Free songs
Home / समाचार / संक्षिप्त समाचार / आठबीसकोट नगरपालिका मदिरामुक्त हुँदै

आठबीसकोट नगरपालिका मदिरामुक्त हुँदै

 

परिचन्द्र खत्री

रुकुम पश्चिम। रुकुम पश्चिम आठबीसकोट नगरपालिकालाई मदिरामुक्त घोषणा गरिदैछ। यही असार ५ गते भव्य समारोहबीच नगरपालिकालाई मदिरामुक्त घोषणा गर्न लागिएको हो।

हाल नगरपालिकाका १४ वटै वडामा मदिरा आयात, बिक्री वितरण र सेवनमा रोक लगाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिनुभयो।

उहाका अनुसार जिल्ला समन्वय समितिको आयोजनामा भएको सर्वदलीय र सर्वपक्षीय बैठकको निर्णयका आधारमा मदिराजन्य पदार्थ सेवन र बिक्री वितरणमा रोक लगाइएको छ।

हाल नगरपालिकाका विभिन्न वडाहरुले मदिरामुक्त घोषणा अभियानलाई तीब्रता दिइरहेका छन। यस्तै इलाका प्रहरी कार्यालय एवं सशस्त्र प्रहरी बल समेतको सहयोगमा मदिरा आयात गर्ने, बिक्री वितरण गर्ने कार्य गरेको पाइएमा मदिरा जफत गरी नष्ट गर्ने र मदिरा सेवन गरेको पाइएमा सेवन गर्ने व्यक्ति तथा मदिरा आयात र बिक्री वितरण गर्ने व्यक्तिहरुलाई दश हजारदेखि एक लाख रुपैया“सम्म जरिवाना गर्ने गरिएको अधिकृत केसीले बताउनुभयो। पहिले सम्पूर्ण वडाहरु मदिरामुक्त घोषणा भइसकेपछि यही असार ५ गते नगरपालिकालाई नै विधिवत रुपमा मदिरामुक्त नगर घोषना गरिने नगरपालिकाले जनाएको छ।

यसैबीच उक्त घोषणा कार्यक्रममा अन्य विभिन्न कार्यक्रम पनि आयोजना गरिएको नगर प्रमुख गोरख बहादुर केसीले जानकारी दिनुभयो। उक्त घोषणा कार्यक्रममा माध्यमिक बिद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता, झा“की प्रदर्शन र मदिरामुक्त नगर घोषणामा सहयोग पु¥याउने ब्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको प्रमुख केसीले बताउनुभयो। यस्तै माध्यमिक विद्यालयस्तरीय लोक नृत्य प्रतियोगितामा प्रथम हुने विद्यालयलाई रु. ५ हजार पुरस्कार वितरण गरिने नगरपालिकाले जनाएको छ। यस्तै द्वितीय र तृतीय हुने विद्यालयलाई जनही रु. चार हजार र तीन हजार रुपैया“ पुरस्कार वितरण गरिनेछ। उक्त प्रतियोगितामा सहभागी विद्यालयको हकमा १, २, र ३ नम्बर वडाभित्रका विद्यालयको हकमा जनही पा“च हजारका दरले वितरण गरिने अधिकृत केसीले जानकारी दिनुभयो। उहा“का अनुसार वडा नम्बर ४, ५, ६, १३ र १४ नम्वर वडाभित्रका विद्यालयको हकमा चार हजारका दरले वितरण गरिनेछ।

वडा नम्बर ७, ८, ९, १०, ११ र १२ का विद्यालयको हकमा तीन हजार रुपैया“ वितरण गरिने नगरपालिकाले जनाएको छ। यस्तै झा“की प्रदर्शनमा सहभागी हुने प्रत्येक वडालाई पनि सहभागी खर्च उपलब्ध गराइने नगर प्रमुख केसीले जानकारी दिनुभयो। झा“कीमा सहभागी हुने १, २ र ३ नम्बर वडालाई छ हजारका दरले वितरण गरिने छ। यस्तै ४, ५, ६, १३ र १४ नं. वडाको हकमा ५ हजारका दरले वितरण गरिनेछ भने वडा नम्बर ७, ८, ९, १०, ११ र १२ लाई रु. चार हजारका दरले वितरण गरिनेछ।

नगरपालिकालाई मदिरामुक्त घोषणा अभियानमा सहयोग गर्ने ब्यक्तिहरुलाई उक्त कार्यक्रममार्फत सम्मानस्वरुप दुई÷दुई हजारका दरले पुरस्कृत गर्ने नगरपालिकाले जनाएको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top