Free songs
Home / अन्तर्वार्ता / छाँया सरकार बन्दा आत्तिदैनौं

छाँया सरकार बन्दा आत्तिदैनौं

 

युवराज ज्ञवाली
नेकपाका स्थायी कमिटी सदस्य

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको एक वर्ष पूरा भइसकेको छ। जेठ ३ गते एकताको एक वर्ष पूरा हुँदा एकताप्रक्रियाका धेरैजसो कामहरुको टुंगो लगाउने काम पनि भएका छन्। तथापि अझै पनि पार्टीको पोलिटव्यूरो, सल्लाहकार कमिटी, आयोगहरु र पार्टीका तल्लो तहका कमिटी, जनवर्गीय संगठनका केन्द्रबाहेकका कमिटी निर्माणको काम सिंगै बाँकी छ। यसै सन्दर्भमा पार्टी एकता र सरकार सञ्चालनका विषयमा युगबोधकर्मी जे.एन.सागरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री युवराज ज्ञवालीसँग गर्नुभएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ। –सम्पादक

पार्टीमा जिम्मेवारी बाडफाड कहिले सकिन्छ ?

पार्टी एकीकरणका सवालमा शुरुदेखि नै दुईखालको दृष्टिकोण देखियो। पहिलो दृष्टिकोण पार्टीका दुईवटा अध्यक्षहरुले तोकेका व्यक्तिहरुलाई समावेश गरेर पार्टी एकीकरणलाई टुंग्याउने। किनभने यतिबेला पार्टीका नीतिविधिलाई कोट्याउन सम्भव हु“दैन। त्यसैले दुई अध्यक्षलाई जिम्मेवारी दिएर उहा“हरुले जे निर्णय गर्नुहुन्छ त्यसैलाई मानेर जाने भन्ने थियो। अर्को दृष्टिकोण के आयो भने लाखांैलाख नेता, कार्यकर्ताहरुलाई व्यवस्थापन गर्नुपर्नेछ। केन्द्रदेखि वडासम्म मिलाउनुपर्नेछ। एकीकरण गर्नुपर्नेछ। यस्तो अवस्थामा दुईजना अध्यक्षले मात्रै निर्णय गरेर वा तोकेर हु“दैन। यसबाट पार लाग्दैन। विधि, मापदण्ड बनाउनुपर्छ र विधि नीतिमा टेकेर अघि बढ्दा पार्टीलाई सहज र सफलरुपमा एकीकरण गर्न सकिन्छ भन्ने दृष्टिकोण पनि थियो। यी दुई दृष्टिकोणका बीचमा लामै बहस र विवाद चल्दै आयो। त्यसकारण अली ढिलाइ भयो। जसरी केन्द्रीय कमिटी बन्यो त्यसरी नै विधिमा टेकेर एकीकरण गर्नुपर्छ भन्ने मेरो मान्यता हो। मैले स्थायी कमिटीमा निरन्तर यो कुरा उठाइरहेको छु। जस्तो केपी कमरेड वा प्रचण्ड कमरेड किन अध्यक्ष हुनुभयो त भन्दा साविक एमालेको निर्वाचित अध्यक्ष केपी कमरेड र माओवादी केन्द्रको अध्यक्ष प्रचण्ड भएकै कारणले अहिले उहा“हरु अध्यक्ष हुनुभएको हो। त्यतिबेलाका स्थायी कमिटीका सदस्य र केन्द्रीय सदस्यहरु अहिले पनि एकीकृत पार्टीका तत् तत् पदमा रहनुभएको छ। यही विधि र मापदण्ड तल–तलसम्म पनि लागु गर्नुपर्छ भन्ने कुरामा मैले अडान लिएको हो। बरु छिटोभन्दा छिटो अधिवेशन गरौंला तर पुरानै कमिटीका साथीहरुलाई यथावत राखेर जाने कुरामा साझा सहमति बन्यो र जिल्ला कमिटी पनि निर्माण भयो। अब पोलिटव्यूरोलगायत विभिन्न बा“की विस्तार र जिम्मेवारी पनि एउटा मापदण्डकै आधारमा अघि बढाउनुपर्छ। अहिले पनि एकाध ठाउ“मा विधि मिचिएको छ तर पनि अबका दिनमा बिधिबाटै टुंग्याउनुपर्छ। अब समस्या छैन। छिट्टै टुंगिन्छ।

आफ्ना मान्छे पर्छन् कि पर्दैनन् भन्ने होला ?

