Free songs
Home / फिचर समाचार / विद्यालयबाटै योग र आयुर्वेद शिक्षा आवश्यक

विद्यालयबाटै योग र आयुर्वेद शिक्षा आवश्यक

युगबोध समाचारदाता

घोराही। योग शिक्षा र आयुर्वेदिक उपचार पद्धतिका बारेमा विद्यालयतहबाटै शैक्षिक जागरण चलाउनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आयुर्वेद चिकित्सा विभागले सोमवार घोराहीमा आयोजना गरेको छलफल कार्यक्रमका सहभागीहरुले आयर्वेद चिकित्सा विधिलाई पाठ्यक्रममै राख्नुपर्नेमा जोड दिएका हुन्।

योग साधना र आयुर्वेद उपचार पद्धतिप्रति नागरिकहरुको आकर्षण बढ्दो रहेको भन्दै वक्ताहरुले शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई शैक्षिक विषय बनाउनेतर्फ ध्यान दिन सुझाव दिए। योगास“गै आयुर्वेदिक चिकित्सा पद्धतिका बारेमा शिक्षा र बालबालिकाको तहमा लगानी गर्नुपर्ने सहभागीहरुको सुझाव थियो।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सकारात्मक सोचबाटै व्यक्ति स्वस्थ बन्ने बताउनुभयो। स्वस्थ जनशक्तिले मात्रै देशको दिगो विकास गर्ने उहा“को भनाइ थियो। स्थानीय सरकारले स्वास्थ्य सचेतना जगाउ“दै प्रत्येक वडामा स्वास्थ्य केन्द्र र योगाहल बनाउने सोच अघि सारेको जानकारी दिनुभयो। कार्यक्रममा स्वास्थ्य मन्त्रालय नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटाले स्वस्थ जीवनशैली प्रबद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

व्यक्ति स्वस्थ भएर मात्रै नहुने भन्दै उहा“ले जीवनशैलीसमेत स्वस्थ हुन आवश्यक रहेकोमा जोड दिनुभयो। खानपानमा ध्यान, मदिरा र सूर्तीजन्य वस्तु सेवन नगर्ने, नियमित व्यायाम, स्वास्थ्य जा“च र व्यक्ति जिम्मेवार भए स्वस्थ जीवनशैली बन्ने बताउनुभयो।

पतञ्जलि योग समिति प्रदेशका संयोजक प्रेम शाहले योग नै जीवनशैली भएको बताउनुभयो। योग शारीरिक अभ्यासमा मात्रै सीमित नभएको भन्दै उहाले योगको आयाम बृहत रहेको उल्लेख गर्नुभयो। दाङमा करिब एक सय ४० स्थानमा दैनिक १० हजार जनाले योग साधना गरिरहेको जानकारी दिनुभयो।

कार्यक्रममा घोराही उपहानगरका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, मन्त्रालयका योजना अनुगमन शाखा प्रमुख विजय भुर्तेल, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, घोराही उपमहानगर स्वास्थ्य शाखा प्रमुख नारायण घर्ती, रेडियो स्वर्गद्वारीका प्रबन्ध निर्देशक दधिराम सुवेदी, परिवार नियोजन संघका शाखा प्रबन्धक बसन्त खनाललगायतले आयुर्वेद औषधिको उपलब्धता, गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top