Free songs
Home / सम्पादकीय / वायु प्रदूषणप्रति संवेदनशील बनौं

वायु प्रदूषणप्रति संवेदनशील बनौं

आज ५ जून, संसारभरि विश्व वातावरण दिवस मनाइँदैछ। वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसंघको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो। सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुुस गरी ५ जुन १९७३ मा पहिलोपटक विश्व वातावरण दिवस मनाउन शुरु गरिएको हो। त्यसपछि लगातार विश्वभरि यो दिवस मनाइ“दै आएको छ। गत वर्ष ‘प्लाष्टिक प्रदूषण’विरुद्ध केन्द्रित रहेको वातावरण दिवस यो वर्ष संसारभरि ‘वायु प्रदूषण’विरुद्ध केन्द्रित भएर मनाइ“दैछ। गत वर्ष भारतको अगुवाइमा संसारले यो दिवस मनाएको थियो भने यो वर्ष चीनको अगुवाइमा यो दिवस मनाइ“दैछ। ‘हामी श्वास रोक्न सक्दैनौं तर हामीले श्वास फेर्ने वायुको गुणस्तर बदल्न सक्छौं’ भन्ने सन्देशका साथ यो वर्ष चीनको प्रायोजनमा विश्वभरि यो दिवस मनाइ“दैछ भने नेपालमा पनि ‘स्वच्छ वायु, स्वस्थ जीवन’ भन्ने मूल नाराका साथ यो दिवस मनाइ“दैछ। सरकारले सबै नागरिकलाई एक÷एकवटा फलफूलको विरुवा रोपेर यो दिवस मनाउन आह्वान गरिसकेको छ।

अहिले संसारमा आममानिसका लागि सबैभन्दा त्रासको विषय भनेको युद्ध र प्रदूषण नै हो। युद्धमा प्रत्यक्षरुपमा रगत बग्छ र नागरिकको ज्यान जान्छ । तर प्रदूषण यस्तो खतरनाक युद्ध हो– जसले थाहै नदिई हमला गरिरहेको हुन्छ र मानिसको ज्यान लिइरहेको हुन्छ। विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक भन्छ– विश्वभरि वर्षमा ७० लाख मानिसको प्रदूषणकै कारण ज्यान गइरहेको छ। जसमध्ये एशिया–प्रशान्त क्षेत्रमा मात्रै ४० लाखको ज्यान जाने गरेको छ। पछिल्लो समयमा वायु प्रदूषण सबैभन्दा खतरनाक हुँदैछ। हरेक एक सयमा ९२ जना मानिसले श्वास फेर्ने वायु स्वस्थ छैन। विश्वब्यापीरुपमा त बिग्रेकै छ, नेपालमा पनि वायुको अवस्था निकै बिग्रेको छ। अहिले नेपालका विभिन्न स्थानमा वायु प्रदूषण मापनयन्त्र राखेर वायुको अवस्था जाँच गर्ने काम भइरहेको छ। सबैतिरबाट नकारात्मक नतिजा आइरहेको छ। काठमाडौंको रत्नपार्क, लुम्बिनी र दाङको घोराहीको वायु प्रदूषणको अवस्था उस्तै देखिन्छ। त्यसैले नेपालमा पनि वायु प्रदूषण बढ्दै गएको बुझ्न सकिन्छ।

गत वर्ष विश्व आर्थिक मञ्चको सहकार्यमा प्रतिष्ठित अमेरिकी विश्वविद्यालयहरु तथा कोलम्बियाद्वारा तयार पारिएको ‘इन्भाइरोमेन्ट पर्फर्मेन्स इन्डेक्स’ (इपीआइ) ले प्रतिवेदनमा विश्वभरिका एक सय ८० देशमाझ तुलना गर्दा वातावरण प्रदूषण धेरै हुने देशहरुमध्ये नेपाल
लगभग पुछारमा एक सय ७६ औं नम्बरमा रहेको देखाइएको छ। शहरी क्षेत्रमा धुलोधुवाँ अनि ग्रामीण क्षेत्रमा घरभित्र दाउरा तथा गुइँठा बाल्दा वायु प्रदूषणको अवस्था ह्वात्तै बढेको देखिएको हो। शहरी क्षेत्रमा वायु प्रदूषणको करिब ३८ प्रतिशतका लागि गाडीकै धुवाँ जिम्मेवार रहने गरेको अध्ययनबाट देखिन्छ। दाङकै सन्दर्भमा चर्चा गर्ने हो भने मानव वस्तीमा स्थापना गरिएका सिमेन्ट उद्योग वायु प्रदूषणका स्रोत बनेका छन्। त्यस्तै कालोपत्रे नगरिएका सडकमा उड्ने धुलो, सडक निर्माणमा हुने ढिलासुस्तीका कारण बढ्ने धुलो, पुराना गाडी, गाउँमा प्रयोग गरिने दाउरा र गुइँठा दाङको वायु प्रदूषणका लागि चुनौती हुन्। यी चुनौतीको सामना गर्न खासगरी जिल्लाका स्थानीय तहहरुले तत्–तत्सम्बन्धी कार्यक्रम बनाउनु जरुरी छ। सचेतनादेखि कारवाहीसम्मका कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ।

हामीले वायु प्रदूषण घटाउने भनेको कार्बन उत्सर्जन कम गर्ने र अक्सिजन बढाउने नै हो। त्यसका लागि रुख विरुवाको संख्या बढाउनेतिर बढीभन्दा बढी ध्यान केन्द्रित गर्नु आवश्यक छ। त्यसो त नेपाल कार्बन उत्सर्जन कम गर्ने मुलुकमा पर्दछ। आधुनिक विकासका नाममा संसारका धनी देशहरुले गरेको कार्बन उत्सर्जन बृद्धिका कारण पनि नेपालले सास्ती भोग्नुपरिरहेको छ। अन्य देशको तुलनामा नेपाल संरक्षणको क्षेत्रमा बढी नै संवेनशील छ। अब विकासका नाममा वातावरणीय प्रदूषक देशहरुले नेपालजस्ता कार्बन उत्सर्जन घटाउन टेवा पु¥याउने देशलाई अनिवार्य कर तिर्ने ब्यवस्था मिलाउनुपर्छ। यसका लागि एकातिर हामीले रुख विरुवाको संख्या बढाएर कार्बन उत्सर्जन घटाउँदै लैजानुपर्छ भने अर्कोतिर नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चहरुमार्फत नेपालले कर लिने व्यवस्थाका लागि पहल बढाउनुपर्छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top