Free songs
Home / फिचर समाचार / भित्रीकोट दरवारमा सडक पुगेपछि स्थानीय खुशी

भित्रीकोट दरवारमा सडक पुगेपछि स्थानीय खुशी

 सागर रिजाल

प्युठान। प्युठानको महत्वपूर्ण पर्यटकीय स्थल भित्रीबोट दरवार हो। यो दरवारमा सडक नपुग्दा निकै समस्या थियो। प्युठान नगरपालिकाले उक्त दरवारमा चालु आर्थिक वर्षको बजेटबाट सडक पु¥याएको छ। पहिलेका वर्ष दरवारनजिक पुगेर रोकिएको सडकमा यसै वर्षको बजेटले सडक निर्माण गरी दरवारमै बाटो पुगेपछि स्थानीयवासी खुशी भएका छन्।

वर्षेनि भित्रीकोटको नाममा बजेट छुट्याउने तर आधा सडक निर्माण गर्दै छोड्ने गरेको शान्ता थापा मगरले बताउनुभयो। विगतका वर्षहरुमा काम गरेको ज्यालासमेत नपाएको थापाले गुनासो गर्नुभयो। यसभन्दा अगाडिका दिनहरुमा कुनै पनि काम पारदर्शी तरीकाले नभएको बताउ“दै केशरी थापाले यस वर्ष मात्र यसरी हिसावकिताव सार्वजनिक गरिएकोले सबै थाहा भएको बताउनुभयो। प्युठान नगरपालिका–४ मा अवस्थित भित्रीकोटलाई पर्यटन प्रवद्र्धन गर्न बाटोको स्तरोन्नतिस“गै पानीको चरम समस्या रहेको हुदा तत्काल खानेपानीको व्यवस्था गरिदिन स्थानीवासीले नगरपालिकास“ग आग्रह गरेका छन्। जिल्लाकै ऐतिहासिक ठाउ“ भित्रीकोटमा ओझेलमा पार्न नहुने स्थानीय टेकबहादुर सुनारले बताउनुभयो।

पुरातात्विक विभागबाट सूचीकृत दरवार

विगतका आर्थिक वर्षहरुमा नया सडक निर्माण भन्दा सडक स्तरोन्नति गर्दै लैजा“दा दरबारमै बाटो नपुगेको प्युठान नगरपालिकाका उपप्रमुख शान्ता आचार्यले बताउनुभयो। विजुवार भौकादेखि छ किलोमिटर टाढा रहेको ऐतिहासिक दरबार भित्रीकोट यसै वर्ष पुरातात्विक विभागबाट सूचीकृत भएको उपप्रमुख आचार्यले बताउनुभयो। खानेपानीको समस्याबाट मुक्त बनाउन प्रदेश सरकारमा सिफारिस समेत गरिएको बताउनुभयो। त्यस्तै प्युठान नगरपालिका–६ लम्छ्याङमा सुनार देवस्थल पदमार्ग निर्माण योजना सम्पन्न भएपछि मान्छेस“गै गाईवस्तु ओहोरदोहोर गर्न सहज भएको स्थानीय उपभोक्ता कलादेवी पुनले खुशी व्यक्त गर्नुभयो। वर्षातको समयमा भल बगेर हि“ड्नै नसक्ने गरी खाडल परेको गोरेटामा अहिले सि“ढीसहित पक्की पदमार्ग भएपछि बालबालिका पनि सहजै ओहोर दोहोर गर्न सक्ने स्थानीयहरुको भनाइ छ। उक्त योजना जनश्रमदानसहित पा“च लाख ३८ हजारमा सम्पन्न भएको छ।

पाच करोड बजेटमा ५७ सडक निर्माण हुदै
प्युठान नगरपालिकाले चालु आर्थिक वर्षमा पुराना र नया“ गरी ५७ वटा सडक निर्माण ह“ुदैछन्। नगरपालिकाका १० वटा वडामै आवश्यकताका आधारमा सडक निर्माण गरिएको नगरपालिकाका उपमेयर शान्ता आचार्यले बताउनुभयो।

सडक निर्माणका लागि प्युठान नगरपालिकाको दुई करोड ६२ लाख ३४ हजार एक सय ४७ र मन्त्रालयकोे समपूरक कोषबाट दुई करोड १५ लाख गरी चार करोड ७७ लाख ३४ हजार एक सय ४७ रुपैया“ बजेट विनियोजन भएको नगरपालिका योजना शाखा अधिकृत बन्दना शाक्यले जानकारी दिनुभयो।

‘पहिलो वर्ष नगरपालिकाले नगर क्षेत्रभित्र धेरै सडक निर्माण गरेको थियो’– आचार्यले भन्नुभयो– ‘बाकी रहेका ठाउमा यस वर्ष पनि सडक निर्माण गरिएको छ।’ यस वर्ष नया“स‘“गै पुरानाको नाली खन्ने, स्तरोन्नतिको काम गरिएको उहाले बताउनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top