Free songs
Home / विचार / पर्यावरणसँग सम्वन्धित दिवस र हाम्रो दायित्व

पर्यावरणसँग सम्वन्धित दिवस र हाम्रो दायित्व

डिल्लीबहादुर रावत

नया वर्ष २०७६ को १ गते देखि २० गतेसम्म wildlife week, बैसाख ९ गते world migratory bird Day,  जेठ ३ गते भ्लमबलनभचभम क्उभअष्भक म्बथ, मनाइयो भने जेठ ८ गते international day for biological diversity day मनाउने छौं। यसरी मनाइने दिवसलाई व्यवहारमा नउतार्दासम्म न प्रकृतिको संरक्षण हुन सक्छ न त मानिसको वर्तमान सुखद र भविष्य सुनिश्चित नै हुनसक्छ।

यस धर्तीमा मानिस नरहे पनि जैविक विविधता रहिरहन्छ। तर जैविक विविधता नभए मानिसको अस्तित्व यस धर्तीमा एक मिनेट पनि रहन सक्दैन। भन्नुको मतलब सम्पूर्ण प्रजातिका वनस्पति, जीव, पानी र त्यहा“ रहने वनस्पति र जीवन हुने हो भने सृष्टिचक्र नै अगाडि बढ्न सक्दैन। आज मानिसकै कारण जैविक विविधता दिनप्रतिदिन विनाश हु“दै गइरहेको छ। यति मात्रै होइन, प्राकृतिक बनोटसमेत खलबलिन पुगिरहेको छ। मानिसले जतिसुकै भौतिक विकास गरे पनि प्रकृतिलाई जित्न वा आफ्नो काबुमा राख्न सक्दैन। प्रकृतिको नियममा मानिस बस्नैपर्दछ। प्रकृतिको नियमविरुद्ध जानु भनेको मानिस जातिको अस्तित्व नै यस धर्तीबाट लोप गराउन खोज्नु हो। हाम्रा नीति निर्माताहरुले मानिसको हितलाई पहिलो प्राथमिकता दिदै जैविक विविधताको संरक्षण र दिगो विकासलाई गौण बनाउ“दा नै पर्यावरणीय समस्या र शुद्ध खाद्य अभावमा जुधिरहनुपरेको छ। यति मात्र होइन, प्रकृतिले सृष्टिचक्रलाई निरन्तरता दिनको लागि बनाइदिएको पारस्थितिकीय प्रणाली नै ध्वस्त पार्न खोज्दैछांै र यसले अन्ततः मानव जातिकै अस्तित्व समाप्त पार्दछ, भन्ने कुरा बुझ्न सकेका छैनौं। बुझे पनि सत्ता प्राप्तिको खेलले गर्दा मानिसको भौतिक विकासमा जोड दिनु तर पर्यावरणका पक्षहरुलाई गौण सम्झने परिस्थितिले नै जैविक विविधता विनाश ह“ुदै गएको कुरा घाम झैं छर्लंग छ। तैपनि हाम्रा नीति निर्माणकर्ता र राजनीतिक पार्टीका नेता कार्यकर्तामा जैविक विविधताको महत्व, औचित्य र समग्र पर्यावरणका विषयमा चेत अझै पलाउन सकेको छैन। जसले गर्दा आज हरितगृह ग्या“सहरुको उत्सर्गमा कमीआउन सकेको छैन।

संसारभरिका सचेत नागरिकहरुले शासकहरुलाई निरन्तर दबाब दिइरहेका छन्। जसको कारण अन्तर्राष्ट्रिय सम्मेलन गोष्ठीहरु निरन्तर हु“दै पनि आइरहेका छन्। यस सम्बन्धी महासन्धिहरु पनि भएका छन्। दुःखको कुरा व्यवहारमा लागु गर्न सकेका छैनन्। उपभोक्तावादी सोच, चिन्तन र व्यवहारमा परिवर्तन आउन सकेको छैन जैविक विविधताको महत्व र औचित्यलाई संसारभरि स्थापित गराउनको लागि चेतनाको अभिबृद्धि गर्न अत्यन्त जरुरी भएकोले मे २२ अर्थात जेठ ८ गते जैविक विविधता संरक्षण दिवस संसारभरी विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ। आज भन्दा २५ वर्ष अगाडि अर्थात सन् १९९२ मा ब्राजिलमा भएको जैविक विविधतासम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि भयो। धेरै देशले हस्ताक्षर गरी मे २२ लाई अन्तर्राष्ट्रिय जैविक विविधतादिवसका रुपमा मनाउन शुरु गरियो। नेपालमा भने सन् २००३ देखि मनाउन शुरु गरियो। तैपनि सरकारहरुले खासै चासो दिएको देखिदैन वन मन्त्रालयले एक दिने कार्यक्रम राख्नमै सीमित छ। मन्त्रीहरु प्रमुख अतिथि भएर भाषण छाट्नमै सीमित हुनेछन्। किनभने यो सालको जैविक विविधता संरक्षण दिवस जेठ ८ गते परेको छ। जब कि त्यसको विज्ञापन र संरक्षणमा योजना बनाएर बजेट छुट्याएको देखिदैन।

