Free songs
Home / समाचार / संक्षिप्त समाचार / ढकिया बुनेर आयआर्जनमा महिला

ढकिया बुनेर आयआर्जनमा महिला

शिवराज पन्थी

गढवा। देउखुरीको गढवा गाउपालिका वडा नं. ३ गोवरडिहाकी दुर्गाकुमारी चौधरीले ढकिया बुनेर आयआर्जनमा लाग्नुभएको छ।

‘हामीले बुनेका ढकियाहरु काठमाडौं, पोखरालगायत देश विदेशमा समेत निकासी हुने गरेका छन्’– चौधरीले भन्नुभयो। ढकियाहरु बुनेर प्रशस्त आम्दानी गरी आयआर्जनको बाटोमा लागेको उहा“को भनाइ छ। दुर्गाले जस्तै सोही ठाउ निवासी मञ्जु चौधरीले पनि ढकिया बुनेर देश विदेशमा पठाउन सफल भएको बताउनुभयो। ‘हामीले बुनेका ढकिया नेपालका विभिन्न ठाउ, नेपाल प्रज्ञा प्रतिष्ठानको ललितकला केन्द्र र विदेशमा पनि पुग्ने गरेका छन् । ढकिया बुनेर एकातर्फ आयआर्जनको बाटो भएको छ भने कैयौं ठाउ“मा सम्मान पाइएको छ। त्यसैले आफूले गर्ने कामप्रति सन्तुष्टि छ’– उहाले भन्नुभयो।

‘गढवा गाउ“पालिका वडा नं.– ६ ले १५ दिनदेखि ढकिया बुनाई तालिम राख्यो। त्यसमा प्रशिक्षक बनेर तालिम चलाउन पाइयो। एकातर्फ आम्दानी अर्कोतर्फ सम्मान’– प्रशिक्षक दुर्गाकुमारी चौधरीले भन्नुभयो। त्यसो त १५ दिने ढकिया बुनाइ तालिममा सहभागी महिलाहरुले पनि नौ दिनमै ढकिया तयार गर्न सफल भएको बताए। ‘हामीले पहिलो पटक ढकिया बुनाइ तालिममा भाग लियौं । शुरुमा सकिन्न कि जस्तो लाग्यो । तर नौ दिनमै ढकिया बुन्न सफल भयौं’– तालिममा सहभागी सुशीला चौधरीले भन्नुभयो। उहा“ले जस्तै तालिमका सहभागी सबैले प्रशिक्षक दुर्गाले जस्तै ब्यावसायिक बनेर काम गर्ने प्रतिबद्धता जनाए।

गढवा गाउपालिका वडा नं. ६ को वार्षिक स्वीकृत बजेटबाट १५ दिने ढकिया बुनाइ तालिम आयोजना गरिएको वडाध्यक्ष बालचन्द्र हमालले बताउनुभयो।

उपभोक्ता समितिका अध्यक्ष मानु कुमालको अध्यक्षता र वडा नं. ६ का अध्यक्ष बालचन्द्र हमालको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा बोल्दै अध्यक्ष हमालले सिकेको सीप आयआर्जनमा लगाउन आह्वान गर्दै सीप सिकाउ“दा बजेटको सही सदुपयोग भएको बताउनुभयो।

कार्यक्रममा नवस्वर्गद्वारी महिला सहकारी संस्थाका अध्यक्ष रेखा थापा, उपाध्यक्ष रामकुमारी यादव, प्रशिक्षक दुर्गा चौधरी, पत्रकारहरु शिवराज पन्थी, दुःखहरण यादव र सहभागी सुशीला चौधरीलगायतले बोल्नुभएको थियो। कार्यक्रमको सञ्चालन कृष्णलता चौधरीले गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top