जिल्ला कमिटीका सन्दर्भमा एउटा विधि बनाइयो त्यसमा कसका परे कसका परेनन्। मान्छेहरुलाई लाग्ला मेरा, हाम्रा कति परे भन्ने तर मापदण्डले निर्णय भएपछि जसको प¥यो–प¥यो। त्यसलाई मान्नुप¥यो। अब आउने कुरा गर्ने हो भने यति विशाल पार्टीमा व्यक्तिको छनोट व्यक्तिको स्वेच्छामा पार्टी जान दिनुह“ुदैन। यो कम्युनिष्ट सिद्धान्त, मूल्यमान्यता विपरीत कुरा हो। यो सामन्ती परिपाटी हो। सामन्तवादको अवशेष समाजमा, पार्टीमा छ, व्यूरोक्रेशीमा छ,  हामी सबैमा छ र जताततै छ। त्यो अवशेष यस्तै–यस्तै बेला प्रकट हुन्छ। यस्ता कुरामा हामी लाग्नुह“ुदैन। सा“च्चै कम्युनिष्ट भएर चल्ने हो भने यो सवै समस्या हल हुन्छ।

विशाल पार्टी निर्माण हु“दा उत्साह घट्दै गएको देखिन्छ किन ?

निर्वाचनको बेलामा अभूतपूर्व उत्साह थियो। लाखौं कार्यकर्ता खटिएर लागे। त्यसैले नेकपालाई प्रचण्ड बहुमत आयो। नेपाली जनताले नेपाली कम्युनिष्टहरुका लागि गर्ने यहा“ भन्दा धेरै काम केही पनि छैन। अब जिम्मा हाम्रो हातमा छ। नेपाली जनताले कम्युनिष्टहरुका लागि गरिसके। अब जनताको लागि हामीले के गर्ने हो हामीले गम्भीर रुपमा ध्यान दिनुपर्छ र वडादेखि केन्द्रसम्म सरकार सञ्चालन गरिरहेको अवस्थामा सरकारले गरेको कामको प्रतिफल सबभन्दा पहिले कसले पाउनुपर्छ त ? यो सवाल हो अहिलेको। सरकारले गरेको कामको प्रतिफल सबभन्दा पहिले दलाल पू“जीपति वर्गले, नोकरशाह वर्गले पहिलो प्रतिफल पाउने हो या त्यो श्रमजीवी, गरिखाने मान्छेहरुले त्यो प्रतिफल पाउने हो सवाल अब यहा“नेर छ। हामीले बनाउने नियम कानुनबाट, हामीले गर्ने निर्णयबाट, हामीले बनाएका योजनाहरु, तलदेखि माथिसम्म विनियोजन गरिएको बजेटबाट फाइदा कसले पाउ“छ ? यो गम्भीर सवाल हामीसामु छ। यदि हुनेखानेहरुले नै यसको प्रतिफल पाउने हो भने त पञ्चायत कालमा पनि उनीहरुले नै पाइरहेका थिए। लामो बहुदलीयकालमा पनि उनीहरुले नै खाइरहेका थिए। नेपाली कांग्रेसको पालामा पनि तिनीहरुले नै खाइरहेका थिए, अहिले कम्युनिष्ट पार्टीको ठूलो बहुमत आउ“दा पनि त्यही वर्गले नै राइदाइ गरिरहन पाउने हो भने जनतामा जो आए पनि हामीलाई केही हु“दो रहेनछ भन्ने नकारात्मक धारणा सिर्जना हुन्छ। त्यसो भएर अहिले धेरै ठूलो अनुकूलता छ। संसारमै ठूलो अवसर नेपाल कम्युनिष्ट पार्टीले पाएको छ। यसलाई ठीकढंगले चलाउन सक्यौंं भने १०÷१५ वर्षमा आर्थिकरुपमा नेपालमा ठूलो परिवर्तन गर्न सक्छौं। तर दलाल पू“जीपति वर्गले जे–जे भन्छन् त्यही अनुसार हामी चल्ने हो भने हाम्रा अन्त्यका दिन पनि धेरै टाढा छैनन्। आउने चुनावमा यसको परीक्षा फेरि हुन्छ। हामीले हेलसारी ग¥यौं भने आउने चुनाव नकारात्मक हुनसक्छ। यो कुरालाई हामीले बेलैमा सोच्नुपर्छ। तीनवटै तहका सरकारले गरेका कामको सही मूल्यांकन गर्ने ती जनता नै हुन्। जसले बाटो बनायो, पुल बनायो, अस्पताल बनायो, सारा उत्पादनका काम ग¥यो त्यसको सरकार बनेको छ अहिले यो सरकारको मालिक उ नै हो। तर उसैले परिणाम प्राप्त गरेन भने उसले हामीलाई सजाय दिन्छ–दिन्छ। अब कुराले होइन काम गरेर देखाउनुपर्ने बेला आएको छ। बिरोधीले बिरोध गर्ने काम हो। जनताको पक्षमा काम गरे पुग्छ। सम्भावना छ, उत्साह पनि छ यसलाई गुम्न दिनुह“ुदैन।

