Free songs
Home / विचार / सम्झना र श्रद्धाको अर्थ

सम्झना र श्रद्धाको अर्थ

डा.अमर गिरी

जेठ ३ र ६ मा मदन भण्डारी, जीवराज आश्रित एवं नेत्रलाल अभागीको सम्झना गरियो। भण्डारी र आश्रित २०५० सालमा दासढुंगामा भएको जीप दुर्घटनामा मारिएका थिए। अभागीको निधन ०४१ सालमा उच्च रक्तचापका कारण भएको थियो। उनी त्यस बेला भूमिगत थिए। दाङबाट देउखुरी जा“दै गर्दा बाटामै उच्च रक्तचापको शिकार भएका थिए। दासढुंगामा भएको दुर्घटना रहस्यमय थियो। अहिले पनि त्यो रहस्यकै रुपमा रहेको छ। रहस्यको उद्घाटन कहिले हुन्छ, यसै भन्न सकिन्न। यी तीनैजना नेताहरु पूरा जीवन बा“च्न र काम गर्न नपाई हामीबीचबाट विदा भएका थिए।

मदन भण्डारी पार्टीका महासचिव र वैचारिक नेता थिए। आफ्नो पार्टीलाई वैचारिकरुपमा नया“ दिशा दिने कार्य उनीबाट भएको थियो। जनताको बहुदलीय जनवाद उनीबाटै अगाडि सारिएको थियो। नेपालको कम्युनिष्ट आन्दोलनमा यो नया“ दृष्टिकोण थियो। विश्वको बदलिएको परिस्थिति, विश्वव्यापीरुपमा कम्युनिष्ट आन्दोलनले खाएको धक्का, नेपालको आफ्नै विशिष्टताको मसिनो विश्लेषण गरेर यस विचारलाई अगाडि सारिएको थियो। समग्रमा भन्नुपर्दा जनताको बहुदलीय जनवाद कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणको दृष्टिकोण थियो। समयक्रममा एमालेले जनताको बहुदलीय जनवादलाई पार्टीको मार्ग निर्देशक सिद्धान्त बनायो। नेपालको कम्युनिष्ट आन्दोलनको तत्कालीन अवस्थामा यस विचारलाई अघि सार्न त्यति सजिलो थिएन। भण्डारीका ठाउ“मा अर्को कुनै नेता हुन्थ्यो भने सायदै यो सम्भव हुन्थ्यो। भण्डारी प्रचुर राजनीतिक साहस भएका नेता थिए। तिखो सैद्धान्तिक आलोचनाका बीच पनि उनले जबजलाई स्थापित गरे। उनको नेतृत्वमा पार्टीले लोकप्रियता प्राप्त ग¥यो। आश्रित कुशल संगठक थिए। यो पंक्तिकारले उनको सांगठनिक क्षमतालाई नजिकबाट नियाल्ने अवसर नपाए पनि उनको सांगठनिक क्षमता, त्यसको प्रभाव र परिणामको मुक्तकण्ठले प्रशंसा गर्ने हजारौं नेता कार्यकर्ता अहिले पनि पार्टीमा छन्। पार्टीको विस्तार गर्न र त्यसलाई बलियो बनाउन उनको विशेष भूमिका रहेको थियो।

नेत्रलाल अभागीले पार्टीको निर्माण, विस्तार र आन्दोलनको विकासमा दिएको योगदान पनि स्मरणीय रहेको छ। अभागी जुझारु र अध्ययनशील नेता थिए। आफ्नो क्षेत्रको कम्युनिष्ट आन्लोलनको विकासमा उनको अझ विशेष योगदान रहेको छ। उनको योगदान प्रगतिवादी साहित्य क्षेत्रमा पनि महत्वपूर्ण मानिन्छ। उनी कवि, समालोचक र भाषा–चिन्तक पनि थिए। मदन भण्डारी स्वयं पनि राम्रा कवि थिए। यी तीन व्यक्तित्वहरु नेपालको कम्युनिष्ट आन्दोलनका अथक यात्रीहरु हुन् ।  यिनमा मदन भण्डारीको योगदान सबैभन्दा विशिष्ट रहेको छ। भण्डारीको निधन भएको यति लामो समय बितिसक्दा पनि नेपालको कम्युनिष्ट आन्दोलनमा उनी जत्तिको लोकप्रिय व्यक्तित्वको निर्माण अझै हुन सकेको छैन। व्यक्तित्वहरुको स्मरण गर्नुका दुईवटा महत्वपूर्ण पक्ष हुन्छन्। पहिलो पक्ष उनीहरुले आफ्नो क्षेत्रमा दिएको योगदान हो। व्यक्तिलाई दिइने जस, उसको प्रशंसा, उसप्रतिको सम्मान इतिहासमा उसले दिएको योगदानस“ग जोडिन्छ। भण्डारी, आश्रित र अभागीले नेपालको कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन महत्वपूर्ण योगदान दिएका छन्। उनीहरुको योगदानलाई एकातिर पन्छाएर आजको नेपालको कम्युनिष्ट आन्दोनको चर्चा सम्भव छैन । आज मुलुकमा जे जस्तो परिवर्तन भएको छ त्यसमा उनीहरुको पनि ऐतिहासिक भूमिका रहेको छ। इतिहासलाई श्रृंखलामा हेरिन्छ। यसका कडीहरु वर्तमान र भविष्यस“ग जोडिन्छन्। जोडिदै गएर एक नया“ परिघटना अगाडि आउ“छ। परिवर्तन हुन्छ। इतिहासमा परिवर्तनका निम्ति संघर्ष गरेका हजारौं होइन लाखौं मानिसहरुकै कारण ऐतिहासिक परिवर्तन सम्भव भएको हो। भण्डारी, आश्रित र अभागीहरुको त्याग र बलिदान, उनीहरुको श्रम र साहस पनि आजको परिवर्तनको आधारका रुपमा रहेको छ।