आज धेरै प्रजातिका वनस्पतिहरु संकटबाट गुज्रिरहेका छन भने कतिपय लोपै भएर गएका पनि हुन सक्छन्। नेपाल सरकारस“ग डाटा नै छैन। यस्तै गरी कतिपय महत्वपूर्ण प्रजातिका पंक्षीहरु गम्भीर संकटबाट गुज्रिरहेका छन भने कतिपय लोप पनि भएर गए। तर सरकारले संरक्षणमुखी कार्यक्रम बनाएको देखिदैन। गिद्ध संरक्षण सम्बन्धी पा“चवर्षीय कार्यक्रम बनाउ“छ । तर बजेट छुट्याउ“दैन। स्थानीय सरकारलाई यसबारे थाहै छैन अनि कसरी हुन्छ जैविक विविधताको संरक्षण ?
दिवस मनाएर औपचारिकता मात्र पूरा गर्नु भनेको जैविक विविधता संरक्षणप्रति उदासिन हुनु हो। प्रकृतिविरोधी बन्नु हो। हाम्रो देशमा त प्रकृति विनासकर्ताहरु नै प्रकृति संरक्षक भनेर सम्मानित हुने ठाउ“मा छन् भने कसरी प्रकृतिको संरक्षण होला। त्यसैले मानिसको अझ भन्ने हो भने शासकहरुको चेतनामा पूर्ण परिवर्तन गराउनु पर्ने आजको आवश्यकता हो। यसको निम्ति हामी सबै नेपालीहरुले निरन्तर दबाब दिनुपर्ने अवस्था छ। जैविक विविधताको विनाश गरेर आफ्नो व्यक्तिगत लाभ लिने गिरोहलाई नांगेझार बनाउन सबै सचेत नागरिक लाग्नुपर्दछ। अझ यसमा पनि पत्रकारहरुको अहं भूमिका हुनुपर्दछ।

हाम्रो देश नेपाल भूगोलमा सानो

छ । तर जैविक विविधताको दृष्टिकोणले हेर्दा संसारकै धनी देशहरुमा पर्दछ। संसारमै नपाइने वनस्पति जडीबुटी नेपालमा पाइन्छन् । जस्तै का“डेभ्यकुर भन्ने चरा नेपालको अरुण उपत्यकामा मात्रै पाइन्छ। यस्तै गरी अन्य जीव कीरा फट्यांग्रा पनि छन्। यहा“ दुईसय किमीभित्र कैयौं प्रजातिका वनस्पति जडीबुटी बन्यजन्तु पाइन्छन्। यस्तो अन्यत्र कमै हुन सक्छन्। त्यसैले जैविक विविधतामा हाम्रो देश धनी छ। यसको दिगो संरक्षण विकास र सावधानीस“ग उपयोग गर्न सक्ने हो भने नेपाललाई चा“डै नै धनी मुलुक बनाउन सकिन्छ। सरकारस“ग नीति हुनुप¥यो, प्रोग्राम बनाउनु प¥यो र लगानी जुटाउनुप¥यो। उदाहरणको लागि जडीबुटी सस्तो मूल्यमा बिक्री भइरहेको छ। यसलाई औषधि बनाउन नसके पनि प्रशोधन गरेर विदेश पठाउने हो भने मनग्य आम्दानी हुनसक्छ। यस्तैगरी वन्यजन्तु ब“देल, राते, चित्तल र घोरल जस्ता वन्यजन्तु सामुदायिक वनमा पालेर बिक्री गर्ने हो भने मासुको आपूर्ति हुन सक्छ। जवकि मासुको लागि अरबांै रुपैया“ विदेशिइरहेको छ। यस्ता धेरै क्षेत्र छन् जैविक विविधताको संरक्षण विकास गरेर आम्दानीका स्रोतहरु जुटाउन सकिन्छ। यसतर्फ सरकारको ध्यान गएको देखिदैन तर चोरी शिकारी भइरहेको छ। विनाशतिर गइरहेको छ। यस्तैगरी खाद्यान्न फलफूलमा आत्मनिर्भर हुन सकिन्छ।

