Free songs
Home / समाचार / संक्षिप्त समाचार / जातीय छुवाछुत आंशिकरुपमा छ

जातीय छुवाछुत आंशिकरुपमा छ

 ओपेन्द्र बस्नेत

तुलसीपुर। व्यक्तिको सोच र विचारमा परिवर्तन नआएकै कारण जातीय छुवाछुत अझैपनि समाजमा आंशिकरुपमा रहेको सरोकारवाला निकायले बताएका छन्। मान्छेको सोच बदल्ने कुरा, ठूलो भएको भन्दै उनीहरुले जातीय छुवाछुतमुक्त घोषणा गरेको १२ वर्ष पुगिसक्दा समेत विचार र सोचमा परिवर्तन नआउ“दा समस्या जस्ताको तस्तै रहेको बताए।

दलित महिला संघ जिल्ला शाखा दाङले तुलसीपुरमा आयोजना गरेको जातीय छुवाछुतमुक्त समाज निर्माणका लागि सरोकारवाला निकायको भूमिका विषयक अतन्तक्र्रियामा उनीहरुले अज्ञानताका कारण पनि मुलुकका विभिन्न स्थानमा घटनाहरु हुने गरेको चर्चा गदै हरेक नागरिकलाई कानुनका विषयमा जानकारी गराउन आवश्यक रहेको तर्क गरेका थिए।

प्रारम्भिक चरणमा केही छट्टु र टाठाबाठाले शासन व्यवस्था चलाउनकै लागि जन्मकै आधारमा जातको वर्गीकरण गरेको बताउ“दै दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जातीय छुवाछुत कुनै पनि धर्मग्रन्थमा उल्लेख नभएको बताउनुभयो। यसले धार्मिकरुपमा जरा गाडेर बस्दा केही समस्या भएको भन्दै प्रमुख जिल्ला अधिकारी रिजालले सामाजिक कुसंस्कारका रुपमा रहेको विषवृक्षलाई उखेलेर फाल्नुको विकल्प नभएको बताउनुभयो। तुलसीपुर उपमहानगरपालिकाअन्तर्गत रहेको शिक्षा समितिका संयोजक देवराज विश्वकर्माले प्रस्तुत गरेको कार्यपत्रमाथि मानवअधिकार शान्ति समाजका केन्द्रीय महासचिव सुशील बस्नेतले टिप्पणी गर्नुभएको थियो।

दलित महिला संघकी अध्यक्ष युवा कराराको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी दाङका अध्यक्ष टीकाराम खड्का, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्य, नेपाली कांग्रेसका नेता जगत खड्का, वडाध्यक्षहरु माधव ओली, नवराज लामिछाने, घनश्याम ढकाल, लक्ष्मण भण्डारी, महिला अधिकारकर्मी सुषमा गिरी, जानका खड्का, हुमा डिसी, स्यानी चौधरीलगायतले बोल्नुभएको थियो। कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक पोषण सेञ्चुरीले गर्नुभएको थियो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top