Free songs
Home / फिचर समाचार / सेतो सुन फलाउँँदै किसान

सेतो सुन फलाउँँदै किसान

 

दशरथ घिमिरे

देउखुरी । धादिङबाट रेशम (सेतो सुन) को खेती गर्न चार वर्षअघि देउखुरी झर्नु भएको थियो महेश अधिकारी। १० विगाह जग्गाबाट उहाले रेशम कीराको खेती शुरु गर्नुभएको थियो। अहिले गढवा गाउ“पालिका–४ हडैयामा रेशम खेती ४५ विगाहमा पुगेको छ।

एकजना व्यक्तिको पहलबाट शुरु भएको रेशम खेती गर्न यहा“ मात्रै छवटा कृषि फार्म खुलेका छन्। अहिलेसम्म ४५ विगाह जग्गामा रेशम खेती गरिएको हो। आउ“दो वर्ष यो खेती गर्ने किसानको संख्या र जग्गाको क्षेत्रफल दुबै थपिने छ।

गढवा गाउ“पालिकाले गढवादेखि कालाकाटेसम्मको क्षेत्रलाई रेशम मार्ग बनाउने योजना बनाएको छ। कृषि क्षेत्रमा युवावर्गलाई आकर्षित गर्न र यस पेशामा टिकाउन रेशम खेती उत्तम विकल्प बन्न थालेको छ। रामलक्ष्मण तेलीले दुई विगाह जग्गामा रेशम कीराको लागि चाहिने किम्बुको खेती गर्नुभएको थियो। अहिले किम्बुको खेती चार विगाहमा फैलिएको छ।

‘महेश अधिकारीले गर्नुभएको रेशमको खेती देखेर शुरु गरेको हु। अहिले तालिम समेत प्राप्त गरिसकेको छु’– उहाले भन्नुभयो– ‘मकै हुने जग्गामा रेशम उत्पादन गर्न किम्बु खेती गरेको छु।’

नेपालमा प्रतिवर्ष अर्बौं रुपैया“को रेशम धागो नेपाल भित्रिने गरेको छ। विदेशबाट आयात हुने धागोलाई प्रतिस्थापन गर्न सक्ने गरी नेपालमा रेशमको खेती फैलन आवश्यक रहेको रेशम खेतीका विज्ञ मानसिंह थापाले बताउनुभयो। ‘धान, चामल, दाल, तरकारी आयात भएको मात्रै सरकारले रेकर्ड सार्वजनिक गर्छ तर रेशम धागो आयात भएको रेकर्ड सार्वजनिक हु“दैन’– उहा“ले भन्नुभयो– ‘चीन र भारतबाट हरेक वर्ष अर्बौंको रेशम धागो हाम्रो देशमा आयात हुन्छ।’

रेशम धागो, कोकुन दुबै चिजको बजार राम्रो रहेको छ। विदेशमा समेत निर्यात गर्न सकिने थापाले बताउनुभयो। सरकारले रेशम खेतीको लागि अनुदान र प्रोत्साहनको कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता छ तर अनुदानलाई हेरेर गरिने कृषि कार्यलाई निरुत्साहित गर्नुपर्ने देखिन्छ।

कीरा घर र सिआरसी घरको लागि अनुदान

रेशम खेतीको लागि प्रदेश सरकारले प्रोत्साहन प्रदान गरेको छ। कृषि ज्ञान केन्द्रमार्फत गढवा–४ मा रहेको रेशम खेती फार्ममा ११ लाख ५० हजारको अनुदानमा कीरा घर निर्माण हु“दैछ। यस्तै पा“च लाखको लागतमा कीराबाट अण्डा निकाल्ने घर बनाउन पा“च लाख अनुदान प्रदान गरेको कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतले जानकारी दिनुभयो।

रेशम खेतीको लागि स्थलगत तालिम

कृषि ज्ञान केन्द्र दाङले रेशम खेतीको लागि तीनदिने स्थलगत तालिम सञ्चालन गरेको छ। तालिम सोमवार समापन गरिएको छ। नमूना रेशम खेती कृषि फार्मका अध्यक्ष रामलक्ष्मण तेलीको अध्यक्षता तथा कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रशिक्षक मानसिंह थापा, पत्रकार दशरथ घिमिरे, सहभागी सुमन पौडेललगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो। कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक अशोक शर्माले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो। तालिममा ३० जना किसानको सहभागिता थियो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top