Free songs
Home / फिचर समाचार / डाँडामा पानी उक्लिने भएपछि गिठेपानीवासी दंग

डाँडामा पानी उक्लिने भएपछि गिठेपानीवासी दंग

 गोविन्द खड्का

घोराही। वस्तीको सिरानीमा घरै पिच्छे एकजना मान्छे जम्मा भए। सबैभन्दा अग्लो देखिने त्यो थुम्कोमा कतिपय घरका दुई तीनजनासम्म भेला भएका थिए। त्यसरी जमघट गराउन उर्दी जारी गरिएको थिएन। खोलाको पानी टाकुरामा जाने योजनाको खुशीले स्वतस्फुर्त उपस्थिति जनाए।

महिला पुरुषको ठूलो संख्या जम्मा भएको देखेपछि बृहत सिंचाई डिभिजन कार्यालय तुलसीपुरका प्रमुख डिई रमेशराज शर्मा झस्किनुभयो– ‘यत्रो मान्छे किन जम्मा गर्नुभएको हो ?’ समितिका पदाधिकारीतर्फ इंगित गर्दै थप्नुभयो– ‘केही विवाद भएर भेला गर्नुभएको हो र ?’ उहा“ले शंका गर्नुको कारण बिहानै जम्मा भएको अपेक्षा भन्दा धेरैको जनसंख्या थियो।

बृहत सिंचाई डिभिजन कार्यालयले गत वर्षदेखि घोराही उपमहानगरपालिका– १८ गिठेपानीमा ड्याम बनाएर ठूलै योजना अघि सारेको छ। ड्यामको पानी तानेर वस्तीको सिरानमा लैजाने र त्यसैबाट सिंचाईका लागि वितरण गर्ने योजना छ। प्रतिघर पा“च सात मिनेटको पालो लगाएर त्यस भेगका वासिन्दाले खानेपानी बा“डीचु“डी गर्छन्। ठूला पाटाहरु हिउ“दमा सुख्खा गाई बाख्रा चर्ने गर्छन्। यति बेलाका योजनाले हिउ“दमा सिंचाई गर्ने र हराभरा बनाउने भनेपछि स्थानीय दंग छन्।

‘समाजलाई उपलब्धि हुन्छ भने हामी जमिन दिन तयार छौं’– स्थानीय मित्र घर्ती र प्रेम विकले निःशुल्क जमिन उपलब्ध गराउनुभयो। आफ्नो पाखो हिउ“दमा हरियाली देखिन्छ भन्ने आशामा दाताद्वय हुनुहुन्छ। त्यसस“गै आफ्नो बारीमा सिंचाईको पाइप बिच्छ्याउन धेरै आतुर छन्। केही तुच्छ स्वार्थ भएका सामाजिक काम नरुचाउने बाहेक सबै उत्साहित छन्।

योजना सफल भयो भने आगामी वर्ष अहिलेको जस्तो जमिन सुख्खा नहुने ड्याम समितिले जनाएको छ। आफ्नो केही जमिन ड्यामको डुबानमा पर्दा पनि दुःखी नभएका अध्यक्ष मनप्रसाद श्रेष्ठ निरन्तर खटिरहनुभएको छ। विकास निर्माणले ठाउ“को विकास हुने भन्दै सदस्य हिमकला खत्री पनि अहोरात्र खट्नुभएको छ। समितिको खटाइ र स्थानीयको सहयोगले पाइप बिछ्याउन लाइन खन्ने काम चलिरहेको छ। डोजरले पाइपलाइन खन्दैछ।

दुई करोड १३ लाखमा योजना सम्पन्न हुने समितिका सचिव दिनेश ओलीले जानकारी दिनुभयो। आफ्नो बारी नभए पनि अर्गानिक तरकारी उत्पादन, गाउ“ वस्तीमा स्वरोजगार सिर्जना र ठाउ“को विकास हुने भएकाले पूरा समय ड्याममा दिएको ओलीले बताउनुभयो। उहा“का अनुसार सर्वे गर्दा चार सय घरको ४० हेक्टर जमिन सिंचित हुने अनुमान गरिएको छ। केही टोलहरु पोखरी विरोधी भएकाले उनीहरुले सिंचाई नगर्ने हुन् कि भन्ने अनुमान छ। सिंचाई सुविधा चाहिन्न भने पनि बा“की प्रशस्तै जमिन रहेको ओलीले बताउनुभयो। योजना सम्पन्न भएपछि आगामी वर्ष गिठेपानी हराभरा र समृद्ध हुनेछ। टंकी बनाउने स्थान छनोटका लागि पुग्नुभएका भयारस्थान टोलका कोषाध्यक्ष युगराज पोख्रेलले सबैले उत्सवको रुपमा मनाउने दिन ड्यामले सिर्जन गर्ने भएकाले सबैले साथ दिन आग्रह गर्नुभयो।

घोराही उपमहानगरपालिकाले सानो ड्याम बनाउन खोजेको क्षेत्रमा वडाध्यक्ष भरतमणि अर्याल, घोराही उपमहानगरपालिकाका वातावरण तथा विपत् व्यवस्थापन समितिका संयोजक शक्तिराम डा“गी लगायतको पहलमा बृहत योजना परेको थियो। त्यस क्षेत्रको सुख्खा मौसममा हुने चिस्यानले दुई वर्षअघि लोभिएका घोराही उपमहानगरपालिकाका इञ्जिनियर रामधन श्रेष्ठ, तत्कालीन वातावरण शाखा प्रमुख सुबोध रेग्मीलगायतले विशेष चासो राख्नुभएको थियो। कुवा खन्न नमिल्ने क्षेत्रमा सिंचाई सुविधा भनेपछि स्थानीय दंग परेका छन्। त्यही खुशीका लागि निर्माणाधीन ठाउ“मा जम्मा हुन्छन्।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top