Free songs
Home / अन्तर्वार्ता / आनीबानीमा सुधार गरे वातावरण स्वच्छ बन्छ

आनीबानीमा सुधार गरे वातावरण स्वच्छ बन्छ

 

शक्तिराम डागी
घोराही उपमहानगरपालिका वातावरण तथा विपत व्यवस्थापन समिति संयोजक

आज बुधवार विश्व वातावरण दिवस। विश्व वातावरण दिवसका अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरिएका छन्। बढ्दो प्रदूषणलाई न्यूनीकरण गर्न सरोकारवाला लागिरहेका पनि छन्। स्वच्छ वातावरणले नै नागरिकलाई दीर्घजीवन दिन्छ भन्ने कुरालाई मध्यनजर गर्दै आमनागरिकमा सचेतना फैलाउने काम भइरहेको छ। यसै सन्दर्भमा घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष तथा वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक शक्तिराम डागीसग युगबोधकर्मी जे.एन.सागरले गर्नुभएको कुराकानी यहा प्रस्तुत गरिएको छ। –सम्पादक

 

कसरी मनाउदै हुनुहुन्छ विश्व वातावरण दिवस ?

सरसफाइसम्बन्धी विभिन्न कार्यक्रम गरेर विश्व वातावरण दिवस मनाउ“दैछांै। हामीले घोराहीका सडक सरसफाइ, नाला सरसफाइका काम दुई तीनदिन अघिबाटै सरसफाइ गरेर दिवस मनाइरहेका पनि छौं। तर दिवसको अवसर पारेर कार्यक्रम गर्ने भन्दा पनि वातावरण संरक्षण र सन्तुलनमा राख्न उपमहानगर वा कुनै संघ संस्था तथा व्यक्तिले मात्रै गरेर हु“दैन यसमा आम नागरिकहरुको सहभागिता हुनुपर्छ। मुख्य कुरा सरसफाइ र अहिले जुन खालले नदी नालाको अनियन्त्रित दोहन भइरहेको छ यसले वातावरणलाई ठूलो असर गरिरहेको छ। यसलाई रोक्न पनि आमनागरिक सजग हुन जरुरी छ। उपमहानगरले वातावरण संरक्षणका लागि नियमित सचेतनालगायतका कार्यक्रम गरिरहेको छ।

प्लाष्टिकमुक्त अभियान सेलायो त ?

त्यसो होइन। अझै चुस्त दुरुस्त बनाउने योजना बनाइरहेका छौं। खासगरी वातावरण तथा विपत व्यवस्थापन महाशाखाभित्र वातावरण र विपत व्यवस्थापनका शाखाहरु पनि छन्। कर्मचारी अभावका कारणले केही काम गर्न समस्या परेको हो। समायोजनपछि समस्या हल भएको छ। वातावरण सन्तुलन त राष्ट्रिय समस्या नै हो तर अबको एक वर्षभित्र हामीले वातावरणीय सरसफाइमा स्वच्छता कायम गर्छौं भन्ने आशा छ। हामीले सो कार्यक्रमलाई सफल बनाउन उपमहानगरको नीति कार्यक्रममै राखेर अघि बढ्ने सोचमा छौं। अर्को कुरा प्लाष्टिकका सामग्री, कपडा तथा सिसाजन्य वस्तुहरुको उचित व्यवस्थापन गर्ने, फोहोरलाई मोहरमा बदल्ने र फोहोरबाटै बायोग्या“स उत्पादन गर्न काम अघि बढाइएको छ। मेरो आग्रह के छ भने हामीले सरसफाइ व्यवस्थापन, वातावरण संरक्षणका कुरा दिवसका सन्दर्भमा मात्रै भन्दा पनि यसलाई हाम्रो सभ्यतास“ग जोडन जरुरी छ। प्रतिष्ठा र नैतिकतास“ग पनि जोडन जरुरी छ। जहा“ खायो त्यहीं फाल्ने, खोलानालालाई प्रदूषण गराउने, रुख विरुवालाई अनधिकृतरुपमा कटान गर्ने, अतिक्रमण गर्ने खालको प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी छ र घोराही उपमहानगरपालिकाले यस्ता गतिविधिलाई निरुत्साहित गर्नेगरी काम गरिरहेको छ। यस वर्ष वृक्षारोपणको कार्यक्रमलाई पनि हामी व्यवस्थित गर्छौं। तुलसीपुर चोकदेखि ट्राफिकसम्मको सडकमा ग्रीन बेल्ट निर्माण गरिदैछ। यस्तै तुलसीपुरचोकदेखि दामोदर रोडसम्मको न्यूरोडमा पनि ग्रीन वेल्ट बन्दैछ। पार्कहरुलाई अलि व्यवस्थित गराउछांै। ड्यामहरु व्यवस्थितरुपमा बनिरहेका छन्। वातावरण संरक्षणमा ड्यामहरुको केही न केही भूमिका रहन्छ। खोलानालालाई प्रदूषण हुन नदिन अभियान नै सञ्चालन गर्ने योजना बनाएका छौं।

