Free songs
Home / समाचार / संक्षिप्त समाचार / गाँजाका बोट खोजी–खोजी नष्ट गरियो

गाँजाका बोट खोजी–खोजी नष्ट गरियो

 गोविन्द खड्का

घोराही । घर, आगन तथा टोल क्षेत्रमा उम्रिएका गा“जाका बोटलाई खोजी–खोजी नष्ट गर्ने अभियान चलेको छ। लोफरहरुको जमघट हुन सक्ने खतरा देखिएपछि गा“जाका बोट नष्ट गर्ने अभियान चलाइएको खरकट्टी टोल विकास संस्था घोराही–१८ का सचिव दिनेश ओलीले जानकारी दिनुभयो।

गा“जाका बोट भएका ठाउमा गजेडी युवाहरु छेक हेरेर घरमा मान्छे नभएको बेला चोर्न आउने खतरा थियो। दिनभरि मान्छे बस्ने घरमा राति सुतेको बेला पनि गा“जाका पात लोर्न आउने स्थिति बन्यो। टोल विकास संस्थाका अध्यक्ष आइते घर्तीको अध्यक्षतामा भएको बैठकले जरैबाट नष्ट गर्ने निर्णय गरेको थियो। घरधनी आफैले आफ्ना नजिकका गाजा फाले।

यसैगरी टोल विकास संस्थाले विजयज्योति पुनको अध्यक्षतामा उज्यालो बिहानी बाल क्लव पुनर्गठन गर्ने निर्णय गरेको छ। त्यसलाई विभिन्न जिम्मेवारी दिएर सक्रिय बनाइने भएको छ भने टोलक्षेत्रको सरसफाइ अभियानलाई गति दिने निर्णय गरेको छ। केही समयदेखि प“धेराको फोहोर थुप्रिदा प्रदूषण बढेको छ। बाटो तथा सार्वजनिकस्थलमा प्लाष्टिक देखिन थालेका छन्। दशैंतिहारपछि सरसफाइ अभियान नचलेको भन्दै हरेक महिनाको दोस्रो शनिवार सामूहिकरुपमा टोल क्षेत्र सरसफाइ अभियान चलाउने निर्णय गरिएको सचिव ओलीले बताउनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top