लक्षण त राम्रो छैन नि ?

म पार्टीको स्थायी कमिटी सदस्यको हैसियतले सरकारले गरेका राम्रा÷नराम्रा कामहरु देखेको छु। राम्रा यति, नराम्रा यति भन्न सक्छु। सरकारले धेरै राम्रो काम पनि गरेको छ। कामै गरेन भन्ने कुरा गलत हो। बिरोधीले भनेजस्तो खत्तम भयो । केही भएन भन्ने होइन। राम्रा निर्णय पनि भएका छन् र केही नराम्रा काम पनि अवश्य छन्। कमीकमजोरी हटाउ“दै जाने र राम्रा कामलाई बढाउ“दै जाने हो। सामाजिक मनोविज्ञान के हुन्छ भने १० वटा राम्रो काम गर्दा राम्रो भयो भन्दैन तर एउटा नराम्रो भयो भने त्यसलाई बोकेर हि“ड्छ। मान्छे सम्पूर्णरुपले स्वस्थ छ तर एउटा अंगमा रोग लाग्यो भने एउटै अंगमा पो रोग लाग्यो अरु त ठीकै छ भन्न सकिन्न नि। एउटै अंगमा लागेको रोगका कारणले मृत्यु हुनसक्छ। त्यसैले जहा“ रोग लागेको छ त्यसको उपचार गर्नुपर्छ। पार्टी र सरकारको कुरा पनि यस्तै हो। धेरै राम्रो गर्दा पनि एउटा विशेष घटना नराम्रो भयो भने सबै नराम्रो हुन्छ। धेरै राम्रो काम गरेको छु तर एउटै त गल्ती भो भनेर हेलचक्र्याइ“ गर्नुह“ुदैन। अरु कसैस“ग डराउनुह“ुदैन तर गल्ती गर्ने कुरामा डराउनुपर्छ। गल्ती गर्ने हो भने दशौं पटक सोचेर रोकिनुपर्छ। बोल्दा ख्याल गर्नुपर्छ। बोली र गोली छुट्यो भने फर्केर आउ“दैन। जनताले यति ठूलो बहुमत दिएर पठाएका छन्। सानातिना बिरोध, सानातिना समस्यामा आत्तिनुह“ुदैन। प्रत्येक कुरामा सवालजवाफ गरिरहनु जरुरी छैन। बिरोधीको काम बिरोध गर्ने हो गर्छन् हाम्रो काम गरेर देखाउने हो, काम गर्नतिर लागौं। यसतर्फ नेता कार्यकर्ताहरु सजग भएर लाग्नुपर्छ।

नेता, कार्यकर्ताको जीवनशैली भद्दा हुदैछ, कसरी हुन्छ त ?

