Free songs
Home / विचार / माग्ने तरिका, थरि–थरिका !

माग्ने तरिका, थरि–थरिका !

नारायणप्रसाद पौडेल

महत्वपूर्ण र चर्चित धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक, प्राकृतिक, पर्यटकीय क्षेत्रलाई मगन्तेरहित बनाउने अभियान चलेको छ, चालिएको छ। स–साना केटाकेटीसहित ठूला बडाले पनि पर्यटकबाट पैसा झार्न पाए हुन्थ्यो भनेर लाग्छन्, धेरै किसिमका बल्छी थापेर बसेका हुन्छन्। बल्छी थपाइ आफैमा माग्नेको पर्यटकलाई झुक्क्याउने झोली हो भन्नेतिर धेरैको ध्यान गएको देखिदैन। पर्यटकले त्यति कुरा पनि बुझ्दैनन् र ? बुझ्छन्। मुसुक्क हा“स्छन् र कुम् उचाल्दै लुसुक्क लस्कन्छन् अगाडि। अनि उनै पर्यटकका पछाडि लागेर नक्सा र फोटाहरु बेच्ने, माला र मूर्तिहरु बेच्ने, औंठी र चित्रहरु बेच्ने, खुकुरी र नेपाली कागजबाट निर्मित सरसामान आदि बेच्नेले झन् बढी सताएका हुन्छन्। उनीहरुको सा“ठगँ“ठ त पथप्रदर्शकदेखि पर्यटकलाई ल्याउने सवारी चालकस“ग पनि रहेको हुन्छ। होटल र हेन्डिलुमवालाको पर्यटक तान्ने तरिकाको अंकुसे कति लामो हुन्छ भने त्यसको टुप्पो विदेशसम्मै पुगेको हुन्छ। ट्राभल एजेन्सीले धरापमा पारेर, नियोजित तरिकाले विरामी बनाएर, हेलिकोप्टरबाट सवारी चलाएर, ट्रेकिङमा गएकालाई महंगा अस्पतालमा उपचार गराउने नाममा सताउने गरेको विषय त छानबिनमै छ। साना मगन्ते ती विचरा बालबालिका र अपाङ्गता भएकाहरु भन्दा लाइन मिलाएर लाखौं लुट्ने त्यस्ता अघोषित डा“काहरु झन् धेरै खतरनाक खालका मगन्ते हुन्।

जुनसुकै मन्दिरमा जा“दा पनि बाहिरतिर झोक्राएर बसेका माग्नेहरुको लाइन देख्न सकिन्छ। तिनीहरुको दारुण अवस्था देखेपछि दया गरेर केही पैसा, चामल, फलफूल, भा“डाकुडा र लत्ता कपडा दान दिने चलन पनि छ हाम्रोमा। धार्मिक परम्परानुसार बाहिरका माग्नेलाई केही खुद्रा पैसा दिने ती जोसुकै भक्त हुन्, भित्र पसेपछि मौन मूर्तिका अगाडि हात जोडेर माग्नेबाहेक अरु केही गर्दैनन्। यतैतिरका गाउ“ शहरका मठमन्दिरमा पुग्ने हुन् वा चारधाम धाउने हुन्, माग्नकै लागि जाने हुन् सबै। मन्दिर बाहिरका यतातिरका माग्नेहरु त इमानदार हुन्, जे दियो, त्यही लिन्छन्। खुशी हुन्छन् र आशीर्वाद पनि दिन्छन्। जय होस् भन्छन् र तपाईं हामीले दिएका दानले बिहान बेलुकाको गर्जो टार्छन्, भोक मेटाउ“छन्। तर भित्र पसेर, पलेटी कसेर, पण्डा र पण्डित बोलाएर, तोकिएको शुल्क तिरेर, तोकिएकै आसनमा बसेर, धूपबत्ती बालेर, ग्रह नक्षत्र हेराएर, पूजा पाठ गराएर, मूक पशुको बलि चढाएर, दान दक्षिणा दिएर वैभव र ऐश्वर्य माग्ने सम्पन्न भिकारीको भु“डी कहिलै भरिन्न, अतृप्त भोक मेटिन्न। जति दिए पनि पुग्दैन। भित्र गएर, पैसा तिरेर, नबोल्ने मूर्तिका अगाडि लम्पसार परेर, लुकेर जे पनि माग्नेलाई सभ्य ठानेर, बाहिर बसेर, बटुवा कुरेर खुल्लम्खुला, हाकाहाकी, सबैले देख्नेगरी माग्नेलाई असभ्य देख्नु कुन सोच र संस्कारको परिचय प¥यो कुन्नि ?

