव श्रेष्ठ झुल्किए। हामी ढुक्क भयौं। पाइला टेक्न पनि नपाइएला जस्तो लाग्ने यो ठाउ“मा पूर्वनिर्धारित कोठा पाउन पनि सानो कुरा भएन।

अखण्ड यज्ञ अखण्ड दीप र अखण्ड पूजन हेर्दाहेर्दै विद्यालय पुस्तकालय भोजनालय गौशालातिर आँखा लगाउ“दै दिव्यधाम जस्तो लाग्ने सानो क्षेत्र घुम्न बेरै लागेन। पहिलो झुल्कोमै सबै दर्शन गर्दै हामी कोठातिर लाग्यौं। खै, मेरो साथीहरुका मनमा के कस्ता भाव उठे। ममा त प्रभु महाराज भारतीय गरिवहरुका साक्षात् भगवान भए झैं लाग्यो। सबैका चेहरामा श्रद्धा र भक्तिको एक तमासको दृश्य। डेढ दुई सय वर्षसम्म हजारौं लाखौं जनताको भावनात्मक आश्रयस्थल एउटा व्यक्ति !

के, चमत्कार छ यहा“ ? जीवन र जगतको आध्यात्मिक भौतिक एवं मनोवैज्ञानिक मिमांसा बुझ्न कठिन हु“दा मान्छेमा भक्ति भावधाराको उदय हुन्छ। सबै रहस्यको जवाफ अलौकिक ईश्वर बन्छ ! यो संसार आ–आफ्नै बुझाइ अनुसार चलेको छ। नेपाल जस्तो सामन्ती संरचनामा बाँचेको राणाकालीन युगमा सामान्य जनताको सहारा दुःख पर्दा बिरामी पर्दा गर्जपर्दा जरीबुटीको धूलो झोल आर्शीवाद र सान्तवना दिन सक्ने शक्ति प्रभुको रुपमा उदाउन पनि महत्वपूर्ण घटना थियो। कतै वैपरीत्य देखिए काठमाडौंमा आर्यसमाजीहरु लखेटिए झैं लखेटिन बेरै थिएन। श्रुति अनुसार राणा सरकारको निर्देशनमा रहस्य बुझ्न कवि लेखनाथ जस्ता हिन्दू सनातनवादी अध्यात्मवादी वेदान्तवादीलाई प्रभावित गरेर राणाहरुको कोपभाजनबाट जोगिनु पनि चानचूने कुरा थिएन।

कृषि गोपालन र अहिंसक यज्ञ हवन जप तप त्यस बेलाको प्रभुको कर्मले राणाखानदानमा घून पुत्लो नलाग्ने ठहर भए पनि हुनेखाने वर्गको आकर्षण बढ्दै जानु पनि पछिल्लो विशेषता बन्यो। पछिल्ला वर्षहरुमा गुरुकुल पद्धतिको अनुसार दश कक्षासम्मको पढाइ प्रारम्भ भए पनि चितवन देवघाटको जस्तो गुरुकुल बन्न पनि समय लाग्ला नै ।  सडक बिजुली यातायात पानी र आधुनिक निर्माण सञ्चार सेवा आइपुगे पनि प्राचीन मौलिकता र त्यसको सांस्कृतिक संरक्षण कसरी गर्ने भन्ने विषय यसका सञ्चालक र राज्यको दायित्वभित्र पर्ने विषय हुन्।

हिमाली दर्शनको अनुसन्धानमूलक खोजीनिति गर्ने विद्वत् मण्डलीको क्षेत्र पनि यहा“ हुनुपथ्र्यो कि ? एकान्त साधनाको स्थल अहिले भीडभडाका र कोलाहलमय बन्दै जाँदा साधनापक्ष फितलो भयो कि जस्तो पनि लाग्यो। हाम्रा बटुक उन्मुक्त चेतनशील प्रत्युत्पन्न मति नयाँ योगी नरहरिनाथ बन्ने कि ‘गतानुरातिको लोक’ भने जस्तै बन्ने आजका शिक्षाशास्त्री सामु पनि यो प्रश्न गम्भीर भएर उठ्न सक्छ। पुरानो भौतिक सम्पदा मात्र हैन शैव सम्पदा (आध्यात्मिक र मनोवैज्ञानिक सम्पदा) को संबर्धनमा पनि जोड दिनुपर्ला कि ? जसले अति भौतिक लिप्साले जन्माएको पश्चिमेली भोगवादी र बजारवादी सभ्यताबाट त्राण दिन सकोस्।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top