Free songs
Home / विचार / पूँजीवाद : समाधान कि समस्या ?

पूँजीवाद : समाधान कि समस्या ?

प्रमोद धिताल

पूँजीवाद एक दर्शन हो। हरेक कुरामा नाफा देख्नु यसको गुण धर्म हो। हरेक कुरालाई उपभोग्य माल बनाउनु यसको अनिवार्य नियति हो। जसले प्रकृतिदेखि लिएर संस्कृतिसम्मको व्यापार गरेको छ। नैसर्गिक मानवीय सामाजिक दायित्वहरुलाई पनि बजारको माल बनाउनु यसको विशेषता बनेको छ। निर्जीव माल र पू‘जीवादी व्यक्तिमा फरक यत्ति मात्र हुन्छ कि पहिलोलाई चलाउने मानिस हुन्छ र दोस्रोलाई चलाउने नाफा र उपभोगको चाहना। यसरी व्यक्तिगत लाभ र उपभोगको निम्ति जे पनि गर्न तयार तर सामाजिक हितको निम्ति पूरै निस्क्रिय पू“जीवादले डसेर थला परेको समाजको विशेषता हो। यसरी हेर्दा न पू“जीवाद आफैमा स्वतन्त्र छ न त यस अन्तर्गतका मेशिनगरी र मानिसहरु। जीविकाकै निम्ति अरु केही सोच्न नभ्याउने गरी आजीवन कुदिराख्नु र जायज–नाजायजको भेद समाप्त भएर जानु पूजीवादी प्रशिक्षणका परिणाम हुन्।

पूजीवाद जब सत्तासीन भयो त्यसपछि यसले आफ्नो जनहितकारी सामाजिक गुण परित्याग गरेर उत्पीडनकारी चरित्र ग्रहण ग¥यो। त्यसपछि यो कहिल्यै समाधान बन्न सकेन । बरु दिनानुदिन समस्याको कारण बन्दै गएको छ। यसले समस्याका समाधानहरु होइन बरु समस्याहरुको आविष् कार गरिरहेको छ। ता कि हरेक क्षण त्यही समस्याको व्यापार गरेर नाफा आर्जन गर्न सकियोस्। समस्याको व्यापार अनि फेरि नया“ समस्याको आविष् कार। यसले आवश्यकताको परिपूर्ति होइन बरु नया–नया“कृत्रिम आवश्यकताहरुको पनि आविस्ष्कार गरिरहेछ। जसले गर्दा मानिस अरु सबै भुलेर त्यसकै पछि कुदोस्। यसले अभावको आविष् कार गर्छ। त्यो अभावलाई पूर्ति नया–नया आवश्यकताको आविस्कार गर्छ। अनावश्यकलाई अति आवश्यकता बनाइदिएर मानिसलाई त्यसकै वरिपरि घुमाइराख्नु यसको डरलाग्दो राजनीति हो।

नैसर्गिक मानवीय मूल्य, सामाजिक नैतिकताको पतन र वस्तु उपभोगको कहिल्यै शान्त नहुने भोक पू“जीवादी रोगका लक्षणहरु हुन्। मानिस आफैमा सामाजिक प्राणी हो ऊ समाजभन्दा बाहिर बा“च्न सक्दैन। फेरि पनि ऊभित्र सामाजिक विशेषताहरु अत्यन्तै कमजोर छन्, किन ? किनकि पू“जीवादी रोगको संक्रमणले मानसिकतामाथि आक्रमण गरिरह“दा समाज पनि उसको निम्ति उपभोगको साधन बन्नपुग्छ। उसले समाज सेवाको कुरा र काम जति गर्छ त्योभन्दा बढी व्यक्तिगत नाफाको धन्दा चलाउ‘“छ। यसर्थ हर कुरालाई व्यक्तिगत नाफामा बदल्नु पू“जीवादको विशेषता हो।

