Free songs
Home / समाचार / संक्षिप्त समाचार / फूलवारीमा एम्बुलेन्स हस्तान्तरण

फूलवारीमा एम्बुलेन्स हस्तान्तरण

युगबोध समाचारदाता

तुलसीपुर। तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको एम्बुलेन्स वडा नम्वर १३ फूलबारीलाई हस्तान्तरण गरेको छ।

सबैको पहु“चमा सर्वसुलभ स्वास्थ्य सेवा पु¥याउने उद्देश्यअनुसार एम्बुलेन्स हस्तान्तरण गरिएको स्वास्थ्य शाखा प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिनुभयो। शाखा प्रमुख दाहालका अनुसार हस्तान्तरण गरिएको एम्बुलेन्स वडाले आफ्नै मातहतबाट सञ्चालन गर्नेछ। विकट वडालाई लक्षित गरेर उपमहानगरपालिकाले तीनवटा वडामा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। उपमहानगरपालिकाले यो भन्दा अगाडि वडा नम्वर १ र १९ मा एम्बुलेन्स हस्तान्तरण गरिसकेको छ। वडामा सर्वसुलभ दरमा एम्बुलेन्स सेवा सञ्चालन हुने भएपछि स्थानीयवासीहरु खुशी भएका छन्।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख घनश्याम पाण्डेले स्वस्थ रहन पाउने जनताको अधिकार रक्षाका लागि एम्बुलेन्स हस्तान्तरण गरिएको बताउनुभयो। उहा“ले एम्बुलेन्समा सुत्केरी, अपांगता भएका र ज्येष्ठ नागरिकलाई ५० प्रतिशतसम्म छुट दिएको जानकारी दिनुभयो। कार्यक्रममा वडाध्यक्ष डम्बर न्यौपानेले एम्बुलेन्स बुझ्दै विकट वडालाई लक्षित गरेर उपमहानगरपालिकाले एम्बुलेन्स हस्तान्तरण गरेकोमा खुशी व्यक्त गर्नुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top