Free songs
Home / विचार / जलवायु परिवर्तन : कारण, असर र समाधान

जलवायु परिवर्तन : कारण, असर र समाधान

तेजकिरण ओली

सामान्यतया जलवायु परिवर्तन भन्नाले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा मानवीय क्रियाकलापस“ग सम्बन्धित भइ विश्व वायुमण्डलीय संरचनामा परिवर्तन गर्न र तुलनात्मक समयावधिभित्र प्राकृतिकरुपमा परीक्षण भएको जलवायुलाई जनाउ“छ। मानव जीवनमा भइ रहेका विभिन्न क्रियाकलापका कारण पृथ्वीमा हरितगृह ग्यॉस उत्सर्जन बढ्न गई पृथ्वीको औषत तापक्रम वृद्धि भइ वातावरणीय अवस्थामा परिवर्तन भइरहन्छ।

हामी विकास र समृद्धिको युगमा रहेकाले विभिन्न विकास निर्माणका गतिविधिहरु पनि तीब्रगतिमा सञ्चालन भइरहेका छन्। तीब्र गतिमा भइरहेको विकास निर्माण कार्य र बढ्दो औद्योगिक विकास निर्माणका कारण पृथ्वीमा हरितगृह ग्या“स जस्तै कार्वनडाइअक्साइड, मिथेन, सल्फर डाइअक्साइड, क्लोरोफ्लोरो कार्बन आदि जस्ता हानिकारक ग्या“सहरु वायुमण्डलको तहमा मिलेर बसेका हुन्छन्। यस्ता तत्वहरु बढ्दो मात्रामा भएकाले पृथ्वीको सतहको तापक्रम वर्षेनि बृद्धि हु“दै गएका छन्। जसलाई विश्व तापक्रम बृद्धि भनिन्छ। र,  विश्व तापक्रम वृद्धिका कारणले जलवायु परिवर्तनको समस्या देखा परेको छ। सन् १९६० को दशकतिर पृथ्वीको तापक्रमको बृद्धि नाप्न शुरु गरिएको हो।

अन्तर्राष्ट्रिय मौसम वर्ष सन् २०१० का अनुसार पृथ्वीको तापक्रम औषत भन्दा ०.५३ सेन्टिग्रेटले बृद्धि भइरहेका तथ्य छ। नेपालको वर्षेनि ०.०६ डिग्री सेल्सियसको दरले तापक्रम बढेको अनुमान छ भने सन् २०३० सम्म नेपालको तापक्रम १.७ से बढ्ने अनुमान गरिएको छ। विश्व मौसम संगठन (ध्यचमि mभतचययिनष्अब ियचनबलष्शबतष्यल) ले हरितगृह ग्या“ससम्बन्धी आफ्नो वार्षिक बुलेटिनमा हरितगृह ग्या“सको मात्रा बढ्ने क्रम घट्ने सङ्केत नदेखिएको जनाएको छ। सन् २०१७ मा कार्बन डाइअक्साइडको मात्रा ४०५ पीपीएम पुग्यो। यो मात्रा पृथ्वीको वातावरणमा विगत ३०–५० लाख वर्षमा कहिल्यै पुगेको थिएन। यस्तै विविध तथ्यांकहरु विश्लेषण गर्दा हामी जलवायु परिवर्तन को एकदमै जोखिम अवस्थामा छौं। हामीले समयमै सजगता नअपनाउने हो भने हाम्रो भावी पिढीका लागि ठूलै समस्या निम्तिन सक्छ।

