Free songs
Home / विचार / वातावरण बचाउन “¥याली फर ग्रीनभ्याली”

वातावरण बचाउन “¥याली फर ग्रीनभ्याली”

रमेशकुमार अधिकारी

मानिसले अभूतपूर्वरुपमा भौतिक विकास गर्दै अघि बढेका कारण त्यसबाट वातावरणमा असन्तुलन वा विचलन हुन थालेकोे महसुस भएपछि विसांै शताब्दीको अन्ततिर विश्वको ध्यान वातावरणका विषयमा केन्द्रित भएको हो। जलवायु परिवर्तनको असरले पृथ्वी तात्दै गएको वैज्ञानिक तथ्य सार्वजनिक भएपछि त्यसको सिधा प्रहार मानवलगायत सम्पूर्ण प्राणी जगतमा पर्ने निष्कर्षका साथवातावरणलाई थप बिग्रन नदिन र जलवायु परिवर्तन अनुकूलनका उपायहरु अवलम्बन गर्न संयुक्त राष्ट्र संघको समन्वयमा अहिले विश्वभर प्रयास भइरहेका छन्।

विश्वव्यापीरुपमा वातावरणमा देखापरेको नकारात्मक प्रबृत्ति र स्थानीय स्तरका क्रियाकलापले थप्ने जोखिमबाट यस धर्तीको जुनसुकै ठाउ“ पनि प्रभावित हुने निश्चित छ। नेपाल जस्ता अति कम विकसित मुलुकका लागि गरिवीस“गको लडाइ“ चलिरहेको अवस्थामा वातावरण जोगाउने लडाइ“ थपिनआएको छ। त्यसैले आउदा दिनहरु अत्यन्तै मेहनत गर्नुपर्ने देखिन्छन्।

दाङ उपत्यका वातावरण सन्तुलनका दृष्टिले उच्च जोखिममा पर्दै गएको छ। पछिल्लो तथ्याङ्कअनुसार देशका विभिन्न सात शहरमा वायु प्रदूषण बढेको छ। यसमा दाङ पनि पर्दछ। दाङमा दुई दशमलब पा“च माइक्रोनको वायुको स्तर ८७ पीपीएम (पार्ट पर मिलियन) पुगेको छ। सरकारले श्वासप्रश्वासका लागि योग्य वायुको गुणस्तर ४० पीपीएम तोकेको छ। त्यसैले दाङको वायु श्वास प्रश्वासका लागि अयोग्य छ। यद्यपि वर्षातको समयमा वायु प्रदूषणको जोखिम कम हुने अटकल गर्न सकिन्छ।

दाङमा वातावरणीय जोखिमका बारेमा चर्चा गर्दा यसका धेरै कारण देखा पर्दछन्। तीनलाई संक्षेपमा यस प्रकार उल्लेख गर्न सकिन्छ। दाङमा सिमेण्ट फ्याक्ट्री सञ्चालनमा आएपछि दाङको वातावरण दीर्घकालीनरुपले जोखिममा परेको छ। पूर्व, पश्चिम र मध्य दाङमा सिमेण्ट फ्याक्ट्रीको अवस्थितिले कटौरा आकारको दाङ धुवा“ र धुलोले सधै भरिने अवस्था सिर्जना भएको छ। यद्यपि फ्याक्ट्रीबाट धुलो र धुवा“को वैज्ञानिक व्यवस्थापनको बन्दोबस्त गरिएकै होला र प्रदूषण व्यवस्थापन पनि भइरहेको होला। तर दङालीको मनोविज्ञानमा सिमेण्ट फ्याक्ट्रीबाट उत्सर्जन हुने प्रदूषणको त्रास सधै रही रहनेछ। किनकि औद्योगिक रसायनको बहुआयामिक असरको परिणति दीर्घकालमा मात्र थाहा हुनेछ।

सिमेण्ट उद्योगले प्रयोग गर्ने कच्चापदार्थ चून ढुंगाको दोहन कार्य दाङ उपत्यकाको उत्तरतर्फ रहेका महाभारत श्रृंखलामा पर्ने पहाडहरुमा भइरहेको छ। उत्खनन स्थलको धुलो र उत्खनन तथा ढुवानीमा प्रयोग भइरहेका भारी उपकरणहरुको कारणबाट पनि प्रदूषण उत्सर्जन भइरहेको छ। उत्खननले त प्राकृतिक सुन्दरता समेत कुरुपबन्दै गइरहेको छ। रोल्पा जिल्लाको रुण्टीगढी गाउ“पालिकाको मुडुले लेक (जहा“बाट दाङ उपत्यकाको अत्यन्त मनमोहक दृश्य देखिन्छ) लाई पनि कच्चा पदार्थ उत्खननबाट कुरुप बनाउन लागेको भनेर स्थानीय जनताले उत्खननको विरोध गर्दै आएका छन्।

