Free songs
Home / विचार / मिष्टर ६ करोड !

मिष्टर ६ करोड !

नाराययणप्रसाद पौडेल

निर्वाचनक्षेत्र विकास कोष। सानोतिनो हैन, छैन, ठ्याम्मै छ करोडको जोश। होश पु¥याउन पर्दैन। विक्नेजतिलाई किनेर टिक्ने राजनीति गर्नका लागि दिइएको हो यो रकम। निर्वाचन क्षेत्र किनेर कब्जामा राख्नका लागि हो। जे जसरी हुन्छ सकम। छ करोड रकम पनि एक वर्षमा खर्च गर्ने क्षमता नभएका सांसदले सयौं अर्ब र खर्बको बजेट चलाउन सक्दैनन्। भोलिका लागि समयमै सक्न र क्षमतावान बनाउनका लागि पनि दिनुपर्छ त्यति। सक्नेले १२ करोडको काम गर्छन् त्यसैबाट। नसक्नेले आधा काम गरेर आधा खान्छन्। बिल, भौचर र भर्पाइ मिलाउने मेसो पाउ“छन्, सिक्छन्। बानी बन्दै÷पर्दै जान्छ। अनि त्यसपछि बल्ल ठूलो काम हुन्छ, गर्न सकिन्छ। यत्तिमै किचकिच गरेर कहा“ हुन्छ ? हुन्न। छिर्के हान्न पाइन्न। कसैले द्रब्यपिशाच भने पनि मानिन्न। सहिन्न।

विधि–विधान, ऐन–कानुन र नीति–नियम बनाउने माननीयहरुले विकास निर्माणका काम गर्नै हु“दैन भन्ने कहा“ छ ? छैन। गर्नपर्छ। हुन्छ। विकास नभएरै पछि परेको हो देश। सबै सांसदहरुले गरेपछि स्वाट्टै माथि पुग्छ मुलुक। हिजो पनि पुगेकै थियो, भोलि पनि पुग्छ। चुनाव हारेका, पछि परेका र किनारा लागेकाहरुले, डाहा, इस्र्या र जलन गरेर हु“दैन। मातहतमा चलाउने, धन फलाउने बीउ धन भएपछि मन पनि धनी हुन्छ। कमजोर मनले काम गर्नुहु“दैन। राम्रा नीति निर्माण गर्न पनि सक्दैन। आ“टै आउ“दैन। खल्ती भरी भएपछि छा“टै अर्कै हुन्छ, गल्ती पनि गर्दैन। रित्ता खल्ती हुनेका गल्ती नै गल्ती देख्ने चलनचल्ती भएको देश हो यो।

पुराणवाचक कुनै पण्डितले घरमा पुगेर श्रीमतीलाई भनेछन्– पुस्तकका माछा पो खान हुन्न, खोलाका माछा त चोखा हुन्छन्, सरोवर, नदी र समुद्रका झन् चोखा। बिटुलो हुने काम यजमानले गर्छन्। पण्डितले जे खायो त्यही प्रसाद हुन्छ, बन्छ। त्यस्तै हो छ करोड पनि। नेताले पाएपछि, लिएपछि, पचाएपछि सबै बैध हुन्छ, मान्नुपर्छ। अरुले लिए, पाए, खाए अबैध ठहरिन्छ। जसरी बिटुलो चोख्याउ“छन् पण्डितले, उसैगरी भ्रष्टाचारलाई शिष्टाचार बनाउने काम नेताले गर्छन्। सदावहार र शक्तिशाली नेताले जे गरे पनि सदाचार, अरुले गरे दुराचार, व्यभिचार र अत्याचार। यो हो अहिलेको समाजवादी आचार र विचारको समय सुहाउ“दो समाचार। आकार र प्रकार फरक पर्न सक्छन्। अरु पर्दैन।