योजना छन् तर काम कहिले हुन्छ ?

योजना स“गस“गै काम पनि भइरहेको छ। यात्रुहरुले गरेको फोहोर र त्यो फोहोरलाई लगेर खोलानालाहरुमा फालिदिने तथा सडकमै जथाभावी फाल्ने क्रम रोक्न राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिलाई आग्रह गरेका छौं। समितिका अध्यक्ष सुरेश हमालले घोराही उपमहानगरको आग्रहलाई सहर्ष स्वीकार गरी कामलाई अघि बढाउ“छांै पनि भन्नुभएको छ। खासगरी राप्ती समितिले बसका चलानी र टिकटमै फोहोर जथाभावी नफाल्न आग्रह गरिएका सन्देश राख्छौं र गाडीमा पनि डस्टविन राख्छौं भनेर प्रतिबद्धता जनाउनुभएको छ। त्यसैले सबै संघ संस्थाहरुको सहकार्य, समन्वय र सबै नागरिकको उत्साहपूर्ण सहयोग र साथ पनि पाइएको छ। घोराही उपमहानगरलाई वातावरणीयरुपमा नमूना बनाउ“छौं भन्ने ऊर्जा मिलेको छ।

अभियान मात्रै हो कि नीति कानुन बनाएर काम गर्नुहुन्छ ?

उपमहानगरले थुप्रै अभियानहरु चलाएको बारे यहा“हरु विदितै हुनुहुन्छ। ती अभियानलाई सार्थक बनाउनका लागि आवश्यक नीति निर्माण पनि गरेको छ। कार्यविधिहरु बनेका छन्। शाखा मात्र नभइ सिंगो कार्यपालिका, प्रमुख÷उपप्रमुखहरु पनि लाग्नु भएको छ। फोहोरमैला कार्यविधि २०७४ बनाइसकेका थियौं र पहिलो संशोधन कार्यविधि २०७५ बनाएका छौं। आवश्यक प¥यो भने फेरि संशोधन गरौंला। अर्को कुरा वातावरणीय कार्यविधि बनाउने चरणमा पनि छौं। विपत व्यवस्थापन ऐन बनाएका छौं। त्यो विपत व्यवस्थापन ऐनले के परिकल्पना गरेको छ भने कम्तिमा खोलानालाको छेउमा गएर वस्ती बसाल्न हु“दैन र वस्ती बस्यो भने खोला प्रदूषण हुन्छ र वातावरण बिग्रिन्छ भन्ने कुरा छ। यथार्थ पनि त्यही हो। खोलाको छेउमा वस्ती बस्दा जोखिम पनि हुन्छ र खोलानालालाई प्रदूषण गरिरहेको हुन्छ। सोझै ढलहरु खोलामा मिसाउ“दाखेरी पानीमा रहने जीवहरु नष्ट हुने र वस्तीभन्दा तलका मानिसहरुले फेरि त्यही फोहोर पानीको प्रयोग गर्दा समस्या हुनेमा मात्रै होइन वातावरणीय हिसावले पनि उत्तिकै समस्या आउने हुन्छ। त्यसैले यी सबै कुरालाई व्यवस्थित गर्ने काम गरिरहेका छौं।

खोलाको छेउमा वस्ती त अहिले पनि देखिन्छन्, बनेका नीति, विधिको कार्यान्वयन कति भइरहेको छ ?