खासगरी जलवायु परिवर्तनको मार बढी पर्ने हाम्रोजस्तै विकासोन्मुख मुलुकमा हो। विकासोन्मुख मुलुकमा जलवायु परिवर्तनको असर धेरै देखिनुको मुख्य कारण आर्थिक स्रोतको अभाव, पर्याप्त दक्ष जनशक्तिको अभाव, समयसापेक्ष जलवायु परिवर्तनबारे नीति, नियम, रणनीतिहरु नहुने यसको मुख्य समस्या हो। यहा“ प्रशस्तै मात्रामा जलवायु परिवर्तनका असरहरु हामीले भोगिरहेका छौं। हाम्रो जस्ता भौगोलिक विविधताले भरिपूर्ण देशमा हिमालै हिमालले ढाकेको छ। ती हिमालहरु पग्लने र खुम्चिने क्रम बढेको छ। हिमतालहरु विस्तारै पग्लदैछन्। वर्षा अनियमित मात्रामा भइदिनाले ठूलो मात्रामा जनधनको क्षति भइरहेका समाचार हामीले सुनिरहन्छांै।
तराई र पहाडी जिल्लाहरुमा ठूलो मात्रामा किसानले लगाएको बालीनालीमा क्षति गरेर खाद्य सङ्कट उत्पन्न भइरहेको छ। तराईका जिल्लाहरुमा अत्यधिक मात्रामा मौसममा उथलपुथल भइदिनाले जनजीवन अस्तव्यस्त भइरहेको हामीले भोगिरहेका छौं। तीब्र गतिमा जलवायु परिवर्तन भइरहेको खण्डमा पृथ्वी जीवजन्तुको बासस्थानको लागि योग्य नहुने, प्राकृतिक प्रकोपको खतरा झन् बढ्ने । हिउ“ पग्लेर हिमतालहरू फुट्न सक्ने, विभिन्न रोगको संक्रमण अझै बढ्न सक्ने, ऋतुहरूको समय हेरफेर हुनेजस्ता समस्या आउन सक्छन्। पृथ्वीका धेरै ठाउ“ मरुभूमिमा परिणत हुन सक्छन्।

जलवायु परिवर्तनको असर विशेष गरी हिमाली क्षेत्रमा पनि देखिन थालेको छ। नेपालमा करिब २३२३ वटा हिमतालमध्ये धेरै जलवायु परिवर्तनको नकारात्मक प्रभावले गर्दा फुट्न सक्ने अधिकतम जोखिममा छन्। वि.सं २०६६ मा हुम्ला जिल्लाको हल्जी क्षेत्रमा ताक्सो हिमताल फुटेर आउ“दा बाढीको प्रकोप भएको थियो। तापक्रम बृद्धिले खुम्बु हिमनदीमा क्रमिक विचलन देखापरेको छ। इसिमोडले गरेको अध्ययनअनुसार उक्त हिमनदीबाट प्रतिवर्ष औसत ६५ फिट खस्किदै गएको छ। हिमाली क्षेत्रमा बसोबास गर्ने जनताको जीवनस्तरमा विभिन्न समस्याहरु हुन् थालेका छन्

समुन्द्रको सतह बढ्न गइ होचा स्थानहरुमा भएका राष्ट्रहरु डुबानमा पर्न सक्ने खतरा पनि जलवायु परिवर्तनको कारणले बढेको छ। मौसममा आएको परिवर्तनले गर्दा समयमा पानी नपर्नाले उत्पादनमा कमी, विभिन्न सरुवा रोगहरुको प्रकोप बढ्न गएको छ । पृथ्वीको सौन्दर्य बिस्तारै संकटमा पर्न थालेको, जीवजन्तुका लागि योग्य वासस्थानको अभाव हुनु, औद्योगिकीकरण तथा यातायात क्षेत्रमा खनिज इन्धनको व्यापक प्रयोग एवं वन विनाशको कारण हरितगृह ग्या“सको अत्यधिक उत्सर्जनबाट जलवायु परिवर्तनमा तीब्रता आएको छ। यी असरहरु जलवायु परिवर्तनको कारणले मानवय जीवनमा देखा पर्दै गएका छन्।