विपक्षी र केही सत्तापक्षी सांसदले विरोध पनि गरेछन्। आज जसले बिरोध गरेका छन् नि † सबभन्दा पहिले तिनै बुझ्न÷लिन जानेवाला हुन्। बाहिर बिरोध र भित्रभित्रै समर्थन। यही हो राजनीतिको चर्चामा रहिरहने चलन। बाहिर एउटा र भित्र अर्को। बदमासी लुकाउने राजनीतिको बर्को। मौका नपाएका जति नेताले हो सिद्धान्त फलाक्ने। इमान र जमानको कुरा गर्ने। कुरैले क्रान्ति र कुरैको विकासले भर्ने। कुरैले शान्ति र कुरैले प्रगतिको बालीनाली भिœयाउने। अकुत कमाउने ठाउ“ तिनैलाई जिम्मा दिने हो भने छ महिनामै कंगाल बनाउ“छन्। नपत्याए दिएर हेर्नु, विचार गर्नु। सिद्धान्त छा“ट्ने हिजोका सदाचारी नेताजतिको जीवनशैली आज उनीहरुको घरमै गएर हेर्नु र धोको फेर्नु। आजका पनि उस्तै हैनन् भन्ने आधार छैन। अन्तरीक्षबाट झरेको कोही हैन। सबै यसै भूमिका उपज हुन्। मीठो खाने मुख छन्, राम्रै लगाउने ज्यान छ, सुविधामै रमाउने ध्यान छ। त्यो भन्दा पर पुगेर, सत्ताको सुविधा त्यागेर, तपस्या गरेर, बुद्ध बन्ने ज्ञान र आ“ट भएको मान्छे सांसदै बन्दैनथ्यो। राजनीति नै गर्दैनथ्यो। अर्कै बाटो लाग्थ्यो। भाग्थ्यो।

जोगी, योगी, सन्यासी, साधु, भिक्षु, लामा, सन्त, पादरी, मुल्ला, हाजी र पण्डितहरु सबैका अगाडि धनको थुप्रो लगेर राखिदिने हो भने कसैले पनि नाइ“ भन्दैन। पाप कर्म गरेर कमाएको पैसा दान दिन खोज्दा पनि लिन्न, हुन्न, चाहिन्न भन्ने छैन। जहा“ जाउ उही धनकै महिमा छ। भगवानका मूर्तिले बोल्दैनन् र पो, नत्र हरेक मन्दिर, मस्जिद, बिहार, गुम्बा, चर्च र मठका महन्त र पुजारीको पहु“च बढाउने काम पनि उही धनैले गर्छ। बाप बडा न भैया, सबसे बडा रुपैया त्यसै भनिएको हैन, मानिएको छैन। बिनाधन केही नभन, जहँ“ धन उही नमन, गमन छ। सबै ताप हर्छ र पाप पखाल्छ धनले। शान्ति पाउ“छ मनले। सुखको अनुभव गर्छ तनले। सुख, शान्ति र समृद्धिका सारा अमूल्य औजार र उपकरण किन्न सकिन्छ धनैले। त्यस्तो धनको बिरोध त बैरीले पनि गर्दैन। शत्रुलाई मित्र बनाउन सकिन्छ धनले। विप्लवको विद्रोह पनि त्यही ढुकुटीको ताला चावी समाउने ठाउ“ कब्जा जमाउनका लागि त हो। आफ्नो औकात अनुसारको धन पाएका नेता र कार्यकर्ताहरु थुनामुक्त हु“दै सरकारी पार्टीतिर सर्दै गरेका छन् त्यसैले। भोलिसम्म कुर्नुपरेन। धनैले ल्याउ“छ÷दिन्छ समाजवाद र किन्छ साम्यवाद पनि।
हिजोका सांसदलाई देख्दासाथ अलि पर बसेका मान्छेले आ“खैआ“खाले इसारा गरेर कुरा काट्थे– मिस्टर पजेरो, पुरुष सुत्केरी हुने जन्तु र जिउ“दै ब्रह्मनालमा सुत्ने मान्छे आदि इत्यादि भनेर। मिष्टर छ करोड भन्न थालेका छन् अचेल। पहिले–पहिले लखपति भन्दा पनि कति धेरै मान गरेको मान्थे मान्छेले। मि. छ करोड भन्दा पनि अपमान गरेको ठान्नेहरु भेटिन्छन् अचेल। समय समयकी बात भनेको यसैले होला। बैङ्कक पु¥याउन परेको छैन, विहारबाट पप्पु यादवलाई झिकाउन परेको छैन, पा“चतारे होटलमा थुनेर सुरा र सुन्दरी ओसार्न परेको छैन अहिले। सानो प्रगति हैन यो। जम्मा छ करोड मात्र दिदा शान्त छ सदन। मागेको त १० करोड हो नि † अर्को अर्को वर्षमा थप्दै जा“दा पुग्ला १० करोड पनि। बृद्धभत्ता दुई हजारबाट बढाएर तीन हजार पु¥याएजस्तै तरिकाले बृद्धि गरिने त होला नि † प्रदेशमा पनि तीन करोड माग्न थालेका छन् माननीयहरुले। आन्तरिक करबाट उठेको रकमले उनीहरुलाई नै नपुग्ने भइसक्यो, अरुका लागि कर्जा काढ्ने अवस्था आइसक्यो !