मूल नीति राजनीति हो। त्यो नीति हामीले बनाउने हो। मूल नीतिको कार्यान्वयन कर्मचारीहरुले गर्ने हो । कर्मचारी र जनप्रतिनिधिको इच्छा ठूलो कुरा हो। इच्छा भयो भने काम जहा“, जसरी पनि हुन्छ। यतिबेला म आशावादी छु। शाखाका कर्मचारीहरु पनि त्यही हिसावले लाग्नुभएको छ। हामीले त्यसलाई नीति बनाएरै अघि बढेका छौं। त्यसकारण यो वर्ष खडेरी बढ्ने र आगलागी हुने समस्या उपमहानगरमा पनि देखियो। आगलागी न्यूनीकरण गर्नुपर्छ है भनेर तथ्यांक संकलन गर्ने काम गरेका छौं। एउटा वडामा कतिवटा खरका छाना भएका घर छन् ? एउटा वडामा खोलाका छेउमा रहेका वस्ती र घरधुरी कति छन् ? पहिरोको जोखिममा रहेका वस्ती कति छन् ? यी तीन किसिमको तथ्यांक संकलनका लागि परिपत्र गरिएको छ। तथ्यांक आउने क्रम जारी छ। आउ“दो नीति, कार्यक्रम र बजेटमा सम्बोधन गर्ने तयारी भइरहेको छ। अति जोखिम वस्ती र अति गरिबका घर खरका छानोमुक्त गर्ने काम हामीले गर्दैछौं।

हरितनगर पनि हराएजस्तो छ ?

एक घर एक विरुवाको अभियान अहिले पनि जारी छ। हरेक नगरवासीहरुले वृक्षारोपण गरिरहनुभएको छ। यो निरन्तर चल्नेछ। जन्मदिन वा त्यस्तै महत्वपूर्ण कार्य गर्दा एक व्यक्तिले एक विरुवा रोप्ने कार्यलाई पनि निरन्तरता दिनुपर्छ। हामीले यस्ता कार्यक्रमलाई कसरी प्रोत्साहन गर्न सक्छौ भन्नेतर्फ लागेकै छौं। हामीले आमनागरिकलाई अनुरोध गरेका छौं। नागरिकमा पनि हामी प्रत्येकले एउटा विरुवा रोप्नुपर्छ भन्ने चेतनाको विकास भइसकेको छ। अहिले त विरुवाका लागि सम्बन्धित टोल विकास संस्थाहरुबाट वृक्षारोपणका लागि माग भइरहेको अवस्था छ। त्यसैले हरित नगरको अभियान चलिरहेको छ र धेरै काम पनि भएका छन्। हरितनगरको लक्ष पूरा गर्न नजिक–नजिक पुगेका छौं जस्तो लागेको छ। हामीले प्रत्येक वर्ष विरुवा रोपेकै छौं। यो वर्ष पनि कुनै क्षेत्रलाई फलफूल पकेट क्षेत्रको रुपमा पनि विकास गर्र्छांै भनेका छौं। त्यसका लागि यस्तो चाहना राख्ने कुनै सामुदायिक वन र समूहहरुलाई सहयोग गर्न हामी तयार छौं। समुदायस्तरबाट पनि त्यो काम भइरहेको छ। जिल्लाका सञ्चार माध्यमबाट पनि सोहीअनुसारको चासो, चिन्ता छ । यसले पनि कामलाई निरन्तरता दिइरहेको छ।

फोहोर व्यवस्थापन पनि अभियानकै रुपमा चलाउनुभएको छ, कत्तिको सहज छ ?

