Free songs
Home / समाचार / प्रमुख समाचार / ‘रोजा इफ्तार’मा राष्ट्रपति

‘रोजा इफ्तार’मा राष्ट्रपति

 कुमार श्रेष्ठ

बाके। राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्लिम समुदायको रोजा इफ्तारमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्नु भएको छ।

मुस्लिम समाज बा“केले मंगलवार सा“झ नेपालगञ्जमा आयोजना गरेको ‘रोजा इफ्तार’ मा सहभागी हुनुभएकी राष्ट्रपति भण्डारीले विशिष्ट सांस्कृतिक विविधता भएको देशमा यस किसिमको पर्वले एकताको सूत्रमा जोड्न सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो। उहाले मुस्लिम आयोग गठन भएकोमा प्रसन्नता व्यक्त गर्दै रोजामा गरिवलाई दान गर्ने परम्परा सराहनीय भएको बताउनुभयो।

मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसरमा आयोजित रोजा इफ्तारमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएपछि मुस्लिम समुदाय हर्षित भएको छ। मंगलवार सा“झ ७.१० बजेको रोजा इफ्तारमा राष्ट्रपति भण्डारी सहभागी हुनुभएको हो। सूर्य उदाउनु अघि ‘सेहरी’ खाएर दिनभरि पानी पनि नखाइ रोजा बस्नेहरुले सूर्य अस्ताएपछि खानपिन गर्दछन्। यसरी खानपिन गर्नुलाई रोजा इफ्तार भनिन्छ। इस्लाम धर्मका पा“च स्तम्भमा इमान, नवाज, रोजा, जकात र हज पर्दछन्।

राष्ट्रपतिसमक्ष मुस्लिम अगुवाहरुले चार सूत्रीय माग अघि सारेका छन्। मुस्लिम समुदायको छुट्टै पहिचान कायम गरिदिन, मुस्लिम पर्वहरुमा सार्वजनिक बिदा दिन, प्रत्यक्षतर्फको ६० प्रतिशत सिटमा समानुपातिक, समावेशीलाई कायम गर्न र राष्ट्रिय मदरसा बोर्ड गठनका लागि आवश्यक पहल गरिदिन माग गरेका हुन्।

यी मागहरु सुनेपछि राष्ट्रपति भण्डारीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो। राष्ट्रपति भण्डारीले मुस्लिम समुदायले उठाएका सवालहरु नेपाल सरकारलाई जानकारी हुने विश्वास दिलाउनुभयो।

शहरी विकास मन्त्री मो. इस्तियाक राईले रोजा इफ्तारमा राष्ट्रपति सहभागी भएर मुस्लिम समुदाय गौरवान्वित भएको बताउनुभयो। मुस्लिम अगुवाहरु अब्दुल करिम खा“, सकिल अहमद, अब्दुल हुसैन खा, मो. हारुन, अतहर हुसैन फारुकी, अब्दुल वाहिद मन्सुरी (चुन्ना) ले मुस्लिम समुदायको गौरवमय इतिहासको ब्याख्या गर्दै राजनीतिकरुपमा पछाडि परेको गुनासो गरेका थिए।

नेपालमा ४.४ प्रतिशत अर्थात ११ लाख ६४ हजार दुई सय ५५ जना मुस्लिम समुदाय रहेका छन्। जनगणनामा मुस्लिम थुप्रै थरहरुलाई पहिचान गर्न नसकिएको कारण वास्तविक तथ्यांक नआएको उनीहरुको भनाइ थियो। मुस्लिम समुदायले राज्यका हरेक निकायमा आफ्नो पहिचानका आधारमा प्रवेश नपाएको, शिक्षा, स्वास्थ्य र रोजगारीमा पछि परेको, जनसंख्याको आधारमा नीति निर्माणको तहमा पहु“च पुग्न नसकेको मुस्लिम अगुवाको गुनासो रहेको छ। उनीहरुले पहिलो पटक राष्ट्रप्रमुख नै रोजा इफ्तारमा सहभागी भएकोमा आफूहरु
धेरै खुशी भएको बताएका थिए।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top