सिद्धान्त ठीक छ भन्दैमा त्यो सिद्धान्तले काम गर्दैन। किताबको सिद्धान्तले व्यवहारमा आफै काम गर्दैन। दस्तावेजको सिद्धान्त नेता र कार्यकर्ताको माध्यमबाट जनताको बीचमा कार्यान्वयन हुने हो। नेता र कार्यकर्ताहरुले कसरी काम गर्छन्। उनको आचरण कस्तो छ, व्यवहार कस्तो छ ? त्यसले निर्धारण गर्छ। आज चिनिया कम्युनिष्ट पार्टीले अभूतपूर्व प्रगति गरेको छ र दुनिया“को शक्तिशाली कम्युनिष्ट पार्टीका रुपमा स्थापित भएको अवस्थामा उसले आफ्नो दस्तावेजमा आचरण खराब भयो भने कम्युनिष्ट पार्टी रह“दैन भनेको छ। त्यसैले आचरण सुधार गर्न लागिपरेका छन्। सत्तामा पुगेपछि आचरण बिग्रिन्छ। हिजो त पुलिससग लड्नुपथ्र्यो, उसको डण्डा खाइन्थ्यो, जेलमा हाल्थ्यो। त्यो लडाइ“ हामीले जितेर आउ“थ्यौं। एउटा दलाल पू‘“जीवादले आज तपाइ“लाई लडाईं होइन, डन्डा हान्ने होइन, तपाइ“बाट काम गराउन उसले करोड रुपैया“को ब्रिफकेश बोकेर रातिमा तपाईको घरमा आउ“छ। लुकाएर त्यो पैसा खुवाउ“छ। त्यतिवेला हामी को–को जोडिन्छौं। हाम्रो परीक्षा त्यतिबेलै हुन्छ। हिजो पुलिसको डण्डाबाट नथाकेको, भूमिगत भएर नथाकेको, हिजो गोलघरमा बसेर नथाकेको, हिजो आन्दोलनमा नथाकेको नगलेको मान्छेलाई राति ल्याउने कमिसनको ब्रिफकेशले गलाउन सक्छ कि सक्दैन परीक्षा त्यहींनेर हुन्छ। मदन भण्डारीले ‘सॉ“च्चिकै परीक्षा त अब सत्तामा पुगेपछि हुन्छ। अहिलेसम्म भ्रष्टाचार गर्न पाएका छैनौ र पो शुद्ध छौं। सत्ता सञ्चालन गर्ने बेला गर्छौं कि गर्दैनौं सा“चो परीक्षा त्यतिबेलै हुन्छ’– भन्नुभएको थियो। प्रत्येक नेता र कार्यकर्ताको परीक्षा ह“ुदैछ।

उहिलेकै जस्तो अप्ठेरो र समस्या भोग्नैपर्छ र कम्युनिष्टहरुले ?

तलदेखि माथिसम्मका हाम्रा जनप्रतिनिधिहरुलाई नेपाल सरकारले कानुनीरुपमै तलव भत्ता दिन्छ। तलव भत्ता किन दिन्छ भन्दाखेरी काम गर्न सजिलो होस्। कमिशनमा लाग्न नपरोस्, अप्ठेरो नपरोस् भनेर हो। कम खर्च गरेर उहा“हरुले सादा जीवन सञ्चालन गर्ने हो। बाहिर रहेका कार्यकर्ताहरु उत्पादनमा लाग्नुप¥यो। त्यसबाट खर्च जुटाउनु प¥यो। जो होलटाइमर हुन्छन् उनीहरुको पकेट खर्च पार्टीले दिनुपर्छ। यति ठूलो पार्टीले त्यो दिनपनि सक्छ। त्यो हाम्रो विधानमै व्यवस्था छ। राज्यलाई लुटेर, ठगेर खान पाइ“दैन। सत्तामा रहने वा सत्ता बाहिर रहने जोसुकैले आफ्नो जीवन सादा बनाउनुपर्छ जसले कम खर्चमा जीवन चल्नसक्छ। यसरी पार्टीमा सादा जीवन जिउनेहरु पार्टीमा ठूलो पंक्ति छ। झुत्रे भएर हि“ड्नुपर्छ भनेको होइन तर अस्वाभाविक जीवनशैली हुनुहु“दैन। सादा जीवनले दलाल पू“जीवादस“ग लड्न ऊर्जा दिन्छ। नत्र दलाल पू“जीवादले हामीलाई नै खरिद गर्नेछ। हामी बिक्री हुनेछौं। हामी नेता, कार्यकर्ताहरु बिक्री भएका माल जस्तो हुनेछांै र पतन हुनेछौं। दुनिया“मा देखिएको पनि छ। यसबाट हामीले शिक्षा लिनुपर्छ।

विधि नीति र जीवनशैली सुधार्न तपाइ“हरुले कत्तिको खबरदारी गर्नुहुन्छ ?

