Free songs
Home / विचार / नेपालमा दुग्ध व्यवसायको सम्भावना र पूर्व–शर्तहरु

नेपालमा दुग्ध व्यवसायको सम्भावना र पूर्व–शर्तहरु

डा.विरेन्द्र केसी

संयुक्त राष्ट्र संघको जनसंख्या सम्बन्धी तथ्याङ्क अनुसार अल्पविकसित समूहमा पर्ने विश्वका ४८ जति मुलुक जस्तै नेपाल, भुटान, सुडान आदिमा जनसंंख्या बृद्घिदर विकसित समूहमा पर्ने मुलुकहरूको तुलनामा झण्डै तीनगुणाले बढी छ। फलस्वरुप अल्पविकसित समूहका देशहरुमा रहेको हालको लगभग एक अर्बको जनसंख्या इ.सं. २०५० सम्म १.५ अर्ब पुग्ने आ“कलन छ। सो अवधिमा नेपालको हालको जनसंख्या करिव १.८ गुणाले बढ्ने देखिन्छ। जनसंंख्या बृद्घिको सोझो असर खाद्यान्न उत्पादन र खाद्यान्न मागमा पर्नेछ।

शहरीकरण जनसंख्या बृद्घिकै समानान्तरमा रहेकोे अर्को मुद्दा हो। सामन्यतया शहरी क्षेत्रको आम्दानी ग्रामीण क्षेत्रको तुलनामा बढी हुने ह“ुदा शहरीकरण स“गस“गै शहरमा बस्ने मानिसहरूको जीवनस्तरमा सुधार आउनेछ। जसले गर्दा चामल र गहु“बाट बनेका परिकार भन्दा, माछामासुबाट बनेका परिकार खाने प्रचलन बढ्नेछ । त्यसको उत्पादनको लागि निकै बढी पानी आवश्यक पर्दछ।

खनिज इन्धनको सट्टा जैविक इन्धनको बढ्दो प्रयोगले खेतीका लागि उपलव्ध जमिन र पानीमा अझ बढी दबाब सिर्जना गर्नेछ। कृषि क्षेत्रमा प्रयोग हु“दै आएको स्रोत गैरकृषि क्षेत्रमा परिणत हु“दै जा“दा विश्वमा भोकमरी बढ्दोे समस्याका रूपमा देखापरेको छ। राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको पछिल्लो तथ्याङ्क अनुसार खाद्यान्न अभावकै कारण हाल हरेक रात करीव ९६ करोड मानिसहरू खाना नखाएरै सुत्ने गर्दछन्। यस्ता खाद्य अभाव मानिसहरूमध्ये आधाभन्दा बढी बालबालिकाहरू पर्दछन्। भोक र कुपोषणकै कारण प्रति पा“च मिनेटमा एकजना बालकको मृत्यु हुन्छ। नेपालमा पनि देशको दुर्गम भेगमा बस्ने हालसम्म पनि राजनीतिक, आर्थिक तथा सामाजिकरुपमा पछाडि रहन बाध्य पारिएका विपन्न समुदायका वस्तीहरुमा भोकमरीको समस्या फैलिदै गएको देखिन्छ।

नेपालकोे कुल गार्हस्थ्य उत्पादनको एक तिहाई भाग कृषि क्षेत्रमा निर्भर गर्दछ जुन उद्योग क्षेत्रबाट प्राप्त हुने भन्दा दुईगुणाले बढी छ। जम्मा भू–भागको २० प्रतिशत अंश ओगटेको कृषि व्यवसायमा झण्डै दुई तिहाई जनसंख्या आश्रित छन्। विश्वको कुल क्षेत्रफलको ०.०३ प्रतिशत तथा एशियाको कुल क्षेत्रफलको ०.३ प्रतिशत भाग मात्र ओगटेको सानो भू–परिवेष्टिक मुलुक भए पनि समुद्र सतहबाट ६४ मि. देखि ८,८४८ मि. सम्मका विशाल उचाइ अन्तरका भू–भागहरु रहेकाले नेपाल विविध मौसमहरुको धनी देश मानिन्छ। ज्यादै गर्मीदेखि ज्यादै चिसो सम्मका मौसमहरु पाइनुको कारण यहा“ थरिथरिका कृषि व्यवसायहरु जस्तै विविध अन्नबाली तथा दुग्ध व्यवसायको सम्भावना सुन्दर देखिन्छ।

दुग्ध व्यवसाय भन्नाले दूध उत्पादनका लागि गरिने गाई पालनदेखि सोका लागि गरिने कृषि खेतीलाई बुझाउ“छ। नेपालमा व्यवस्थित दुग्ध व्यवसाय १९५२ देखि (रसुवामा याक चिज फ्याक्ट्रीको स्थापनास“गै) भएको देखिन्छ। दुग्ध व्यवसाय हाल आएर कृषिको अभिन्न अंगको रुपमा स्थापित भइसकेको छ। नेपाल सरकार दुग्ध व्यवसायको विकास र विस्तारको लागि दृढ देखिन्छ। तर पनि यस क्षेत्रले आशातित उपलब्धि भने प्राप्त गर्न सकेको छैन।