बाहिर फोहोर देखिने र वातावरण बिगार्ने भनेको हाम्रा खराव आनीबानीका कारणले हो। जसले जहा“ खायो, त्यहीं फाल्ने बानीको अन्त्य हुन जरुरी छ। यो चुनौतीको विषय हो। आफूले गरेको फोहोर आफैले व्यवस्थापन गर्दाखेरी आफ्नो ओहोदा घट्छ र पदीय दायित्व गिर्छ भन्ने प्रवृत्ति देखिन्छ भने त्यसले विकासलाई अवरुद्ध गर्छ। त्यसकारण यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न सबै लाग्न जरुरी छ। फोहोर व्यवस्थापन गर्ने भनेको आफैले गरेको फोहोरको व्यवस्थापन आफै गर्ने पनि हो। त्यो दायित्व मेरै हो भन्ने सम्झिने यो कुराको विकास हुदै गयो भने चुनौती छैन। चुनौती कहा“ छ त भन्दा आफूले गरेको फोहोरको व्यवस्था अर्काले गरिदेओस्। म त ठूलो मान्छे भन्ने प्रवृत्ति नै चुनौतीको विषय हो। फोहर गर्दा ठूलो र त्यही फोहोर व्यवस्थापन गर्दा सानो मान्छे भन्ने ह“ुदैन। यही प्रवृत्तिले जरा गाडेको छ। तथापि जरा उखेलिन थालेको छ। अब ती मान्छेहरुलाई फोहोरीको रुपमा चिनाउने काम गरिन्छ। आफूले गरेको फोहोर आफै व्यवस्थापन गर्छ। जुन टोलमा फोहोर व्यवस्थापनमा उत्कृष्ट कार्य भएको हुन्छ। व्यवस्थापन सहीढंगले गरेको हुन्छ। ती टोलका मान्छेहरु नै सभ्य मान्छे हुन्। ती मान्छेहरु नै प्रतिष्ठित मान्छे हुन्। ती समुदायनै सभ्य समुदायका मान्छेहरु हुन् भन्ने कुराको विकास भएको छ। यसले बाध्यकारी पनि बनाएको छ र यसले अबका दिनमा आउने चुनौतीको सामना गर्न सहज छ भन्ने हामीलाई लागेको छ।

पानीका स्रोतमा सिधै केमिकल मिसिएका ढल मिसाउने काम रोकिएला ?

यसका लागि दीर्घकालीन योजना चाहिन्छ। यसमा स्वयं नागरिकले मैले कस्तो खाले ढललाई कस्तो ठाउ“मा व्यवस्थापन गर्ने, मैले आफूले गरेको फोहर वा ढललाई आफै व्यवस्थापन गर्दा समृद्ध शहर बन्छ। सरकार आएर मात्रै शहर समृद्ध हु“दैन। अझ भन्ने हो भने सरकार म आफै हो। मैले नै गर्नुपर्छ भन्ने धारणाको विकास गर्न जरुरी छ भने अर्को कुरा भनेको ठूलो ढललाई प्रविधिको प्रयोग गरेर पुनःप्रयोगका लागि सदुपयोग गर्न सकिन्छ। त्यसका लागि ढल निकास विभाग काठमाडौंले गत वर्ष यहा“को निरीक्षण गरेर गएको हो। परिणाम आउन सकेको छैन। उसैले केही कार्यक्रम ल्याउ“छ कि भनेर हामीले आफ्नै कार्यक्रम ल्याएका छैनौं। ढल निकास विभागले कार्यक्रम आउने कुनै संकेत देखाएन भने अर्कोवर्ष उपमहानगरको तर्फबाट पनि सोच्नैपर्छ।

ठूला उद्योगबाट हुने प्रदूषण नियन्त्रण गर्न के गर्नुभएको छ ?

ठूला उद्योगले गर्ने प्रदूषणका कारण नागरिकमा हुने नोक्सानका विषयमा स्वयं उद्योगीले ख्याल पु¥याउनुपर्छ। नागरिक स्वास्थ्यमा ध्यान दिनेछु भनेर सरकारस“ग सम्झौता गरेका कुराहरु हुबहु लागु गर्नुपर्छ। सरकारसग गरिएका लिखित सम्झौतालाई हुबहु लागु गर्न सकियो भने समस्या आउ“दैन। म उद्योगी व्यवसायीहरुलाई अनुरोध गर्न चाहन्छु। सरकारसग गरिएका सम्झौता हुबहु लागु गर्नुस्। उद्योगमा उत्पन्न हुने फोहोर त्यही बिसर्जन गरिनुपर्छ। फोहोर व्यवस्थापनमा सबैको साथ सहयोग र काम भयो भने सुन्दर नगर निर्माण गर्न सक्छांै। यसमा भएको साथ सहयोगलाई थप बढाउ“दै अघि बढौं भन्ने उपमहानगरको अपिल पनि छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top