Free songs
Home / समाचार / संक्षिप्त समाचार / सिद्धरत्ननाथ माविको वार्षिकोत्सव

सिद्धरत्ननाथ माविको वार्षिकोत्सव

 

सागर खनाल

नारायणपुर। सिद्धरत्ननाथ नमूना माध्यमिक विद्यालय नारायणपुरको ५३ औं वार्षिकोत्सव तथा अभिभावक मिलन समारोह शनिवार सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन्ताबहादुर बुढाथोकीको अध्यक्षता तथा प्रदेशसभा सदस्य अर्जुनकुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा भैरहवा तालिम केन्द्र्रका उत्तम खनालको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो।

विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि हेमशंकर गौतमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा विद्यालयका पूर्व प्रअ सेनराज शाह, नारायणपुर खानेपानीका अध्यक्ष कुलप्रसाद रजौरे, घोराही उपमहानगरपालिका वडा नं. १० की सदस्य केशरी विश्वकर्मा, मावि हापुर बिजौरीको प्रअ वीर बहादुर रावत, पशुुपति विद्याश्रम उमाविका प्रिन्सिपल केशव थापा, विद्यालयकी छात्रा सिर्जना शर्मालगायतले बोल्नुुभएको थियो।

विद्यालयका प्रअ टोपबहादुर केसीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुुभएको थियो। सो अवसरमा घोराही–१० निवासी हाल अष्ट्रेलियामा बसोवास गर्दै आइरहेका आदर्श खत्रीले विपन्न तथा जेहेनदार विद्यार्थीहरुको शैक्षिक सहयोगार्थ बाबुुआमा तोर्णबहादुर खत्री र छवा केसीको नाममा एकलाख ५० हजार रुपैया“को अक्षयकोष स्थापना गर्नुुभएको थियो। खत्रीले विद्यालयमा अध्ययनरत विपन्न परिवारका दुुईजना विद्यार्थीहरुको शैक्षिक खर्च व्यहोर्ने बताउनुभएको छ। सो अवसरमा विद्यालयमा स्थापना भएका अक्षयकोषबाट विभिन्न विद्यार्थीहरुलाई पुरस्कृृत एवं सम्मान गरिएको थियो।

विद्यालयमा लामो समय अध्यापन गराई स्वेच्छिक अवकाश प्राप्त गर्नुुभएका शिक्षक रमेश आचार्य, चूडामणि बुढाथोकी सम्मान गरिएको थियो। त्यसैगरी नारायणपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई विद्यालयलाई निःशुल्क पानी दिएवापत सम्मान गरिएको थियो। कार्यक्रमको सहजीकरण शिक्षिका लक्ष्मी केसीले गर्नुुभएको थियो। विभिन्न सांस्कृतिक प्रस्तुति राखिएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top