Free songs
Home / फिचर समाचार / ८७ वर्षमा भत्ता बुझ्न बैंकमा लाइन

८७ वर्षमा भत्ता बुझ्न बैंकमा लाइन

 दशरथ घिमिरे

देउखुरी। जन्म १९९०। हालको उमेर ८७ वर्ष। घरभित्र बाहिर गर्न पनि अरुको सहायता चाहिने राजपुर गाउपालिका वडा नम्बर–७ बनकट्टी निवासी डम्बरबहादुर बस्नेत भत्ता बुझन लाइनमा बस्नुभएको छ। लौरोको सहारामा उभिनुभएका बस्नेतको खुट्टा केही बेरमा गल्यो। उहा थचक्क पिंढीमा बस्नुभयो। ‘भत्ता बुझ्न आको हु“। छोराले ल्याएर आएको हो’– बस्नेतले भन्नुभयो– ‘म बुढोलाई पनि लाइन बस्नुपरेको छ।’

स्थानीय तहको चुनावमा धेरै सुनिएको नारा र प्रतिबद्धता थियो– ‘घर–घरमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न आउछौं।’ चुनाव भयो। स्थानीय पालिकामा सरकार बन्यो। तर चुनावमा गरिएको प्रतिबद्धताविपरीत सामाजिक सुरक्षा भत्ता घर–घरमा होइन, बैंकमा पुग्यो। अहिले सामाजिक सुरक्षा भत्ता बुझ्न बैंकमा जानुपर्ने थप झञ्झट आइलाग्यो।

बृद्धबृद्धाको सम्मान गर्ने समयमा भत्ताको नाममा स्थानीय सरकारले सास्ती दिएको छ। ‘बिहान आएको हु“। लाइनमा बसेको दुई घण्टा भइगो । खै अझै पालो आएको छैन’– बस्नेतले भन्नुभयो– ‘न समयमा भत्ता दिन्छन । न घरमा पु¥याउछन्। पहिलेको भन्दा झन सास्ती भयो। गाविस कार्यालयबाट पाउने भत्ता अहिले बैंकमा पुग्यो। बैंक नजिकमा छैन। भत्ता बुझन जान आउन गाडी भाडा नै धेरै लाग्छ।’

दाङका दश स्थानीय सरकारले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत दिन थाले पनि भत्ता वितरण सहज बन्न सकेको छैन। बैंकबाट भत्ता वितरण हुनु आफैमा सुरक्षित र सहज भए पनि सामाजिक सुरक्षा भत्ता बुझ्न बैंकमा भीड लाग्ने गरेको छ ।

बैंकमा भीड लाग्दा थप सास्ती भोग्नुपरेको नियामत नाउ मुसलमानले बताउनुभयो। ‘एक्लै आउन जान सकिदैन। कसैको साथ लागेर आउनु पर्दा दुःख नै हुन्छ’– मुसलमानले भन्नुभयो– ‘भत्ता बुझ्न बैंकमा आउदा झन ठूलो भीड हुन्छ।’

स्थानीय पालिकामा मुस्किलले एउटा बैंक पुगेको छ। तर बैंकमा पुगेर भत्ता बुझ्न सुविधाभन्दा पनि सास्ती भएको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top