Free songs
Home / विचार / वातावरण संरक्षणः ठूला कुरा भन्दा साना कामको खाँचो

वातावरण संरक्षणः ठूला कुरा भन्दा साना कामको खाँचो

वामदेव सुवेदी

आज विश्व वातावरण दिवस। वातावरणसम्बन्धी सचेतना अभिवृद्धि गर्न हरेक वर्ष जुन ५ तारिकमा संसारभरि विभिन्न कार्यक्रमका साथ वातावरण दिवस मनाइन्छ। आजको दिन वातावरणसम्बन्धी समस्या तथा सवालहरुमा के–के गर्न सकियो र के के गर्न अझै बा“की छ भन्ने विषयमा विचार विमर्श गर्ने दिन पनि हो। वातावरणसम्बन्धी मानव चासो पुरानै हो। तर वातावरण दिवस मनाउन थालेको चाहि“ सन् १९७४ देखि हो। तर यो दिन वातावरण संरक्षणको अभियानमा हामीले गरेको प्रगति र प्राप्त गरेको सफलताको खुशियाली मनाउने दिन अझै बन्न सकेको छैन। बरु हाम्रा असफलता ढाकछोप गर्न नसकिने स्थितिमा पुगेका छन् र प्रदूषित वातावरणको दुष्परिणामबाट अब जोगिन सकिने स्थितिमा हामी छैनौं।

बिग्रदो वातावरणको सुधारमा र प्राकृतिक पर्यावरणको संरक्षणमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति तथा कार्यक्रमहरुको सर्वोपरि महत्व रहन्छ। तर यस लेखमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति तथा कार्यक्रमका बारेमा भन्दा हामी व्यक्तिगतरुपमा कसरी आफ्नो वरपरको वातावरणको सुधार र संरक्षणमा योगदान पु¥याउन सक्छौं भन्ने बारेमा चर्चा गरिने छ। कुरा चाहि“ ठूला–ठूला गर्ने, काम चाहि“ सिन्को पनि नभा“च्ने जुन हाम्रो स्थिति छ, त्यसले हामीलाई कहीं पार लगाउ“दैन। ठूला कुरा गरेर होइन, बरु स–साना काम गरेर हामीले वातावरण संरक्षणमा ठूलै योगदान पु¥याउन सक्छौं भन्ने यो आलेखको मूल आशय हो।

स्वच्छ वातावरण, स्वस्थ जीवन

स्वच्छ वातावरणलाई हाम्रो संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको छ। संविधानमा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाच्न पाउने हक हुनेछ भनिएको छ। १५ औं योजनाको आधार–पत्रले पनि सफा, स्वच्छ र हरित वातावरण को सोच राखेको छ र प्रदूषण नियन्त्रण, फोहोरमैला व्यवस्थापन र हरियाली प्रवद्र्धन गरी नागरिकको स्वच्छ र स्वस्थ वातावरणमा बा“च्न पाउने अधिकारको सुनिश्चितता गर्ने लक्ष लिएको छ।

हाम्रो स्वास्थ्य हाम्रो खानपीन कस्तो छ, हामी कस्तो वातावरणमा बस्छौं र कत्तिको स्वच्छ हावामा स्वास फेर्छौं भन्ने कुरामा भर पर्दछ। आज हामीले खाने–पिउने कुरामा र हामीले फेर्ने सासमा समेत मिसावट छ। खानेकुरामा विषादी थपिएको छ र ास फेर्ने ठाउ“मा धुलो र धुवा“ थपिएको छ। यो धुलो र धुवा“मा पनि अनेकखाले रसायन मिसिएका छन्। खाना नखाएर त केही दिन बा“च्न सकिएला तर स्वास नफेरेर त एकछिन पनि टिक्न सकिन्न। अनि यही सास फेर्ने वायु पनि प्रदूषित भएपछि श्वासप्रश् वाससम्बन्धी समस्या बढ्नु स्वाभाविक छ। विश्व स्वास्थ्य संगठनका अनुसार आजको विश्वमा सफा हावामा श्वास फेर्न नपाउनेको संख्या ९२ प्रतिशत छ र प्रदूषित वातावरणमा श्वास फेर्नु पर्ने कारणबाट हरेक वर्ष ७० लाख मानिस अकाल मृत्युवरण गर्न बाध्य हुन्छन्। मर्नेहरुको संख्या त यति धेरै छ भने बिरामी पर्नेहरुको संख्या अझ कति धेरै होला भनेर अनुमान गर्न सकिन्छ। हामीकहा“ श् वासप्रश् वाससम्बन्धी रोग बढ्नुको एउटा मुख्य कारण वायु प्रदूषण हो। धुलो र धुवा“ यति धेरै छ कि अब कसैलार्ई चुरोट तान्नैपर्दैन। अनि प्रदूषणको असर मानव जातिमा मात्र होइन अन्य प्राणी तथा जैविक जगतमा समेत परेको होला भनेर सहजै लख काट्न सकिन्छ। यस वर्षको विश्व वातावरण दिवस चीनको प्रायोजनमा ‘वायु प्रदूषण’ नारा (थिम) मा मनाइ“दैछ। गत वर्ष भारतले प्रायोजन गरेको थियो र थिम थियो– ‘प्लास्टिक प्रदूषण।’ प्लास्टिकको प्रदूषणले सा“च्चिकै आतंक मच्चाएको छ। हाम्रै वरपर प्लास्टिकका थैला, मिनरल वाटरका बोतल, रक्सीका बोतल, कुरमुरे, चाउचाउका प्याकेट, गुट्का, सुर्ती र चुरोटका खोल यत्रतत्र फ्या“किएको देख्न सकिन्छ।

स्वच्छ वातावरणका लागि के गर्ने त ?

