Free songs
Home / विचार / जनप्रतिनिधिमा समय–सचेतना र अपेक्षित सुधार

जनप्रतिनिधिमा समय–सचेतना र अपेक्षित सुधार

रमेशकुमार अधिकारी

विज्ञानका जन्मदाता अलबर्ट आइस्टाइनले समयलाई सापेक्षिकताको सिद्धान्तबमोजिम परिभाषित गर्नुपर्ने सल्लाह दिएका छन्। उनका अनुसार जुन विषय वा कामसग समयको सम्बन्ध छ सोही अनुसार समयको अर्थ बुझ्नुपर्दछ। उदाहरणका लागि मानिसको जीवनको सन्दर्भमा समयको परिभाषा जान्नलाई मानिसको जन्मदेखि मृत्युसम्मको अवधिलाई समयको रुपमा बुझ्न सकिन्छ। समयको धु्रवसत्य नियम के हो भने यसलाई सञ्चय गर्न पनि सकिदैन र सापटी दिन वा लिन पनि सम्भव हु“दैन। समयको सदुपयोग गरे लाभ मिल्छ। नगरे त्यसै व्यतित हुन्छ। समयलाई हिजो, आज र भोलीको रुपमा बुझ्ने गरिन्छ। सदुपयोगका हिसाबले समयको शक्ति आजमा छ। किनकि हिजो इतिहास हो। भोलि अनिश्चित छ।

समयको उपलब्धता र मापन गर्न पृथ्वीको जुनसुकै ठाउ“मा पनि एकै प्रकारको मात्रा र मानक लागु छ। धनी र गरिबमा विभेद छैन। हरेक दिन छयासी हजार चारसय सेकेण्ड प्रत्येक व्यक्तिको खातामाजम्मा हुन आइपुग्छ। सो दिनमा उक्त समयको जेजति प्रयोग हुन सक्छ त्यसलाई सदुपयोग भन्न सकिन्छ र बा“की रहेको समय सोही दिन खेर जान्छ। अर्को दिनमा सार्न सकिन्न। एवं प्रकारले समयको क्रम चलिरहन्छ।

मनोविज्ञानबेत्ताले गरेको एक अध्ययनबाट मानिसको औषत आयु यदि ७० वर्ष छ भने सो उमेर मध्ये २८ वर्ष सुत्नमा, १० वर्ष पढ्नमा, आठ वर्ष मनोरञ्जनमा, पा“च वर्ष भ्रमणमा, छ वर्ष विरामी पर्दा, तीन वर्ष खानामा, चार वर्ष लुगा लगाउनमा र छ वर्ष काम गर्नमा व्यतित हुने निष्कर्ष निकालिएको छ। यसले काम गर्ने समय थोरै छ भन्ने सङ्केत गर्दछ।

आधुनिक र सम्पन्न राष्ट्रहरुको तीब्र विकासको रहस्य केलाउ“दा समयको सही सदुपयोगबाट विकासलाई तीब्र पार्न सम्भव भएको पाइन्छ। प्रविधिको दु्रततर विकासले मानिसबाट भइरहेका कामबाट समय जोगाउन र उक्त जोगिएको समयको सदुपयोगबाट जीवनस्तरलाई अझ सुविधायुक्त (कम्फोर्ट) बनाउन झन पछि झन सफलता मिल्दै गएको देखिन्छ। आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगले समय जोगाउन र जीवनयापनलाई उत्कृष्ट बनाउन अझै सफलता मिल्दै गएको महसुस हुन्छ।

समयको महत्व दर्शाउने रोचक प्रसंग जोडौं। सामाजिक सञ्जाल फेसबुकका प्रबर्तक ÷संस्थापक मार्क जुकरबर्गले केही वर्ष पहिलेबाट सधै ग्रेकलरको टि–सर्ट लगाउने गरेका छन् । यसको खास कारण छ। उनी फेसनका सौखिन हुन्। उनका दराजमा थरिथरि रङका टिसर्ट हुन्छन्। हरेक दिन फेरी फेरी टिसर्ट लगाउनु उनको रहर हो। तर जब उनी व्यबसायमा व्यस्त भए, तब उनलाई दैनिक समय अपुग भएको महसुस भयो। उनले सजिलो उपाय देखे कि हरेक दिन टिसर्ट छान्नमा लाग्ने समय घटाएर व्यवसायमा लगाउनु बुद्धिमानी हुनेछ। त्यसपछि उनी सधै एउटै रङको टिसर्ट लगाउने निर्णयमा पुगे। पहिरनमा लाग्ने गरेको समय जोगाएर उत्पादनशील काममा लगाउन सकेकोमा उनी खुशी छन्। यसैबाट स्पष्ट हुन्छ समयको महत्व कति छ भन्ने कुरा।