सम्मानको अर्को महत्वपूर्ण पक्ष आदर्श अनुरुप जिउने जीवन हो। मानिसहरुमा प्रायः भनाइ र गराइमा अन्तर भेटिन्छ। शब्द एउटा कर्म अर्को, सिद्धान्त एकातिर व्यवहार अर्कातिर जस्ता असंगतिहरु आन्दोलनको अगुवाइ गर्नेहरुमा पाइन्छ। यसबाट आन्दोलनले बाटो नै बिराउने खतरा पनि हुन्छ। शब्द र कर्म वा सिद्धान्त र व्यवहार एक–अर्कास“ग अन्तरसम्बन्धित हुन्छन्। यी दुबैलाई छुट्याएर हेर्न सकिन्न। सिद्धान्त मात्र व्यवहारमा जा“चिन्न, ब्यक्ति पनि जा“चिन्छ। दृष्टान्तका निम्ति कम्युनिष्ट नेतालाई न विलासी बन्ने छुट हुन्छ न त आस्तिक बन्ने। शोषित उत्पीडित जनताको मुक्तिका निम्ति समस्त विभेदहरुका विरुद्ध संघर्ष गर्ने कम्युनिष्ट भोगी, विलासी बन्न सक्दैन, हु“दैन। बन्छ भने त्यो कम्युनिष्ट हुन सक्दैन। ऊ व्यक्तिगत स्वार्थ र फाइदाहरुबाट माथि उठ्नुपर्छ, सामूहिक हितलाई केन्द्रमा राख्नुपर्छ। सबै प्रकारका विसंगति र विकृतिका विरुद्ध उभिनुपर्छ। कम्युनिष्ट मूल्यलाई ग्रहण गरेर नै सा“चो कम्युनिष्ट भइन्छ। त्यस्तो व्यक्ति नै प्रेरक र मार्गदर्शक बन्छ। मानिसहरुले त्यस्तै व्यक्तिलाई पछ्याउ“छन् र आदर गर्छन्। त्यस्ताहरुकै नैतिक बलमा आन्दोलन बा“च्छ र अघि बढ्छ। इमानदारिता, नैतिकता, त्याग, सरलता, संवेदनशीलता, हार्दिकता, निर्भीकता, साहस, सामूहिकता आदि कम्युनिष्टहरुमा हुनुपर्ने आवश्यक गुणहरु हुन्। कम्युनिष्टहरु वर्गीय प्रेमलाई महत्व दिन्छन् र एक नया“ समाज निर्माणका पक्षमा उभिन्छन्। भण्डारी, आश्रित र अभागी यस दृष्टिले हाम्रा निम्ति अनुकरणीय र प्रेरक रहेका छन्। उनीहरुप्रति देखिने श्रद्धा, सम्मान र आस्था उनीहरुले दिएको योगदानस“ग मात्र होइन उनीहरुको यस पक्षस“ग पनि जोडिएको छ। शब्द र कर्मका बीचमा दूरी हुन्थ्यो भने उनीहरुबाट महत्वपूर्ण योगदान पनि सम्भव थिएन। उनीहरुको यति आदर र सम्मान पनि गरिने थिएन।