भखरै तराईको बारा जिल्लामा केही दिन अगाडि मात्र शक्तिशाली टोर्नाडो देखियो। धेरैको संख्यामा मानवीय क्षति हुनुका साथसाथै आर्थिक र भौतिक संरचना पूर्णरुपमा क्षति भयो। यस्तै केही समयअघि अफ्रिकन मुलुक मोजाम्बिकमा केन्नेथ नामक साइक्लोन आयो। विश्वमा यस्ता मौसमी परिवर्तन भइरहन्छन्। जलवायु परिवर्तनमा यस्ता नया“–नया“ असर विश्वमा देखिरहन्छन्। जसलाई जलवायु परिवर्तनको भाषामा ‘स्ट्रेलिङ इभेन्ट’ भनिन्छ। जुन पहिले नभोगिएका र अचानक देखिएका असर हुन्। यस्ता नया“ असरहरु धेरै देखिन्छन्। ठूलो मात्रामा धनजनको क्षति पु¥याउनु का साथै विनाश निम्त्याउ“छन्।

हामीले सर्वप्रथम उचित नीति नियमहरु बनाइ जलवायु परिवर्तन न्यूनीकरणका लागि पहल कदमीहरु चाल्नु जरुरी छ। दक्ष जनशक्ति र आर्थिक पाटो पनि उतिकै महत्वपूर्ण छ। जलवायु परिवर्तनबाट भएका आर्थिक प्रभाव मूल्यांकन गरिएको एक अध्ययनले कृषि, जलविद्युत र जल उत्पन्न प्रकोप क्षेत्रमा वार्षिक कुल गार्हस्थ उत्पादनको १.५ देखि दुई प्रतिशतसम्म असर पुगेको देखाएको छ। जलवायु परिवर्तनबारे लामो समयदेखि अनुसन्धान गरिरहेका विज्ञहरु भन्छन्– ‘सन् २०५० देखि जलवायु परिवर्तनले गर्दा हुने प्रतिकूल अवस्थाले कुल गार्हस्थ उत्पादनमा तीन प्रतिशतका दरले नोक्सान हुने देखिन्छ।’

जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नका लागि हामीले विभिन्न रणनीतिहरु अवलम्बन गर्न सक्छौं। जस्तै हामीले हरितगृह ग्या“सको स्रोतको कटौती गर्नुपर्छ। जलवायु परिवर्तनले जोखिममा रहेको समुदाय, व्यक्ति, परिवारको सम्भावित नोक्सानी कम होस् भनेर विभिन्न विकास निर्माणका कामहरु गर्न जरुरी छ। हामीले दिगो विकास निर्माणका कुराहरुलाई अवलम्बन गरेर मात्र अगाडि बढ्नु जरुरी छ। वातावरणीय प्रभाव मूल्यांकनको फ्रेममा रहेर मात्र विकासलाई दिगो विकासमा जोड्न सकियो भने हामी सोचे अनुसारको लक्षमा पुग्न सक्छौ।

हामीले यी मुख्य कुराहरु अवलम्बन गर्न सकियो भने केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ। यसका लागि समुदायका मानिसहरुले सचेत भई अगाडि बढ्न जरुरी छ।

वि.सं. २०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललेको सन्दर्भमा पा“च हजार पा“च सय ४४ मिटर अग्लो कालापत्थरमा मन्त्रिपरिषद् बैठक गरेका थिए। यसको मुख्य उद्देश्य हिमाली समुदायमा परेको जलवायु परिवर्तनका असरहरुबारे विश्व समुदायलाई सचेत गराउनु थियो। केही हिमाली भेगमा जलवायु परिवर्तनबारे जनचेतनामूलक सन्देश फैलाउनु थियो। जलवायु परिवर्तनबारे नेपालले पनि केही कदमहरु सञ्चालन गरे पनि सोचेअनुसारको प्रगति गर्न सकिएको छैन।

माल्दिभ्सले समुद्रभित्र ग¥यो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट जलवायु परिवर्तन न्यूनीकरणका लागि केही कदमहरु चाले पनि सोचेअनुसारको गति लिन सकेको देखिदैन। आवश्यक नीति नियमहरु बनाई प्राविधिक तथा आर्थिकरुपमा पनि बलियो रुपमा अगाडि बढी कार्यान्वयनमा लाग्नु अपरिहार्य छ। आगामी पुस्ताको सुन्दर भविष्यको लागि हामीले आजै केही कदमहरु चाल्नु जरुरी छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top