अब नेपालको सन्दर्भलाई जोडौं। निर्वाचित जनप्रतिनिधिका लागि समय भनेको निर्वाचित भएको मितिदेखि अर्को निर्वाचनको पूर्वसन्ध्यासम्मको अवधि हो। मुलुकमा अहिले तीन तहको निर्वाचित सरकार छ। प्रचलित कानुनबमोजिम निर्वाचित जनप्रतिनिधिको अवधि पाच वर्षको छ। यस बीचमा निर्वाचित स्थानीय सरकारको अवधि दुई वर्ष पूरा हुनै लागेको छ। प्रदेश सरकार र संघीय सरकारले एक वर्ष पूरा गरेका छन्।

संघीय शासन प्रणाली सुहाउ“दा राज्यका संरचना निर्माणदेखि सुरक्षा, न्याय, सेवा–सुविधा र विकासको उचित प्रबन्ध र अपेक्षित प्रगतिबाट जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्न अहिलकोे सरकारमा रहनु भएका जनप्रतिधिहरुको का“धमा धेरै जिम्मेवारी छ। तर समय एकदम कम छ। पहिलेका सरकार जस्तो राजनीतिक विषयमा समय लगाउनु परेको भनेर विकास र समृद्धिमा अपेक्षाकृत काम गर्न सकिएन भन्न मिल्ने अवस्था छैन ।

किनकि सरकारका नीति तथा कार्यक्रमले सुशासन, विकास र समृद्धिका पक्षमा जोड दिएका छन्। जोड दिएकै विषयमा केन्द्रित भएर जनताले नतिजा पर्खिरहेका छन्। अहिले जनताको सचेतनाको उच्चस्तर, अभिव्यक्ति स्वतन्त्रताप्रतिको उत्सुकता, सञ्चार माध्यम र सामाजिक सञ्जालको सहज पहु“चले गर्दा जवाफदेहीताको अभ्यास बलियो बन्दै गएको छ।

राम्रो पक्ष के छ भने संघमा दुई तिहाई बहुमतप्राप्त सरकारले सत्ता सञ्चालन गरिरहेको छ। अर्थात संघ सरकार बलियो छ। संविधान र प्रचलित कानुनबमोजिम संघीय सरकारको भूमिकाले प्रदेश सरकार र स्थानीय सरकारलाई दौडाउन कुनै अप्ठ्यारो छैन। सौभाग्यले प्रदेश सरकार पनि स्थिर छन्। स्थानीय सरकार त बनोटबाटै स्थिर छन्। यस्तो सहज अवस्था बिगतमा कहिल्यै थिएन। यो समय सरकारका लागि राम्रो काम गर्न स्वर्णिम अवसर हो।

समय दुर्लभ स्रोत हो भन्ने कुरा बुझेर यसलाई अधिकतम सदुपयोग गर्न कामको प्राथमिकता निर्धारणमा ध्यान दिनुपर्ने कुरा समय व्यवस्थापन सम्बन्धी विज्ञहरुले सुझाएका छन्। यस सन्दर्भमा कामहरुलाई चार समूहमा वर्गीकरण गर्न विज्ञहरुको सुझाव छ। पहिलो जरुरी र महत्वको काम, दोस्रो महत्वपूर्ण काम, तेस्रो जरुरी काम र चौथो कम महत्व र कम जरुरीको काम। कार्य सम्पादन गर्दा पनि सोहीबमोजिम अर्थात पहिलोलाई पहिलो गर्दै जानुपर्दछ।

निर्वाचित जनप्रतिनिधिहरुले तीन तहका सरकार सम्हालेपछि उहा“हरुमा समय–सचेतना (टाइम कन्सियसनेस) र उपयोगिता (युटिलाइजेसन) को सन्दर्भमा केही सुधारको अपेक्षा गरिएको हो। जस्तोनेपालमा समय पालन सबै भन्दा कम महत्वकोअथवा सस्तो विषय रह“दै आएको छ। बैठक, गोष्ठी, सभा, समारोहमा समयमा उपस्थित हुने र समयमा कार्यक्रम सम्पन्न गर्ने गरेका दृष्टान्त साह्रै कम छन्। कार्यालयबाट प्रदान गरिने सेवा र आयोजना परियोजनाको प्रक्रिया र पूर्णता सबैमा विलम्ब हाबी भएको देखिन्छ। जुनसुकै तहको पदाधिकारी, कर्मचारी र सार्वजनिक सेवा प्रदान गर्ने निजी क्षेत्रमा समेत समय पालनको समस्या व्याप्त छ। हरेकमा बिलम्बता साझा आदत बनेको छ। समयको महत्व बुझ्न नसक्नु र समय सुहाउ“दो विकासमा सधै पछि पर्नु हाम्रो नियति भएको छ। यसमा सुधारको अपेक्षा गरिएको हो।

