Free songs
Home / समाचार / संक्षिप्त समाचार / सिलाइकटाइ मुढा बुनाइ तालिम शुरु

सिलाइकटाइ मुढा बुनाइ तालिम शुरु

 

विकास ओली

घो र ाही। प्रधानमन्त्री रोजगार कार्यक्रमस“गै प्रदेश सरकार, वन वातावरण र उद्योग मन्त्रालयको आर्थिक सहयोग र उत्पीडित सामुदायिक विकास केन्द्र रुकुम पश्चिमको प्राविधिक सहयोगमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत ६५ दिने सिलाइकटाइ र ४५ दिने मुढा बुनाई तालिम त्रिवेणी गाउ“पालिकाको ६ नम्बर वडा कार्यालय बिताडा“डामा शुरु भएको छ।

तालिम उद्घाटन गर्दै प्रमुख अतिथि त्रिवेणी गाउ“पालिका–६ का अध्यक्ष राजेन्द्र पुनले सहभागीहरुलाई आफूले सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गर्न र अरुलाई पनि सिकाउन अनुरोध गर्नुभयो।

तालिममा वडा नं. ३ र वडा नं. ६ का जनजाति, दलित र अन्य अशक्त तथा निम्नवर्गीय परिवारका महिलाहरुको सहभागिता छ। आर्थिक स्थिति कमजोर भएका ब्यक्तिहरुको आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले तालिम आयोजना गरिएको उत्पीडित सामुदायिक विकास केन्द्र शाखा कार्यालय रुकुम पश्चिमका अध्यक्ष्ँ खड्क वस्त्राकारले बताउनुभयो।

उहा“ले बेरोजगार र गरिबी कम गर्न विभिन्न किसिमका तालिम आवश्यक रहेको बताउनुभयो। सिलाइ कटाइ तालिमका प्रशिक्षकमा चाहना परियार र मुढा बुनाइ तालिमको प्रशिक्षकमा टीका परियार रहनुभएको छ।

तालिमका सहजकर्तामा आशा बोहोरा र निमा बस्नेत रहनुभएको छ भने उद्घाटन कार्यक्रमको सहजीकरण जिल्ला कार्यक्रम संयोजक टेकबहादुर विकले गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top