हामी सचेत मानिने मानिसकै कारण हरितगृह ग्या“सहरु निरन्तर वायुमण्डलमा बढ्दै गइरहेको छ। जसले गर्दा पृथ्वी र यसको वायुमण्डलको तापक्रम बढ्दै गइरहेको छ। यसले मानवजातिको विभिन्न पक्षमा नराम्रोस“ग प्रभाव पारिरहेको छ भने जैविक विविधता पनि विनाश गरिरहेको छ। मान्छेलाई चाहिने खाद्यान्नदेखि औषधिसम्मको स्रोत नै जैविक विविधता हो। वैशाखमा फुल्ने लालीगुरा“स फागुनमा फुल्न शुरु गरिसक्यो। मुस्ताङमा तरकारी खेती हुन थाल्यो। उष्ण जलवायुमा पाइने वनस्पती र वन्यजन्तु ठण्डी ठाउ“मा देखापर्न थाल्यो। यो प्रकृतिको नियमविरुद्ध हो। नेपाली खोजकर्ताहरुले कञ्चनजंघादेखि नास्पासम्म अध्ययन गर्दा वृक्षरेखा १.५ दशमलबका दरले माथि सर्दै गएको तथ्यांक बाहिर ल्याएका छन्। वृक्षरेखादेखि माथि घा“सेस्थल छ। जहँ“ किसानहरुले भेडा, चौंरीलगायत पशुपालन गरेका छन्। अब बृक्षरेखा माथि सर्दै गयो भने ती घा“से स्थल विनाश हुनेछन्। यसले त्यहॉका पशुपालक किसानको जीवनस्तरलाई नराम्रोस“ग प्रभावित बनाउनेछ।

त्यसैले प्राकृतिक जैविक विविधताले मानिसलाई समृद्ध बनाउ“छ। यसको संरक्षण र विकासविना मानव विकास मात्रै होइन अस्तित्व नै सम्भव छैन। आजको आवश्यकता भनेको प्राकृतिकरुपमा रहेको जैविक विविधतालाई दिगो संरक्षण र विकास गर्नु हो। हाम्रा हजारौ वर्षदेखि प्रकृतिमा घुल्दै आएका खाद्य वस्तुहरु लोप ह“ुदै गइरहेका छन्। जस्तै सिमठारो धान, ढुनमुने धान, तिल्की धान, गौरीजस्ता धेरै प्रजातिका धान गह“ु लोप भएर गए भन्दा पनि हुन्छ। यस्तै गरी गेडागुडी, गहु“, मकै पनि लोप हुदै गइरहेका छन। प्राकृतिक खाद्यबालीमा मानव स्वास्थ्यमा चाहिने सबै तत्व विद्यमान थियो र स्वस्थ पनि थियो। यति मात्रै होइन, रोगविरुद्ध लड्ने शक्ति पनि प्रदान गर्दथ्यो। आज बढी उत्पादन गर्ने नाममा हाइब्रिड बिजको व्यापकता छ। यसलाई उत्पादनशील बनाउन रासायनिक मल र विषादी प्रयोग गर्दा मानवको निम्ति मन्दविषयुक्त खाना त भयो नै जमिन समेत बञ्जड बनाउ“दै लगिरहेका छांै। यसतर्फ सरकारलाई सोच्ने फुर्सदै छैन । अनि कसरी हुन्छ जैविक विविधताको दिगो संरक्षण ? त्यसैले सरकारले यसतर्फ सोच्नुपर्दछ। नीति बनाएर बजेट छुट्याउ“दै जनचेतना फैलाउ“दै कार्यान्वयनमा जानुपर्दछ। अनि मात्र जैविक विविधता दिवस मनाएको सार्थकता हुनेछ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top