संस्कृतिमा पू“जीवाद कसरी पसेको छ ? त्यसको छोटो चचा गरौं। आज परिवारबाटै बालबालिकाहरुलाई समाजवादी बन्ने, समाजप्रति जिम्मेवार बन्ने प्रशिक्षण छैन। उनीहरुलाई शिक्षा दिनुको उद्देश्य आविस्ष्कारक, सर्जक र सामाजिक योगदानकर्ता बनाउनु नभएर केवल पैसाको दास बनाउनु रहेको छ। जसले गर्दा औपचारिक शिक्षा हासिल गर्नु, जागिर खानु या विदेश जानु अनि जति सकिन्छ धेरै पैसा कमाउनु नै मानिसको एक मात्र र अन्तिम सपना भएको छ। पू“जीवादले केवल बा“च्ने र उपभोग गर्ने मात्र सपना देखाउ“छ। सार्थक जीवन बा“च्ने होइन। पुनर्जागरणकालीन समानता, स्वतन्त्रता र भातृत्वको नारा उराल्ने पू“जीवाद आज विभेद, दासत्व र व्यक्तिवादको पर्याय बनेको छ। नाफाको निम्ति प्रकृतिको विनाशतिर यसरी उन्मुख छ कि यो बाटोबाट अगाडि बढ्दै जाने हो भने ध्वंशभन्दा अरु केही देखिदैन।
ज्ञान, शिक्षा, राजनीति, संस्कृति र मानवता हु“दै मानिसकै व्यापार पू“जीवादका घृणायोग्य विशेषताहरु हुन्। नाफा र उपभोगको दौडमा अन्धो हु“दै जा“दा पू“जीवादी रोगले ग्रसित मानिस अन्ततः बजारमा आफ्नै मूल्य तोक्दै हि“ड्छ। आफ्नो मूल्यसम्म तोक्नुपर्ने अवस्था भनेको मानवीय स्वत्व र अस्मिताको विघटन हो भन्ने कुरा समेत मानिसलाई हेक्का हु“दैन। आज ज्ञानदेखि कला, संस्कृतिसम्मका व्यापारीहरु आफ्नो मूल्य तोक्दै नाफाको दौडमा सामेल छन्। सिनेमा उद्योगले सबैभन्दा डरलाग्दो देहव्यापारको धन्दा चलाएको छ। देहको प्रत्यक्ष व्यापारभन्दा सिनेमाको माध्यमबाट गरिने व्यापार धेरै हानिकारक छ।

निश्चय पनि पू“जीवाद कुनै बेला समाधान थियो। तर आज यो समस्याको स्रोत भन्दा अरु केही भएको छैन। जसले विकास र समृद्धिको नाममा प्राकृतिक विनाश निम्त्याइरहेको छ। आज पू“जीवादले रोगको उपचाार होइन व्यापार गर्छ । अनि नया“ रोगको आविस्ष्कार गर्छ। मानिसहरुका भौतिक आवश्यकताहरुको परिपूर्ति होइन, आवश्यकताहरुको आविष् कार र व्यापार गर्छ। यसले मानिसका रुचिहरुलाई सामाजिक कल्याणको पक्षमा प्रयोग गर्दैन । बरु तुच्छ खालका रुचिहरु जन्माइदिएर तिनकै पछि मानिसलाई भौतारिंदै हिड्ने बनाउ“छ। समग्रमा भन्दा यसले मानिसलाई चिटिक्क सिंगारिएको डमीजस्तै तर मानसिक मुर्दामा परिणत गरिदिन्छ। पू“जीवादी रोगद्वारा थलिएको कलाकार सामाजिक हितको निम्ति आफ्नो कला प्रयोग गर्दैन।

सिधा–सिधा आफ्नो मूल्य तोक्दै हि“ड्छ। पू“जीवादले पैदा गरिदिएको भीड संस्कृतिको हवाला दिंदै बजारको मागको नाममा नांगिदै हि“ड्छ।
पू“जीवादले आफ्नो व्यवस्थाअन्तर्गतका सबै मेशिनरी र व्यक्तिहरुलाई सिर्फ नाफा र उपभोगका दासहरुमा परिणत गर्दछ। जसमा मानिसले गर्भैदेखि अमानवीय नाफाको व्यापार गर्छ। छोरीलाई गर्भमा छ“दै तुहाउनु त्यही नाफामुखी मानसिकताको उपज हो। किनकि छोरी जन्मायो भने नाफा छैन, घाटा छ। लैंगिक विभेद त्यही नाफा–घाटामुखी मानसिकताको उपज हो। के वर्तमान समाजमा प्रेमको नाममा प्रेम नै भइरहेको छ त ? प्रेम होइन व्यापार नै हुने गर्छ। विवाह व्यापारिक कारोबार र स्थायी बेश्यावृत्तिको अर्को रुप भएको छ। जसमा अस्थायी बेश्यावृत्तिभन्दा कहालीलाग्दा उत्पीडनका कथा–व्यथाहरु छन्। सम्बन्ध र नाताहरुमा नाफाको कारोवार छ। मित्रतामा त्यही छ। पू“जीवादी रोगद्वारा ग्रसित डाक्टरको निम्ति सेवा देखाउने दा“त मात्र हो । ऊ व्यापार नगरी टिक्नै सक्दैन। शिक्षक र प्राध्यापकहरु ज्ञान र प्रज्ञाको व्यापार गर्छन्। उनीहरुको अन्तिम उद्देश्य आफ्नो क्षेत्रमा केही नया“ आविष्कार गर्नु र दुनिया“लाई योगदान गर्नु नभएर आलिशान महलमा जीवन बिताउने र आफ्ना सन्ततिहरुलाई विदेश पठाउने रहेको हुन्छ। आज अधिकांश अभिभावकहरु आफ्ना सन्ततिहरुलाई डाक्टर, इञ्जिनियर मात्र बनाउन किन चाहन्छन् ? किनकि त्यहा“भित्र व्यापार सुरक्षित छ, प्रतिष्ठा छ अनि मनग्य आम्दानी छ भन्ने सोचले काम गरेको छ। यसरी पू“जीवाद हर क्षेत्रमा क्रियाशील मानिसलाई सिर्फ पैसाको निम्ति सोच्ने र क्रियाशील हुने दासमा परिणत गरिदिएको छ। अनि कसरी स्वतन्त्र हुन्छ मानिस ? मानिस स्ततन्त्र हुनलाई अन्ततः सामाजिक स्वतन्त्रताको चरणमा पुग्नैपर्छ जसभित्र हरेक व्यक्तिको स्वतन्त्रताको ग्यारेन्टी होस्। समाजवाद विना त्यो असम्भव छ। तर अहिलेको तौरतरिकाले समाजवादमा पुग्न सकिदैन। त्यहा“सम्म पुग्नलाई विधि पनि समाजवादी हुनैपर्छ।