घोराही र तुलसीपुरमा शहरको विस्तार र जनसंख्या बृद्धि हु“दै गएको छ। नारायणपुर, दूधराश, विजौरी, हापुरेलगायतका राजमार्ग आसपासमा शहरीकरण तीब्र भएका छन्। उपत्यकाका भित्री वस्तीहरुमा पनि जनसंख्या बृद्धि र निर्माण कार्यको उच्च चाप छ। यसरी जनसंख्याको चाप बढ्दै जा“दा दैनिक फोहर उत्पादनको परिमाण पनि बढ्दै गएको छ। निर्माण कार्यको असर समेतले गर्दा वातावरणमा चुनौती थप भइरहेको छ।

सरकारी तथा निजी तवरमा भौतिक पूर्वाधार निर्माणका काम जारी छन् र झन पछि झन बढ्दै जाने निश्चित छ। शहरहरु बैज्ञानिक र व्यवस्थित रुपले विस्तार नभएका कारण हावाको बहाव, पानीको रिचार्ज र ढलको प्रबन्ध बेवास्तामा परेका छन्। एक प्रकारले जमिन कंक्रिटको जंगल बनिरहेको छ। यसले पनि वातावरणलाई प्रदूषित बनाइरहेको छ र बनाउ“दै जानेछ।

तीब्र निर्माणका कारण ढुंगा बालुवा गिट्टीको माग उच्च रहेका छ। नदी तथा खोलाबाट ढुंगा बालुवा निकाल्ने काम अत्यन्त बढेको छ। जसले गर्दा नदीहरुबाट पनि प्रदूषण बढिरहेको छ र पानीको सतह गहिरिदैछ। खेतीपातीमा मात्रा नमिलाएर जथाभावी रासायनिक मलखाद प्रयोग भइरहेको छ। छिटो बजारमा बिक्री गर्ने लोभले तरकारी तथा फलफूलमा विषादीको प्रयोग बढिरहेको छ। यसले पनि वातावरण विषाक्त बनाइरहेको छ। दाङ उपत्यकामा गुड्ने सवारी साधनको संख्या दिनदिनै बढिरहेको छ। गाडीबाट निस्कने विषालु धुवा“ले वायु प्रदूषण बढाइरहेको छ। गर्मी याममाजङ्गलमा लाग्ने वन डढेलोले पनि वायु प्रदूषण बढाइरहेको छ। गाउ“घरमा परम्परागत चुल्हाकोे प्रयोग भइरहेकाले दाउरा बाल्दा निस्कने धुवा“ पनि वायुमण्डलमा मिसिएर वायु प्रदूषणमा सघाइरहेको छ। पछिल्लो समयमा दाङमा इ“टा उद्योग फस्टाउ“दै गएकाले चिम्नीबाट निस्कासित धुवा“ र इ“टा बनाउदा उड्ने धुलोले पनि वायुमण्डल प्रदूषित भइरहेको छ।

निजी स्तरमा लगाएका रुखहरु कटान गर्दै बिक्री गर्ने चलन पछिल्ला वर्षहरुमा तीब्र भएको छ। यसले वनको सघनता घटाएको छ। अक्सिजन प्रदायक हरिया बोट विरुवा मासिदै गएका छन्। यसले पनि वातावरणलाई धरापतर्फ धकेल्दैछ।

मानिसका लागि हावा र पानी प्राण शक्ति हुन्। अक्सिजन विना मानिस बढीमा चारदेखि छ मिनट मात्र बा“च्न सक्छ। यसैगरी पानीविना मानिस बढीमा सात दिन बा“च्न सक्छ। हावा र पानीबिनाको जीवन कल्पना गर्न सकिदैन। प्राण शक्तिको रुपमा रहेका हावा र पानी प्रदूषित हु“दै जानुको अर्थ हाम्रो जीवन गम्भीर जोखिममा पर्दै जानु हो। मानव स्वास्थ्य सङ्कटमा पर्दै जानु हो। दाङमा पानीको उपलब्धता समेत सीमित हु“दै गएको छ। हिउ“दमा नदी तथा खोलामा पानी बग्न छाडेका छन्। बर्खामा बग्ने औसत पानी पनि घटेको छ। भूमिगत जलस्रोतको तह पनि पातलिदैछ। त्यसैले भविष्यमा दाङमा पानीको शुद्धता र उपलब्धता घट्दै जाने निश्चित छ। हावाको शुद्धता पनि घट्दै जाने निश्चित छ। किनकि धुलो धुवाको मिश्रण अझ बढ्ने निश्चित छ।

दाङमा नसर्ने रोगको चाप बढ्दै गएको पाइएको छ। क्यान्सर, मुटु, मिर्गौला, दम, उच्च रक्तचाप, मधुमेह, थाइराइडका रोगीहरुको संख्या बढिरहेको छ। यसको मूल कारण हावापानी प्रदूषणको प्रत्यक्ष र अप्रत्यक्ष असरले नै हो भन्न सकिन्छ। वातावरण संरक्षणमा ध्यान दिएर प्रदूषण घटाउन नसक्ने हो भने आउ“दा दिनमा स्वास्थ्यको जोखिम अझ उच्च हुनेछ। दाङमा उल्लेख गरिएका हावा र पानी प्रदूषणका कारणहरु जे  जति औंल्याइएको छ ती विस्थापित हुने सम्भावना छैन। सिमेन्ट फ्याक्ट्री अझ बढ्दै जाने सुनिएको छ। त्यसैले भविस्य अझ जोखिमपूर्ण छ। तसर्थ दाङलाई मानव बसोबासयोग्य बनाईराख्न बृहत् कदम चाल्न जरुरी भइसकेको छ।