जुनसुकै मन्दिरभित्र गएका भक्तले जे पनि माग्न सक्छन्। वरले बधु र बधुले वर। आश्रयहीनले भर र घर। नेत्रहीनले आ“खा। गायकले भाका। निःसन्तानले सन्तानको वरदान। गरिवले धन। अपमानितले सम्मान। प्रेमीले प्रेमिका र प्रेमिकाले प्रेमी। सुकुम्बासीले भूमि। बेरोजगारले जागिर। स्वदेशको जागिरेले विकसित र सम्पन्न देशको जागिर र ग्रीनकार्ड। नेताले कुर्सी र पद। छोटाले उ“चो कद। व्यापारीले नाफा…. आदि यस्तै–यस्तै धेरै। थोरै दिएर पनि पुग्ने माग्नेहरु त बाहिरका बाटा र बरण्डामा मात्र भेटिन्छन्। त्यति उपद्रो गर्दैनन्, गर्ने हिम्मत हु“दैन। भित्र गएर माग्नेले माग्ने विषय र गर्ने उपद्रोको सीमा हु“दैन। सीमाहीन मगन्तेको समर्थन र गास, बास र कपास माग्नेको विरोध गर्नु उति युक्तिसंगत नहोला। एकबारको चोला बाटा र बरण्डामा बसेर माग्ने रहर तिनीहरुको पनि नहोला। मागेरै जीवन बिताउनपर्दा तिनीहरुका मनभित्र पनि पीरहरुको पोको परेकै होला। विकल्प नभेट्टाएपछिको बाध्यता हो त्यो। नत्र नेपालीले मागेर खान खोज्दैनन् झ्यास्सै। जस्तै परे पनि सहन्छन्, व्यहोर्छन्। जहा“ गए पनि दशनंग्रा खियाउ“छन्, गिट्टी कुट्छन्, सारङ्गी रेट्छन्, भारी बोक्छन्, पसिना बगाउ“छन्, पसिनाकै भरमा जिउछन्। श्रम गर्छन्, भ्रम छर्दैनन्। नेपाली जोगीहरुले पनि जडीबूटी र जन्तर बेचेर, हात हेरेर ज्यान पालेका हुन्छन्। केही पनि नभएका मगन्तेलाई ज्यान जोगाउने विकल्प दिने जिम्मा सरकारको हो। लौरा लगाएर लखेट्नुभन्दा पहिले विकल्प दिदा राम्रै हुन्थ्यो। विकल्प दिदादिदै पनि, उपाय हु“दाहु“दै पनि माग्ने पेशा बनाएर हि“ड्नेहरु, बस विसौनी, गाउ“ र शहर बजारतिर भेटिनेहरु दक्षिणतिरबाट छिरेकाहरु हुन्। तिनैका पछि लागेर, देखासिकी गरेर, यदि यतातिरका मान्छेहरु पनि थोत्रा थाल र कटौरा लिएर हिड्छन् भने दुर्भाग्य हो त्यो। दक्षिणतिर त मगन्तेको पनि ठेक्का हुन्छ, साङ्ग मान्छेलाई पनि अपाङ्ग बनाएर रेल र बस स्टेशन बाहिर विजोग देखाएर राख्ने चलन छ। नेपालमा देख्न÷भेट्न पाइदैन त्यस्तो।

परिवारभित्रैदेखि वल्लो पल्लो घरले गर्ने ऐंचो पैंचो र अर्म पर्मको आदान–प्रदानसहित सरकार, सत्ता र शक्ति माग्नेहरुको लस्करबाहेक केही देखिदैन दुनिया“मा। जता गयो उतै माग्ने बाहेक अरु भेट्न सकिन्न। ओली हुन् वा देउवा, प्रचण्ड हुन् वा प्रकाण्ड, विप्लव हुन् वा बाबुराम, मोहन बैद्य हुन् वा मोहनविक्रम, महन्त हुन् वा उपेन्द्र, सिके हुन् वा टीके सबैका माग हेर्दा र बुझ्दाबुझ्दै जीवन सकिन्छ। तर कसैका पनि माग पूरा हुने हैनन्, छैनन् कहिल्यै पनि। मान्छेको माग्ने बानी बढ्दै गएर देश, परिवेश हु“दै अन्तरीक्षसम्म पुगेको छ। तर पनि पूरा भएको छैन र छन् सबै अधुरा। अमेरिका, युरोप, जापान, चीन, भारत र पाकिस्तानका सम्भव माग भए पो हुन्थ्यो, पुग्थ्यो। असम्भव मागले गर्दा तनाव छ जताततै। प्रचण्डलाई नोबेल पुरस्कार चाहिएको छ। ओलीलाई जयजयकार गर्ने भीड। देउवालाई प्रधानमन्त्रीको कुर्सी। रामचन्द्रलाई नेपाली कांग्रेसको सभापति। कोइराला परिवारलाई पनि कांग्रेसकै लगाम चाहिएको छ। विप्लवलाई सत्ता र सत्तालाई विप्लवको समर्पण। यस्तै माग पूरा गर्नकै लागि जारी छ बन्द र प्रतिबन्धको द्वन्द्व। सत्ता र विपक्षीका घ्राणशक्ति यति तगडा छन् कि दुबैले दुबैका क्रियाकलापमा भेटाउ“छन् विदेशी गन्ध। स्वदेशी सबै दुर्गन्धित र विदेशी मात्रै सुगन्धित लाग्ने पनि माग्ने र दिनेकै करामतले गर्दा हो। दान, अनुदान र प्रोजेक्टका बजेटले हो।