वातावरण स्वच्छ र स्वस्थ राख्न हामीले आफ्नो स्तरमा साना ठानिने निम्नलिखित काम गरेर मदत पु¥याउन सक्छौं। अन्य आवश्यक बुदाहरु थप्न पाठकहरु स्वतन्त्र हुनुहुन्छ।

 

सकभर प्लास्टिकको प्रयोग नगर्नुहोस्। गर्नैपर्ने स्थितिमा कम गर्नुहोस् र पुनः प्रयोग तथा रिसाइकिल गर्न सहयोग पुग्ने किसिमले फोहोर व्यवस्थापन गर्नुहोस्। प्लास्टिकको प्रयोग घटाउनै परेको छ र तपाईंको सानो प्रयासले पनि प्लास्टिकको प्रयोग घटाउन योगदान पुग्छ।

हिंडेरै जान सकिने, साइकलमा गए पनि हुने, बस तथा माइक्रोवसमा गए पनि हुने भए मोटरसाइकल तथा कार जीपको प्रयोग नगर्नुहोस्। तपाईं बस चढ्दा सार्वजनिक यातायातलाई प्रोत्साहन पुग्छ, सडकमा सवारी चाप कम गर्न मदत पुग्छ, सवारी इन्धनको बचत हुन्छ र इन्धनबाट उत्सर्जन हुने धुवा“ पनि कम गर्न योगदान पुग्छ।

कोठामा कोही नभएको अवस्थामा पनि लाइट, पंखा, टिभी खुलै छोडेर जाने गरेको देखिन्छ। कृपया स्वीच अफ गर्न नबिर्सनुहोस् बिर्सनेलाई सम्झाइ दिनुहोस्।

ि आफ्नो घर तथा घर वरपर सफा राख्न मदत गर्नुहोस्। मदत गर्न नसके कम्तिमा पनि फोहोर चाहि“ नगरिदिनुहोस्।
िजह“ पायो त्यहा“ दिसापिसाव नगरिदिनुहोस्। जताततै फोहोर नफ्या“क्नुहोस्। पुकार खाएर प्याच्च नथुक्नुहोस्। चुरोटका ठेटो नमिल्काउनुहोस्। सिसाको बोतल नफोर्नुहोस् बरु रिसाइकल गर्ने संकलकलाई दिनुहोस्। गल्ने र नगल्ने खाले फोहोरलाई अलग्गै राख्नुहोस्। यसो गर्दा फोहोरमैला व्यवस्थापनमा उचित टेवा पुग्छ।  जग्गा छ भने रुख बिरुवा लगाउनुहोस्। यदि जग्गा छैन भने गमलामै भए पनि तुलसी जस्ता साना विरुवा रोप्नुहोस्। अरुलाई पनि रोप्न हौसला दिनुहोस्।

रासायनिक मल तथा जीवनाशक विषादीको बढ्दो प्रयोगले मानव तथा वातावरणीय स्वास्थ्यमा असर पर्दछ। भरसक विषादी र रासायनिक मलको प्रयोग नगर्नुहोस्, गर्नैपर्ने स्थितिमा विवेकशील तरिकाले गर्नुहोस्। आज विषादी छर्ने भोलि बजारमा बेच्न लानेलाई बेवास्ता नगर्नुहोस।

प्रायः बसमा चढ्ने यात्रुहरुले बसको झ्याल खोलेर ‘मिनरल वाटर’ को रित्तो बोतल हु¥याएको देख्न सकिन्छ। सकभर घरबाटै पुनः प्रयोग गर्न मिल्ने बोतलमा पानी बोक्नुहोस्। पानी पिइसकेपछि बोतललाई जहा“ पायो त्यहा“ नमिल्काउनुहोस्।

ि बाटोघाटो, नदीनाला, ताल तलैया, वन उद्यान, स्कूल क्याम्पस, मन्दिर देवस्थल, स्वास्थ्य चौकी तथा अस्पताल, सरकारी कार्यालयहरु सार्वजनिक सम्पत्ति हुन्। सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु प्रत्येक नागरिकको कर्तव्य हो भन्ने कुरा नभुल्नुहोस्।

प्रायः सुनिन्छ, मैले मात्र गरेर वातावरण संरक्षण हुने हो र ? मैले गरे पनि अरुले गर्न छोड्दैनन्। तर याद राख्नुहोस तपाईंले गरे हुन्छ र तपाईंले गरेको देखेपछि अरुले पनि गर्छन्। अरुलाई पनि मनमा लागिसकेको छ, अब त अति भो, अति सर्वत्र वर्जयेत्।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top