Free songs
Home / फिचर समाचार / स्वास्थ्य बिमामार्फत उपचार गर्ने बिरामी बढे

स्वास्थ्य बिमामार्फत उपचार गर्ने बिरामी बढे

 सागर रिजाल

प्युठान। प्युठान नगरपालिका–३ विजयनगरका विष्णु न्यौपाने ५१ वर्ष पुग्नुभयो। उहालाई लामो समयदेखि नसा सम्बन्धी रोग थियो।

पछि नसासम्बन्धी रोग निको भयो। उहा“ले गत वर्ष माघमा स्वास्थ्य बिमा लागु भएपछि स्वास्थ्य बिमा गराउनुभएको थियो। उहा बिमा गराएपछि स्वास्थ्य जाचका लागि अस्पताल पुग्नुभयो। अस्पतालमा उहालाई जाच गर्दा पित्तथैलीमा पत्थरी देखियो। उहाले पत्थरीको स्वास्थ्य बिमा मार्फत निःशुल्करुपमा उपचार गर्दै आउनुभएको छ । प्युठान अस्पतालमा उपचार सम्भव नभएपछि उहा काठमाडांै पुग्नुभयो। काठमाडांै अस्पतालमा उहा“को निःशुल्क उपचार भयो। गत कार्तिकमा बिरामी पर्नुभएका उहा अहिले उपचारपछि सञ्चो हुनुभएको छ।

त्यस्तै स्वास्थ्य बिमामार्फत निःशुल्क उपचार गर्नुभएका विजुवारका नरेश शर्मा ४१ वर्ष पुग्नुभयोे। उहाको लामो समयदेखि टाउको दुख्ने समस्या थियो। उहाले अस्पतालमा निःशुल्करुपमा एमआई जा“च गरी अहिले स्वस्थ भएको बताउनुभयो। उहँले सम्पूर्ण प्युठानीलाई बिमा गरी निःशुल्क उपचार सेवा लिन आग्रह गर्नुभएको छ। निःशुल्करुपमा अरुको बिरामी दाजोमा जाच हुदा खुशी भएको उहा“ले प्रतिक्रिया दिनुभयो। आउने जाने खर्च आफ्नो लागे पनि उपचार निःशुल्क भएको उहा“ले बताउनुभयो।

प्रभावकारी बन्दै बिमा कार्यक्रम

पछिल्लो समय प्युठानमा स्वास्थ्यबिमा कार्यक्रम प्रभावकारी देखिएको छ। गत वर्षको माघबाट प्युठानमा शुरु भएको स्वास्थ्यबिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ। स्पष्ट नीति, विधि, प्रविधिको उपयोग तथा कार्यान्वयनका पक्ष प्रभावकारी हु“दै आएको बिमा कार्यक्रममा चासो देखिएको छ। गत जेठदेखि विभिन्न नागरिकले प्युठान जिल्लामा सेवा प्रदायक ठाउ“बाट सेवा लिन शुरु गरेका छन्। जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री, प्राथमिक स्वास्थ्य केन्द्र खंलगा र लमही अस्पतालबाट प्रथम उपचारको सेवा लिन सक्ने स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले बताउनुभयो। उहाले भन्नुभयो– ‘यस ठाउ“मा उपचार सम्भव नभएमा केन्द्रीय अस्पतालबाट प्रेषण भई स्वास्थ्य उपचारको सेवा लिन सक्छन्।’

जिल्लाका ६४ वटै वडामा विमा दर्ता सहयोगीको सहयोगमा नागरिकको घरदैलोमै पुगी बिमा फाराम भर्ने र तोकिएको प्रीमियम रकम लिएर उनीहरुलाई बिमा कार्यक्रममा आबद्ध बनाएको उहाले बताउनुभयो। बिमा योजनाअन्तर्गत बहिरंग सेवा र आकस्मिक सेवा, अन्र्तरंग सेवा एक सय २८, निदानात्मक सेवा एक सय ६१ प्रकारका रोगको निधान र एक हजार एक सय २८ प्रकारका औषधि निःशुल्क दिने गरेको स्वास्थ्य प्रमुख सुवेदीले बताउनुभयो।

२७ हजार दुई सयको बिमा

प्युठानमा हालसम्म पाच हजार छ सय ५८ घरधुरीका २७ हजार दुई सयजनाको बिमा गरिएको छ। तीन हजार पा“च सय २५ घरधुरीका मान्छे पैसा तिरेर बिमा कार्यक्रममा सहभागी भएका छन् भने दुई हजार एक सय ३३ घर परिवारका सदस्यहरुको निःशुल्क बिमा गरिएको स्वास्थ्य बिमा बोर्ड प्युठानका दर्ता अधिकारी बसन्त लामिछानेले जानकारी दिनुभयो। बिमा गर्न २५ सय रुपैया“ तिरी वार्षिक ५० हजारसम्मको सेवा लिन सकिने उहा“ले बताउनुभयो। जिल्लाका कुल जनसंख्या ११ प्रतिशत जनता बिमा कार्यक्रममा सहभागी भएको उहाले बताउनुभयो। उहा“ले भन्नुभयो– ‘बिमा कार्यक्रममा अरु जनतालाई सहभागी गराउन सबैको सहयोगको अपेक्षा गरिएको छ।’

४६ सय बढी उपचारमा सहभागी भए

बिमा कार्यक्रममार्फत जिल्ला अस्पताल प्युठानमा हालसम्म चार हजार छ सय ६७ जनाले उपचार पाएको जिल्ला अस्पताल प्युठानका मेडिकल सुपरिटेण्डेन शेषराज घिमिरेले जानकारी दिनुभयो। अस्पतालमा हुने उपचार अस्पतालमा गरेको उहा“ले बताउनुभयो। उहाले भन्न्ुाभयो– ‘उपचार सम्भव नहुने विरामीलाई बुटवल, काठमाडांै पठाउने गरेका छौं।’

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top