नेपालको वर्तमान अवस्था हेर्ने हो भने कहालीलाग्दो चित्र नजर आउ“छ। यहा“ आएको पू“जीवाद कुनै क्रान्तिमार्फत आएको पू“जीवाद होइन। बाहिरबाट आएको हुनाले यो झनै विकृत र भद्दारुपमा भित्रिएको छ। साम्राज्यवालको रुप धारण गरेर राजनीति, अर्थतन्त्र, संस्कृति र विचारका हरेक तहमा आक्रमण गरेको छ। यसले प्रतिगामी संस्कृतिका सबैखाले तत्वहरुलाई आफूभित्र समाहित गरेको छ। प्रगतिशील र क्रान्तिकारी सबै तत्वहरुलाई खारेज गरेको छ। नेपाली समाजमा भित्रिएको पू“जीवादमा अन्यत्र कायम रहेका कतिपय प्रगतिशील चरित्रहरु पनि समाविष्ट छैनन्। त्यसैले त यहा“का कम्युनिष्ट पार्टी र तिनको नेतृत्व पंक्तिसमेत अन्य देशमा गैरकम्युनिष्ट भन्दा पनि गएगुज्रेको हालतमा देखिन्छन्। तसर्थ यतिखेरको नेपालमा भित्रिएको पू“जीवाद दलाल पू“जीवाद हो। यसको विकास गर्नु भनेको थप विकृत त उत्पीडनकारी बनाउनु हो। जुन धेरै हानिकारक छ। नाफाको धन्दा चलाउनलाई समाजसेवा। नाफाआर्जन गर्नलाई राजनीति। नाफाकै लागि सम्बन्ध जोड्नु, नाफाकै लागि सम्बन्ध तोड्नु। कुनै पनि कुरालाई नाफाकै दायराभित्र राखेर हेर्नु पूँजीवादी मनोविज्ञानको भयानक रोग हो। पू“जीवादको आर्थिक आधार नाफा र सांस्कृतिक आदर्श उपभोक्तावाद भइसकेपछि मानिस हामीले परिकल्पना गरेको उन्नत र समाजप्रति जिम्मेवार मानिस रहन्न। बरु त्यो नाफा र वस्तुहरुको इसारामा नाच्ने कठपुतली बन्छ। एउटा यस्तो विकृत सामाजिक मनोविज्ञानले घरजम गर्छ कि ‘जो सबैभन्दा ठूलो उपभोक्ता छ त्यही यो समाजको सबैभन्दा उत्कृष्ट मानिस हो।’ पूँजीवादको निरन्तरता र उत्कर्ष भनेको सबै उदात्त मानवीय गुण र भौतिक–प्राकृतिक सम्पदाको ध्वंशबाहेक अरु केही हुनसक्दैन। समाजवादी विकल्प मात्र यसको समाधान हुनसक्छ। जसको पहिलो शर्त समाजवादी दृष्टि, कार्यदिशा, कार्यक्रम र त्यसलाई अगुवाइ गर्ने शक्ति र आन्दोलन नै हुन्।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top