हामीले विधान बनाएका छौं। विधानको मातहतमा सारा नेता, कार्यकर्ता चल्नुपर्छ। हाम्रा राजनीतिक प्रतिवेदनमा यी जम्मै कुरा छन्। यद्यपि यो प्रतिवेदन सार्वजनिक भएको त छैन। दलाल पू“जीवादस“ग कसरी होशियार हुने भन्ने कुरा, पार्टीमा विकृति आउनसक्छ, सत्तामा गएको बेला भ्रष्टाचार हुनसक्छ। यो कुरा त हाम्रो विधिविधानमा लेख्या कुरा हो। मैले आफैले भनेको होइन। त्यसको पालना सबैले गर्नुपर्छ। कतिले मानेका छौं होला कतिले मानेका छैनांै होला। अब सबै कमिटीले काम गर्न थालेपछि कसले पालना ग¥यो कसले गरेन। त्यसको छानबिन हुन्छ। यस्ता बेथितिका बिरुद्ध लड्ने पार्टी भित्रै पनि ठूलो शक्ति छ। जसले कम्युनिष्ट पार्टी जीवित राखेको छ। पार्टीभित्र हुने बेथितिबिरुद्ध एक्लै पनि बोल्न सक्नुपर्छ। जसले अरु सय समर्थन पाउन सक्छ। म आम नेता, कार्यकर्ताहरुलाई भन्न चाहन्छु कि माथिदेखि तलसम्म सही कुराको पक्षमा उभिनुस्। कसैस“ग डराउनुपर्ने अवस्था छैन। राणा, राजास“ग त डराइएन भने अब पार्टीभित्र आफ्नै साथीहरुस“ग किन डराउने ? नेताहरुको सम्मान गरौं तर गलत कामलाई गतल भयो भन्न सक्नुपर्छ। यसले कम्युनिष्ट पार्टीलाई जीवित राख्छ।

भित्रबाट हुन सकेन त्यही भएर कांग्रेसले छाया“ सरकार बनाउनुप¥यो नि ?

०४६ सालमा नेपाली कांग्रेसको सरकारका पालामा हामीले पनि छाया“ सरकारको अभ्यास गरेका हौं। अहिले कांग्रेसले बनाएको कुरा नया“ होइन हिजो हामीले गरेकै काम हो। आत्तिनुपर्ने केही छैन। छाया“ सरकारले हामीलाई सही मार्गमा हिड्नका लागि अभिप्रेरित नै गर्छ। तर कांग्रेसले पनि राम्रा कामलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नुपर्छ। सरकारले धेरै राम्रा काम पनि गरेको छ। त्यहा“ समर्थन पनि गर्नुपर्छ। गलत हु“दा बिरोध र आलोचना हुनुपर्छ। छाया“ सरकार राम्रै कुरा हो। कांग्रेस कम्युनिष्ट भन्दैमा यो देश निर्माणको जिम्मेवारी सबैको हो। देश विकासका लागि कतिपय बेला सहकार्य गरेर जानुपर्छ। चुनावमा प्रतिस्पर्धा गरौं। देश बनाउने काममा सबै पार्टीबीच सहकार्य गरौं।

सहकार्य भन्ने तर विप्लवलाई प्रतिबन्ध लगाउने कुरो र काम मिलेन त ?

हजारौं जनताको वलिदानबाट संविधान बनेको छ। ठूलो वलिदानले बनेको हो संविधान। यो संविधानमा भरपूररुपमा जनताका अधिकार सुनिश्चित गरिएको छ। त्यसैले यसको कार्यान्वयन गर्नतिर सबै लाग्नुपर्छ। विप्लवजीहरुले पनि यो संविधानलाई कार्यान्वयन गर्नेतिर जोड दिनुप¥यो। यो संविधान ल्याउन त उहा“हरुले पनि ठूलै बलिदान गर्नुभएको छ। हामी सबैले बलिदान गरेर ल्याएको हो नि। कहीं त्रुटि भए सच्याउन सकिन्छ। होइन भने यसको कार्यान्वयन गर्न सबै मिलेर लाग्नुपर्छ। कार्यान्वयनमा कमीकमजोरी भएको हो भने आलोचनात्मकरुपमा बिरोध, आन्दोलन, चुनावमा पनि जानसक्छौं। जनताको विश्वास जितेर सत्तामा आउन पनि सक्छौं। तर जनताले चुनेर पठाएको सरकारलाई नै खतम गर्नका लागि बम, बारुद र हतियार प्रयोग गर्न थालेपछि निश्चय पनि राज्यले नियन्त्रण गर्नुपर्छ। तर दमन समस्या होइन वार्ताबाट समस्या समाधान गर्नुपर्छ। उहा“हरु वार्तामा आउनुपर्छ। संवैधानिक बाटोमा आउनुपर्छ। उहा“हरुले ठाउ“–ठाउ“मा बम पड्काउने, हतियार प्रदर्शन गर्ने, मान्छे मार्ने, सैन्य तालिम चलाउने काम गरेकाले प्रतिबन्ध लगाइएको हो।