सरकारले लगानी सम्मेलनको आयोजना ग¥यो। उच्चस्तरको माग्ने तरिका हो त्यो पनि। दाताहरु बोलाएर, योजनाहरु देखाएर, विश्वास दिलाएर, विदेशी लगानी झार्नु पनि। आऊ, धन ल्याऊ, लगानी गर, उद्योग खोल, व्यापार गर, नाफा कमाऊ, खाऊ र लैजाऊ भन्नु पनि। वैधानिक सरकारले विधि पु¥याएर माग्दा नराम्रो भन्न मिलेन, मिल्दैन। विधि नपु¥याइकन, धाक धम्की दिएर, अपारदर्शी तरिकाले, लगानीकर्ताहरुस“ग चन्दा माग्दा चन्द आफै आतङ्ककारी घोषित हुन बेर छैन। माग्ने तरिका फरक प¥यो। सत्ता र भत्ताको भण्डारमा उक्लने राजनीतिक बाटोको भ¥याङ उस्तै भए पनि समय र व्यवस्थाको अवस्था फरक प¥यो।

भोट माग्नु, चन्दा माग्नु, पद माग्नु, साथ पनि माग्नु, तर गाथ नमाग्नु, नताक्नु भन्छन्। बात मार्नु, साथ लिनु, भात पनि खानु तर जात नफाल्नु र घात पनि नगर्नु भन्छन्। कुलका छोरा र मूलको पानी माग्ने÷खोज्ने कारण पनि त्यही हो। वर्णशंकर  (हाइब्रिड) को राज छ जताततै। छ्यास्मिस्। राजनीतिक घात र प्रतिघातका खेलले देश आफै पक्षघातले पीडित छ। पक्षपातले निम्त्याएको पक्षघात कालान्तरसम्म रहन्छ। सर्वजनहिताय सम्भव छैन। गौतम बुद्धले पनि बहुजनहिताय भनेका हुन् त्यसैले। लोकतन्त्रमा बहुमतकै राज छ। अल्पमतले पा“च वर्ष कुर्नुपर्छ। पा“च वर्षसम्म धैर्य गर्ने क्षमता गुमिसकेको छ। आरोग्यताका लागि प्राकृतिक र आयुर्वेदिक उपचारभन्दा अंग्रेजी औषधितिर लागेर ज्यान जोखिममा पार्नेहरुको बाहुल्यता बढे झै। नौ÷नौ महिनामा सरकार फेरिदा मन्त्री बनेकाहरु बाहिर पर्दा डुक्रेका छन् सा“ढे झैं। तिनीहरुको माग उही कुर्सी हो। सरकारबाट बाहिर रहनु पर्दा छटपरिएका हुन् पानीविनाका माछा झैं। अनि सरकारभित्रैका पनि मागविहीन छैनन्। तिनीहरुका माग भगवानले पनि पूरा गर्न सक्दैनन्। सर्वशक्तिमान मानिएका, पुजिएका, मानव निर्मित भगवान पनि माग÷चाहना÷इच्छा नभएका हु“दैनन्। भक्त, भजन, कीर्तन, पूजा, प्रचार आदि के के खोज्छन् खोज्छन्। मूर्ति मौन रहे पनि तिनैलाई सजाएर, भजाएर, भ्रम छरेर, प्रवेश शुल्क लगाएर माग्नेहरुले कतिसम्म धन संकलन गरेका छन् भनेर हेर्न मन भए तिरुपति बालाजी, सावरीमलै, जगन्नाथ, रामेश्वरम, द्वारका, हरिद्वार, बनारस आदि ठाउ“का चर्चित मन्दिरमा गए देख्न सकिन्छ। मगाइका तरिका मात्रै फरक हुन्, छन्। माग्ने कामबाट मुक्त कोही पनि छैनन्, हुनै सक्दैनन्। जीव, जन्तु, वनस्पति आदि। प्रकृतिको संस्कृति नै त्यस्तै छ। विकृति त मान्छेले फैलाएको हो। शक्ति, स्वार्थ र अहंकारले।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top