कर्मचारीले हुने कामलाई पनि नहुने भन्छन् । तत्काल हुन सक्ने कामलाई पनि भोलि आउनुस भन्छन् । खाली दुःख मात्र दिने गर्छन् । कार्यालयबाट सेवा–सुविधा पाउन कि सोर्स लगाउनुपर्छ कि घुुुस खुवाउनुपर्छ भन्ने जस्ता टिप्पणीहरु सुनिदै आएकोमा निर्वाचित जनप्रतिनिधिहरु सरकारमा आइसकेपछि नेतृत्वले नतिजा र कर्मचारीले प्रक्रियाको जिम्मा लिने विषयमा समान समझदारी बन्नेछ र त्यसबाट निर्देशित भएर जनप्रतिनिधिले कुन ऐन, नियम वा कार्यविधिलाई संशोधन वा नया“ बनाउ“दा सरकारी कार्यप्रक्रिया सरल भएर सेवाग्राहीलाई शीघ्र, सरल र सहज हुन्छ भन्नेमा गहिरिएर सुधारमा लाग्नु हुनेछ र कर्मचारीबाट पनि सेवाभावका साथ समयमै काम हुनेछ भन्ने अपेक्षा गरिएको हो।

निर्वाचित नेतृत्वले सरकार सम्हाल्नु भन्दा पहिले झण्डै १५ वर्षसम्म कर्मचारीले स्थानीय निकाय चलाए। सो अवधिमा वार्षिक बजेटमा परेका आयोजनाहरु सम्पन्न गर्ने समय लगभग असारमा हुनपुग्यो। एक वर्षे आयोजनाको काम असारमा सम्पन्न हुनुलाई राम्रो मानिदैन। तर त्यसमा कर्मचारीले सुधार गर्न सकेनन्। त्यसैमाथि नेपाल सरकारले फुटकर आयोजनाको लिष्टसहित असारमा थप बजेट पठाउने कामले असार महिना झन बोझिलो बन्यो। त्यतिखेर असारे विकास भनेर बदनाम कमाएको विकासको तालिका पनि जनप्रतिनिधि आएपछि सुधार हुने अपेक्षा गरिएको हो।

निर्वाचित जनप्रतिनिधिहरुले जिम्माका कामहरु जरुरी र महत्वका आधारमा प्राथमिकता तय गरेर समय तालिका बमोजिम कार्यान्वयन गर्दै जानु हुनेछ। निर्वाचित जनप्रतिनिधिहरुको सोच, सीप र समय अधिकतमरुपमा सरकारको काममा लाग्नेछ। ससाना कार्यक्रममा आसन ग्रहण र भाषणमा समय खेर जानेछैन। सरकारको कार्यशैली बदलिएको अनुभूति जनताले गर्न पाउनेछन् भन्ने अपेक्षा गरिएको हो।

समयस“ग जोडिएका उल्लेखित केही अपेक्षित सुधार लगायतका विषयमा जनप्रतिनिधिहरुबाट राम्रो काम भइरहेकोे छ भन्ने दाबी भइरहेको छ। तर सञ्चार माध्यम र सामाजिक सञ्जालमा जनप्रतिनिधिहरुको कार्यशैली र नतिजाउपर गुनासा र असन्तुष्टिका स्वरहरु फैलिरहेका छन्। सिष्टम बसाउन नसकेको विषय बढी उठ्ने गरेको छ। निर्वाचित सरकारले सत्ता सम्हाले उप्रान्त आजसम्मको अवधिलाई सबै कुरा चित्त बुझ्ने बनाउन पर्याप्त होइन। तर सुधारात्मक लक्षण देखा पर्ने अवधि हो यो। जसरी टाइफाइडको ज्वरो आएको बिरामीलाई पहिलो मात्राकै एन्टिबायोटिकले ज्वरो घटाउ“छ र बिरामीलाई विश्वास बढ्छ कि अब म निको हुन्छु भनेर। त्यस्तै अवस्था अहिले देखिनुपर्ने हो। तसर्थ समयको आयामबाट जनताको आकांक्षा र जनप्रतिनिधिको प्रतिबद्धताको पहाडलाई छिचोलेर जनताको मुहार ह“साउन बढी मेहनत गर्न आवश्यक छ। अतः सरकारको नेतृत्व गरिरहेका जनप्रतिनिधिहरुमा समय–सचेतना प्रबल बनोस, उत्पादनशील र नतिजामुखी काममा समयको उपयोग हुन सकोस्, खासगरी कर्मचारीस“गको लय र ताल सुदृढ बनोस् र कर्मचारीबाट हुने काम शीघ्र फछर्योट हुने व्यवस्था मिलाउन अझ बढी ध्यान पुगोस, जनताले दुःख सास्ती व्यहोर्न नपरोस् र समाजमा ब्याप्त विलम्बको रोग निर्मूल हुन सकोस् भन्ने शुभेच्छाका साथ यो लेखको बिट मार्दछु।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top