Free songs
Home / फिचर समाचार / कुकुरको फन्दामा लागूऔषध कारोवारी, तीन पुरुष र दुई महिला पक्राउ

कुकुरको फन्दामा लागूऔषध कारोवारी, तीन पुरुष र दुई महिला पक्राउ

कुमार श्रेष्ठ

बाके। गौरीलाई लागूऔषध खोज्ने जिम्मा दिइयो। लभलाई विष्फोटक पदार्थ। दुबै आ–आफ्नो ‘डिउटी’मा खटिए। गौरी र लभले भारतबाट नेपाल प्रवेश गर्ने हरेक मानिसको जाच गरे।

लभले त केही फेला पारेन। गौरी भने अति नै व्यस्त भई। अर्थात उसले पाच जनाको साथबाट लागूऔषध फेला पारी।  लभ र गौरी प्रहरीले पालेका कुकुरका नाम हुन्। यी दुई कुकुरलाई लिएर लागूऔषध अनुसन्धान ब्यूरोको टोलीले सोमवार साझ ५ देख ७ बजेसम्म नाकामा जाच गरेको थियो। कुकुरले तीनजना केटा र दुईजना युवतीलाई लागूऔषधसहित फेला पा¥यो। ब्यूरो नेपालगञ्जका प्रमुख वीरबहादुर थापाका अनुसार नेपालगञ्जका किशोर धोवीबाट १४ वटा ट्याब्लेट र सय एमएल कोरेक्स, प्युठानका आदिल मियाको साथबाट नौ ग्राम पा“च सय मिलिग्राम ब्राउनसुगर, दाङकी लक्ष्मी खड्का र नेपालगञ्जकी सुमन श्रेष्ठको साथबाट एक ग्राम ब्राउनसुगर, कोहलपुरका राजेन्द्र हरिजनबाट ३९ ट्याब्लेट नाइट्रोभेट बरामद भएको छ। प्युठानका मिया“ लागूऔषध लिन नेपालगञ्ज आएका थिए। दुई महिनाअघि मात्रै विदेशबाट आएका मिया“ले साथीको लहलहैमा लागूऔषध खान शुरु गरेको बताए।

नेपालगञ्ज नाका लागूऔषध बोक्ने नाका बनेको छ। ब्यूरोको टोली रातदिन खटिदा पनि कारोवारीले कुनै न कुनै माध्यमबाट लागूऔषध नेपालगञ्ज भिœयाइरहेका छन्। नाकाबाट फुत्किएका कारोवारी तथा प्रयोगकर्ताहरु कोहलपुर, बैजनाथ गाउ“पालिकामा पक्राउ परिरहेका छन्। ‘लागूऔषध भित्रिन नदिन हामी रातदिन लागेका छौं। जति नै कडाइ गरे पनि लागूऔषध भित्रिन छोडेको छैन’– ब्यूरोका प्रमुख थापाले भन्नुभयो– ‘लागूऔषधले त नेपालगञ्ज शहरमात्रै होइन, ग्रामीण वस्तीसमेत तहसनहस हुन थालिसक्यो।’ कुकुरले शरीर तथा झोला सुघेर लागूऔषध पत्ता लगाएको छ। भारतमा गएर लागूऔषध खाएर आउनेको जाच गरिएकोछैन।

नेपालगञ्ज नाकाबाट भारतीय शहर रुपैडिहामा गएर लागूऔषध सेवन गरेर फर्किनेको संख्या अझ ठूलो छ। सधैं भीडभाड रहने नाका भएको र सामानका बीच या जहा“ पनि लुकाएर ल्याउन सक्ने भएकाले सोझो बाटोबाट लागूऔषध भित्रिरहेको छ। जिल्लाका छोटी नाकाबाट भित्रिनेलाई त कुनै चिन्ता नै छैन। कारोवारीहरु माल बोकेर सहजै गन्तब्यमा पुग्ने गर्दछन्।

नेपालगञ्ज नाकाबाट भित्रिएको लागूऔषध दाङ, प्युठान, सुर्खेत, दैलेख, जुम्लामात्रै होइन, राजधानीसम्म पुग्ने गरेको अधिकारीहरु बताउ“छन्। प्रहरीले बेला–बेलामा नाकामा कुकुरसहित जा“च गर्ने गरेको छ। ब्यूरोका इञ्चार्ज थापाले लागूऔषध प्रयोगकर्ता बढेकाले नियमित जा“च गर्ने अभियान नै थालिएको बताउनुभयो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top