प्राकृतिक स्रोतहरुको असमान वितरण र व्यवस्थापन दुग्ध व्यवसाय राम्रोस“ग फस्टाउन नसक्नुको प्रमुख कारणको रुपमा देखिएको छ। जस्तो कि नेपालको कुल क्षेत्रफलको १५ प्रतिशत भू–भाग हिमाली प्रदेशमा पर्दछ जसले कुल गौचरन को ८० प्रतिशत अंश ओगटेको छ। तर यस क्षेत्रमा नेपालमा रहेका कुल चौपायाहरुमध्ये केवल १० प्रतिशत मात्र पाइन्छन्। जसले गर्दा यहा“ चौपायाहरुको लागि उपलब्ध आहारको परिमाण आवस्यक भन्दा बढी छ। पहाडी प्रदेशमा ५० पू्रतिशत चौपायाहरु रहन्छन् जसले केवल १८ प्रतिशत मात्र गौचरण ओगटेको छ। फलस्वरुप यस प्रदेशमा चैपायाहरुको लागि आवश्यक आहार को परिमाण ५५ प्रतिशतले अपुग छ। तराईमा भने गौचरणको क्षेत्रफल कम भए पनि देशको आधा भन्दा बढी कृषि क्षेत्र रहेको कारण चैपायाको लागि आवश्यक आहारमा त्यति समस्या देखिदैन।

नेपालमा चैपायाहरुको लागि आवश्यक कुल आहारको परिमाण झण्डै एक तिहाईले कम देखिन्छ। जसले गर्दा विश्वका अन्य देशहरुको तुलनामा नेपालमा प्रतिगाई दूद्य उत्पादन अत्यन्तैै न्यून छ। नेपालको तुलनामा अमेरिकामा वार्षिक प्रतिगाई दूद्य उत्पादन झण्डै २० गुणाले बढी छ भने समान प्राकृतिक वातावरण भएको ब्राजिलमा झण्डै तीन गुणाले बढी छ। यसको सिधा अर्थ उपलब्ध जमिन र पानीको उचित सदुपयोगबाट विद्यमान दुध उत्पादनमा उल्लेख्य बृद्घि गर्न सकिनेछ।
अन्न बाली विकास तथा दूध उत्पादन उपलब्ध जमिनको आयतनमा अथवा उत्पादनमा बृद्घि गरेर हल गर्न सकिने देखिन्छ। कुनै–कुनै ठाउ“मा दुबै उत्पादन र आयतनमा सन्तुलित हिसावले बृद्घि गर्नुपर्नेछ। नेपालमा कृषियोग्य जमिन विस्तारको भविष्य शून्य जस्तै छ। किनकि उत्पादनशील जमिन पहिले नै कृषिमा प्रयोग भइसकेको छ। प्रयोग हुन बा“की जमिनबाट आकर्षक प्रतिफलको सम्भावना निकै कम देखिन्छ। त्यसैले नेपाल जस्ता अल्पविकसित समूहका मुलुकहरूले उपलब्ध जमिनको उत्पादनमा बृद्घि गर्नु नै उत्तम उपाय हुनेछ। यस्ता मुलुकहरूमा पशुहरुको लागि चाहिने आधिकतम आहार मकै, जौ अथवा गहु“का डा“ठहरु, धानको भुस, पराल आदि बाट प्राप्त हुन्छ। त्यसैले अन्नबाली विकास दुध व्यवसायको पहिलो शर्त मानिन्छ।

वर्तमान कृषि प्रणालीमा व्यापक सुधारको खा“चो छ। विद्यमान कमजोर सिंचाई सुविधामा सुधार, आधुनिक कृषि उपकरणहरुको सुनिश्चितता, रासायनिक मल तथा किटनासक औषधिको सुरक्षा, परम्परागत निर्वाहमुखी कृषि प्रणालीको व्यवसायीकरण आदि अन्नबाली विकास तथा दूध उत्पादनका लागि अनिवार्य पूर्वशर्तहरु हुन्। विश्वका धेरै ठाउ“हरूमा सरकारबाट सञ्चालित भन्दा किसानहरूबाट सञ्चालित सिंचाईका योजनाहरू बढी फलदायी देखिएका छन्। त्यसैले सरकार अब सहयोगीको रूपमा मात्र रहनुपर्दछ। योजना निर्माण, नीतिनियम तर्जुमा तथा अनुगमन बाहेकका बा“की कार्यहरू किसान र निजी क्षेत्रबाट गरिनुपर्छ।

ठूला योजनाहरूको हकमा निजी क्षेत्रलाई मूल र उपशाखा नहरसम्मकोे र किसानहरूलाई त्यो भन्दा तलको योजना सञ्चालन तथा मर्मत संभार सम्बन्धी सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गरिनुपर्छ। तर त्यसको लागि सामाजिक र प्राविधिक ज्ञान भएको किसानहरूकोे बलियो संगठन आवश्यक पर्दछ। त्यसकारण योजना हस्तान्तरण गर्नुपूर्व किसानहरूलाई योजना सञ्चालन तथा मर्मत सम्भार सम्बन्धी आवश्यक सीपको अभिबृद्घि गर्नुपर्नेछ। उपभोक्ता समिति नै गठन नभएका योजनाहरूमा पहिला किसानहरूलाई उपभोक्ता समिति गठनमा पे्ररित गर्नुपर्नेछ। यस्ता समितिहरूलाई योजनाका हरेक तहमा सहभागी गराएर अनि क्षमता अनुसारको जिम्मेवारी दिएर उनीहरूको दक्षता बृद्घि गर्न सकिनेछ।

हाल गौचरनले ओगटेको १२ प्रतिशत र कुनै पनि कृषि उत्पादनमा प्रयोग नभएको (बा“झो) झण्डै सात प्रतिशत गरी १९ प्रतिशत भू–भागमा उन्नत घा“स खेती गरी पशु पालनको दिगो विकासमा टेवा पु¥याउन सकिन्छ। त्यस्तै उन्नत प्रजातिका गाईको प्रयोग, किसानहरूको चेतना, सीप तथा क्रय शक्तिमा सुधारबाट अन्न बाली बिकास तथा दुध उत्पादनमा ठूलो फड्को मार्न सकिने देखिन्छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top