वातावरण बचाउन घोराही उप–महानगरपालिका, तुलसीपुर उप–महानगरपालिकालगायत सबै पालिकाहरु, वातावरणस“ग सम्बन्धित आयोजना÷परियोजनाले प्रयास गरिरहेका छन्। घोराही उपमहानगरपालिकाको ताल निर्माण तथा संरक्षण कार्यक्रम प्रशंसनीय छ तर यी प्रयासहरु अफरमा आकर्षक भए पनि कभरमा पर्याप्त छैनन्। समुदायको ठूलो हिस्सा वातावरणको संवेदनशीलताप्रति जानकार र जोगाउन तत्पर भइसकेको अवस्था छैन। तसर्थ बृहत् प्रयासको आवश्यकता छ।

बृहत् प्रयासको सन्दर्भमा दाङ उपत्यकाको एकीकृत योजना बनाएर सबैको सहभागितामा निरन्तर प्रयास गरिरहन आवश्यक छ। यस निमित्त सचेतना– तयारी– कार्यान्वयन– खुशी (अबेरनेस– रेडिनेस– बिजिनेस– ह्याप्पीनेस) को दर्शनबाट अघि बढ्न उपयुक्त हुन्छ। प्रस्तुत दर्शनबाट निर्दिष्ट भएर काम गर्दा सर्वप्रथम नागरिक तहसम्म सचेतना पु¥याउनुपर्दछ। वातावरणको विषयलाई साझा एजेण्डाको रुपमा समुदायमा स्थापित गर्नुपर्दछ। यो चरणमा मानव जीवनमा वातावरणको महत्व, वातावरण बिग्रदा मानव जीवनमा पर्ने असर, वातावरण विगार्ने कारकहरु र उपचारका उपायहरु बारेको आधारभूत तथ्य, सूचना र ज्ञान समुदायमा पु¥याएर समुदायलाई सजग, सचेत र सक्रिय बनाउन सक्नु पर्दछ।
वातावरणको भौगोलिक सीमा हु“दैन। यसले धनी र गरिवको विभेद पनि गर्दैन। त्यसैले स्थानीय स्तरमा समेत वातावरणको बिग्रदो अवस्थालाई हरेक दङालीले आफूप्रतिको चेतावनीको रुपमा स्वीकार गरेर वातावरण बचाउ अभियानमा योगदान पु¥याउन बाञ्छनीय छ। हराभरा दाङ उपत्यका (ग्रीनभ्याली) नै अन्तिम लक्ष बन्नुपर्छ। यस क्रममा आमसचेतना (मास अवेरनेस) का लागि पहिलो एकीकृत बृहत् प्रयासको रुपमा ‘¥याली फर ग्रीन भ्याली’ को आयोजना गर्न उपयुक्त हुन्छ।

¥यालीलाई घोराही उपमहानगरपालिकाको बर्गदुवा– कुइरेपानीको बीचमा पर्ने बबई नदीबाट शुरु गरेर घोराही–तुलसीपुर–सुर्खेत सडक ह“ुदै बबई गाउ“पालिकाको पुरन्धारामा पुगेर घोषणपत्र जारी गर्दै समापन गर्नु ठीक हुन्छ। रेडिनेश, विजिनेशको मार्गचित्र सोही घोषणपत्रले समेट्नुपर्दछ। ¥यालीमा निर्वाचित जनप्रतिनिधिहरु, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, सरकारी कार्यालयका कर्मचारीहरु, सुरक्षा जवानहरु, उपत्यकास्थित शैक्षिक संस्थाका प्रधानाध्यापक, शिक्षक र विद्यार्र्थीहरु, नागरिक समाज, उद्योग, यातायात, निर्माण, व्यापार तथा व्यवसाय क्षेत्रका व्यक्तिहरु, कलाकार तथा खेलाडीहरु, सञ्चारकर्मीहरु, टोल विकास संस्थाका पदाधिकारीहरु र सर्वसाधारण नागरिकहरु सहभागी हुने व्यवस्था गर्न उचित हुन्छ।

मुख्य कुरा जनप्रतिनिधिहरुको प्राथमिकतामा यो विषय पर्नुपर्छ। स्थानीय तहका पदाधिकारीहरुको संयुक्त बैठक बसेर आयोजक समितिको गठन, कार्यविधि तर्जुमा, कार्यक्रम निर्धारण र स्रोत व्यवस्थापनसम्बन्धी निर्णय गर्दै अघि बढ्न सकिन्छ । वातावरण विषयका जानकार तथा अनुभवी व्यक्ति तथा संस्थाहरुले यस विषयमा उचित परामर्श दिन अग्रसर बन्नुपर्दछ। आशा गरौ यस वर्षको विश्व वातावरण दिवसले स्वस्थ भविष्यका लागि वातावरण बचाउन केही गरांै भन्ने भावना जगाउनेछ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top