मिडिया काउन्सिल विधेयक सच्चिन्छ ?
विधेयक आवश्यक अनावश्यक के हो बल्ल संसदमा छलफलको तयारी भइरहेको छ। छलफलपछि थाहा होला। पत्रकारहरु आन्दोलित भइरहनुभएको छ। यस विषयमा छलफल गरेपछि थाहा हुन्छ। तर पत्रकारहरु पनि अनुशासनमा बस्नुपर्छ। संसारमा कुनै पनि देशमा जे मन लाग्यो त्यही लेख्ने भन्ने हु“दैन। लोकतन्त्रमा यस्तो हु“दैन। अनुशासनसहितको लोकतन्त्र हो। तर प्रशंसामात्रै खोज्ने कुरा बेठीक हो। आलोचना गर्न पाइन्छ। बिरोध गर्न पाइन्छ। गलत भएको छ भने आंैल्याउन पाइन्छ। गर्नु पनि पर्छ। सञ्चार माध्यमहरुकै कारणले समाजलाई सही दिशा दिन सकिन्छ र लोकतन्त्रलाई सुदृढ गर्न सकिन्छ। छाडा हुने हो भने लोकतन्त्रलाई बर्बाद गर्छ। बेलगाम छोड्नु हु“दैन। तर पत्रकारितालाई नियन्त्रणमा राख्नु पनि ह“ुदैन। एउटा सीमारेखा तय हुनुपर्छ। कुरा उठेको छ संसदमै मसिनो गरी छलफल गरेर कहा“–कहा“ सच्याउनुपर्ने हो सच्याउनुपर्छ।

दाङको विकासलाई थप स्मार्ट कसरी गर्ने ?

विकास नियमित प्रक्रिया हो। सत्तामा जो आए पनि केही न केही विकासका काम भइनै राखेका हुन्छन्। हामी सरकारमा आएको बेला मात्रै विकास हुन्छ अरु बेला हुदैन भन्ने हुदैन। फरक के हो भने हामी कम्युनिष्टहरु आएको बेलामा अझ तीब्रगतिमा विकास हुनुपर्छ। त्यो विकासले पू“जीपतिलाई मात्रै नभई गरिव, श्रमजीवीहरुलाई फाइदा हुनुप¥यो। दाङमा पुल निर्माण हुन सकेको छैन। तलदेखि माथिसम्मका सरकारले ध्यान दिनुप¥यो। हिजोका सरकारले गल्ती गरे उनीहरुलाई दोष लगाएर मात्रै हु“दैन। दाङमा यी पुलहरु अलपत्र पर्नुमा कांग्रेसकै दोष छ। ठोकेर भन्नुपर्छ। कांग्रेसका साथीहरुले पनि महसुस गर्नुपर्छ। तर हिजो कांग्रेसले गरेन अहिले हामीले पनि गर्नुहु“दैन भन्ने होइन। छिटो काम गरेर देखाउनुपर्छ।

पाच नं.  प्रदेशको राजधानी कहा बनाउने भन्ने कहीं छलफल हुन्छ ?

पहिलो कुरा प्रदेशसभाले नै यसको टुंगो लगाउने संवैधानिक व्यवस्था छ। तर त्यहा निर्णय गर्दा पनि औचित्यताको आधारमा निर्णय हुनुपर्छ। जनताको सहज पहुँच कहाँ हुन्छ ? भौगोलिकरुपमा कहा“ उपयुक्त हुन्छ। कहाँ राजधानी बनाउदा धेरै भन्दा धेरै जनतालाई फाइदा हुन्छ। न्याय हुन्छ भन्ने कुरालाई ध्यान दिनुपर्छ र मतदान गर्ने प्रतिनिधिहरुले पनि यी सबै कुरालाई ध्यानमा राखेर काम गर्नुपर्छ। पहिलो कुरा त उपयुक्तताको आधारमा राजधानी राख्न छलफल बहस चलाउनुपर्छ। उपयुक्त ठाउँ भनेको दाङ नै हो। दाङको भ्याली नै उपयुक्त हो। छेउ कुनाको कुरा होइन। दाङको उपत्यका राजधानीका लागि उपयुक्त, न्यायोचित छ। त्यसका लागि हामीले आवाज उठाएका छौं। मैले आवश्यक ठाउ“मा कुरा राख्छु, राखेको पनि छु। बहुमत छ भनेर जहा“ पायो त्यही राख्ने हो भने लामो द्वन्द्वको शुरुवात हुनसक्छ। त्यो राम्रो हुँदैन ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top