Free songs
Home / फिचर समाचार / डिभिजन वन गढवामै रहन्छः गिरी

डिभिजन वन गढवामै रहन्छः गिरी

 शिवराज पन्थी

गढवा। जिल्लामा हाल स्थापित भएका दुईवटा डिभिजन वन कार्यालयहरुमध्ये हाल देउखुरीको लमहीमा स्थापना भएको देउखुरी डिभिजन वन कार्यालय गढवामै स्थानान्तरण हुने प्रदेश नं. ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लीला गिरीले बताउनुभएको छ।

वन क्षेत्रहरु बाढी भएको र चोरी तस्करीका हिसाबले संवेदनशील नाका क्षेत्रहरु दक्षिण देउखुरी क्षेत्रमा पर्ने भएकाले पनि दक्षिण देउखुरीको केन्द्र गढवामा डिभिजन कार्यालय रहनु सान्दर्भिक मानिन्छ’– मन्त्री गिरीले भन्नुभयो। देउखुरीको गढवामा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको लगानीमा सवडिभिजन वन कार्यालय गढवामा निर्माण कार्य पूरा भएको प्रदेशस्तरीय हाइटेग वन नर्सरीको अध्ययन अनुगमन गर्न मंगलवार गढवामा आउनुभएका मन्त्री गिरीले यस्तो बताउनु भएको हो।

यसअघि गढवामा आएको बेला स्थानीय सामाजिक अभियन्ताहरुले सवडिभिजन वन कार्यालय गढवामा आवश्यक रहेको माग राखेको कुरा आफूलाई स्मरण भएको र प्रयास पनि गरेको तर त्यसअघि नै संघीय सरकारले लमहीका लागि निर्णय गरिसकेकाले सो निर्णय बदल्न नसकिएको उहा“ले बताउनुभयो। संघ र प्रदेशका ऐनहरु बनिसकेपछि भौगोलिक संवेदनशीलताको हिसाबले पनि स्थानीयहरुको मागबमोजिम सो कार्यालय दक्षिण देउखुरीमा आउने कुरामा मन्त्री गिरीले विश्वास दिलाउनुभयो।

यसैबीच गढवा गाउ“पालिका कार्यालयमा भेटघाटको क्रममा मन्त्री गिरीले गाउ“पालिकाका अध्यक्ष सहजराम यादवस“ग कुराकानी गर्दै सामुदायिक वन समूह र वन कार्यालयस“ग समन्वय र सहकार्यमा सहयोग गर्न आह्वान गर्नुभयो।

दक्षिण देउखुरी क्षेत्रमा ९३ वटा सामुदायिक वन समूहहरु रहेका र पश्चिम राजपुरको अड्बरुवादेखि गढवाको भौरीसालसम्म २८ बढी नाकाहरु नेपाल भारत सीमास“ग जोडिएका छन्, ती स्थानहरु स्वभावैले काठ तस्करी तथा वन्यजन्तु चोरी निकासीका लागि संवेदनशील हुन्। त्यसैले पनि दक्षिण देउखुरीमै डिभिजन वन कार्यालय रहनु आवश्यक छ’– संरक्षणको क्षेत्रमा निरन्तर लागिरहनुभएका संरक्षण अभियन्ता उमाकान्त पन्तले मन्त्री गिरीस“ग भन्नुभयो।

गढवा बजारको बीचमा रहेका सरकारी जग्गाहरुमा औद्योगिक क्षेत्रको विकास गर्न आवश्यक रहेको र त्यसमा वन मन्त्रालयको ध्यान जानुपर्ने गढवा उद्योग वाणिज्य संघका अध्यक्ष रविलाल आचार्यले बताउनुभयो। संवेदनशील चुरे क्षेत्रको संरक्षणका लागि वन मन्त्रालयको ध्यान जानुपर्ने र देउखुरीमा उत्पादन हुने लोपोन्मुख अवस्थामा पुगेका बहुमूल्य प्रजातिका काठ विजयसाल र सतिसाल संरक्षणको आवश्यकता रहेको स्थानीयहरुले मन्त्री गिरीस“ग अनुरोध गरे।

मन्त्री गिरीस“गै प्रदेश नं. ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय पौडेल, देउखुरी वन डिभिजन कार्यालयका प्रमुख शंकरप्रसाद गुप्ता, सवडिभिजन वन कार्यालय गढवाका प्रमुख शिवकुमार महतो, संरक्षण अभियन्ता उमाकान्त पन्त, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सदस्य रामप्रसाद गैरे, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष रविलाल आचार्य, वन महासंघ गढवाका अध्यक्ष नवराज शर्मा र इलाका प्रहरी कार्यालय गढवाका प्रमुख गिरिराज भण्डारीलगायतको उपस्थिति थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top