आफ्नो हात जगन्नाथ गरेको र नीतिगत भ्रष्टाचार बढाएको भनेर कुर्लनेहरु पाखा छन्। भित्र पस्ने बित्तिकै तिनीहरुका आ“खा पनि उतै जान्छन्, लाग्छन्। यताको बजेटको विरोध गर्नेहरुलाई पाल्ने पैसा पश्चिमबाट नआउ“दो हो भने तिनीहरुका ओठमुख चल्दैनथे। विरोध र समर्थन पनि सहज तरिकाले हुन छाडेका छन् अचेल। को कहा“बाट सञ्चालित छ, कताबाट परिचालित छ उसको गति र मति हेरेर आफै अन्दाज गर्नुपर्ने दिन आए। स्वविवेकले चल्छ, आफ्नै खुट्टाले टेकेको छ, आ“खाले देखेको र मनमा लागेको कुरा बोलेको छ भनेर पत्याउने जमाना गए।

जुन माननीयले अर्काले बनाइदिएको भवनमा पसेर, कुर्सीमा बसेर, माइक समाएर भा“चिएको कुर्सी देखाएर सभामुखसमक्ष सुरक्षा माग्छ, त्यही सांसदले बरु छ करोड नलिउ, भत्ता काटेर भए पनि संसद भवन आफै बनाउ“, अरुले बनाइदिएका भवनमा नजाउ“, दिएका उपकरण पनि नसमाउ, जे जस्तो जुट्छ, हुन्छ, त्यस्तैमा सदन चलाउ“ भन्ने आ“ट गर्दैन। दाताले दिएका, माइक, कुर्सी, सवारी साधन र अन्य उपकरण प्रयोग गर्न त“छाडमछाड गरेको देख्दा हेर्नेलाई समेत लाज लाग्छ। सदनमा हाजिर गरेर विदेशी गैरसरकारी संस्थाका कार्यक्रममा सहभागी हुन दगुर्छन्। उस्तै परे एकैदिन आधा दर्जनजति कार्यक्रममा सहभागी भएर, हस्ताक्षर गरेर, भत्ता हसुर्छन्। सदनमा कोरम नपुग्ने कारण त्यही हो भन्छन् जानकारहरु। उपस्थिति पुस्तिका हेर्दा हाजिर धेरै र सदनमा गन्ती गर्दा संख्या थोरै हुने कारण त्यही हो रे।

उपत्यकामा हुने, राम्रै भत्ता आउने, कार्यक्रम पत्ता लगाएर नबोलाए पनि पुग्ने सांसदले आयोजकलाई समेत समस्यामा पारेको चर्चा सुन्न पाइन्छ। प्रदेशतिर पनि सरेको समाचार आउन थालेको छ यो रोग। तोकिएका सहभागी संख्या भन्दा बढीलाई भत्ता बा“ड्नु पर्दा अप्ठ्यारो मान्ने नै भए। पहिले–पहिले केही पत्रकाहरुले त्यस्तै गर्थे भन्ने सुनिन्थ्यो। अहिले त सांसदै यति धेरै भए भनेर सुनाउ“छन् कतिपय आयोजकहरुले।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top