Free songs
Home / समाचार / संक्षिप्त समाचार / छोराको स्मृतिमा दुई किलोमिटर सडक

छोराको स्मृतिमा दुई किलोमिटर सडक

देउखुरी  (युस)– दिवंगत छोरा सुशील चौधरीको स्मृतिमा लमही नगरपालिका वडा नम्बर–२ निवासी कृष्ण चौधरीले व्यक्तिगत लगानीमा दुई किलोमिटर सडक निर्माण गर्नुहुने भएको छ।

लमही–२ मा नेत्रलाल अभागी दिवंगत भएको स्थलमा निर्माण भइरहेको नेत्रलाल स्मृति पार्कसम्म जोड्न दुई किलोमिटर सडक कृष्ण चौधरीले व्यक्तिगत लगानीमा निर्माण गर्न लाग्नभएको हो। सडकको प्रदेशसभा सदस्य रेवतीरमण शर्माले शिलान्यास गर्नुभएको छ।

सांसद शर्माले नेत्रलाल अभागी स्मृति दिवसको सन्दर्भमा सुशील स्मृति सडक शिलान्यास गर्नुभयो। दिवंगत सुशीलका बुवा कृष्ण चौधरीको अध्यक्षता तथा प्रदेशसभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा भएको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले शोकलाइ शक्तिमा बदल्ने अनुकरणीय कार्य गरिएकोमा आभार प्रकट गर्नु भयो।

केही दिनअघि सुशील चौधरी अल्पायुमा मोटरसाइकल दुर्घटनामा परेर दिवंगत हुनुभएको थियो। लमही–२ का वडाध्यक्ष नेपालु चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण वडा नम्बर १ का अध्यक्ष नुमराज पौडेलले गर्नुभएको थियो। कार्यक्रममा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका बेलवासेको सहभागिता थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top