उनीहरु आज पनि हाम्रा निम्ति सान्दर्भिक छन्। हामी इतिहासको अत्यन्त महत्वपूर्ण कालखण्डमा उभिएका छौं। समयले कम्युनिष्टहरुको का“धमा ऐतिहासिक जिम्मेवारी सुम्पिएको छ। यो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न सक्दा परिवर्तनलाई पूर्णता प्रदान गर्न सकिन् छ। नया“ नेपालको निर्माण हुन् छ। परिवर्तनको रक्षा गर्दै अघिल्तिर बढ्ने कुरा विचारधारास“ग जोडिएको छ। यसले नै सबै कुराको फैसला गर्छ। गलत विचारधारात्मक जगमा उभिएर कहीं पुगिन्न, कोही पुगेको छैन। मदन भण्डारीको राजनीतिक वैचारिक जीवनले यही भन्छ। उनले सिद्धान्त जीवनका निम्ति हुनुपर्छ भने। यो कुरा उनले व्यवहारवादी होइन एउटा कम्युनिष्ट भएर भने। जडसूत्रवादको विरुद्धको संघर्ष र सिद्धान्तको सिर्जनात्मक प्रयोगका सन्दर्भमा भने। आज सिद्धान्तलाई कम महत्व दिने प्रवृत्तिको विकास भएको छ। अन्त होइन कम्युनिष्ट आन्दोलनभित्रै समस्या छ। हामी कस्तो आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक परिवर्तन चाहन्छौं भन्ने कुरा विचारधारास“ग जोडिएको छ।
हामी कस्तो समाजवाद चाहन्छौं ? यो हाम्रो राजनीतिक यात्राको सम्भवतः सबैभन्दा महत्वपूर्ण प्रश्न हो। समाजवादको कुरा त धेरैले गर्छन् । यसभित्र डेमोक्रेटहरुको ठूलै संख्या पर्छ। विचारधाराको दुनिया“मा थरिथरिका समाजवाद छन्। समाजवाद भनेर मात्र हुन्न, त्यो परिभाषित हुनुपर्छ। माक्र्सवाद सम्मत हुनुपर्छ। यति मात्र होइन लोकतन्त्रसम्बन्धी हाम्रो दृष्टिकोणलाई माक्र्सवादअनुरुप समृद्ध गर्दै अघि बढ्नुपर्छ। समाजवादी लोकतन्त्रका बारेमा गम्भीर चर्चा नै भएको छैन। लोकतन्त्र र पू“जीवादलाई एउटै सिक्काका दुई पाटाका रुपमा अथ्र्याउन उचित हुन्न भने लोकतन्त्रको समाजवादी मोडेल के हुन्छ भन्ने कुरामा जीवन्त बहस हुनैपर्छ र शान्तिपूर्णरुपबाट समाजवादतर्फको यात्रा कसरी सम्भव छ भन्ने कुरालाई पनि स्पष्ट गर्नुपर्छ। होइन भने पार्टी र आन्दोलन हेर्दाहेर्दै बदलिनेछन्। यो कम्युनिष्ट पार्टीबाट अरु नै भइसक्नेछ। यो भन्दा धेरै राम्रो त अब माक्र्सवाद, लेनिनवादको कुरा गरेर हुन्न, बाटो बदल्नुपर्छ भनेर अघि बढ्नु हुन्छ। यो नै इमानदारिता हुन्छ। सिद्धान्त र व्यवहारको सन्दर्भमा मदन भण्डारीको योगदान अत्यन्त उच्च रहेको छ। सिद्धान्तबाट निर्देशित नहुने वा अंगालेको सिद्धान्तभन्दा बाहिरबाट निर्देशित हुने कुराले आन्दोलनलाई बराल्छ। आज पार्टी आन्दोलन र सरकारमा यो समस्या छ। सरकार कम्युनिष्टको छ, कुरा समाजवादी यात्राको छ तर नवउदारवादी घेराभन्दा बाहिर जान सकिएकै छैन। धनीलाई झन धनी र गरिवलाई झन गरिव बनाएर हुने आर्थिक समृद्धि हाम्रो आर्थिक विकासको मोडेल हुन सक्दैन।

आश्रित र अभागीको जीवनको सैद्धान्तिक वैचारिक बाटोको मात्र होइन नैतिक पक्ष र कम्युनिष्ट मूल्यलाई उनीहरुले दिएको महत्वको सान्दर्भिकता पनि आज बढेको छ। नेकपाले नेतृत्व गरेको आन्दोलनमा मूल्य विघटनको समस्या छ। कम्युनिष्ट आदर्श र नैतिकतामा ह्रास आएको छ। गैरकम्युनिष्ट आचरणको विकास भएको छ। पद, प्रतिष्ठा र पैसालाई मुख्य बनाइदैछ। अवसरका निम्ति जे पनि गर्न तयार हुने प्रवृत्तिको विकास भएको छ। सरल र सामान्य कम्युनिष्ट जीवन दृश्यबाट गायब छ। तस्कर, दलाल र कर्पोरेटहरु सम्मानित हुदैछन्। त्याग, निष्ठा र इमानदारिताको हुर्मत लिइ“दैछ। शब्द र कर्मबीचमा विरोधभास आजको कटु यथार्थ हो। यो आरोप होइन, जीवित सत्य हो। शिरमा अध्यारो बोकेर उज्यालोतिरको यात्रा सम्भव छैन। आफ्ना कमजोरीहरु विरुद्ध नजुझी दियो बाल्न सकिन्न। भण्डारी, आश्रित र अभागीको जीवनले यही भन्छ । उनीहरुबाट सिक्नु र त्यस अनुरुप अघि बढ्नु नै उनीहरुप्रति सा“चो श्रद्धा व्यक्त गर्नु हो। के हामी यस रुपमा अघि बढ्न तयार छौं ? नत्र त सम्झना र श्रद्धाको अर्थ नै के रहन्छ र ?

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top