Free songs
Home / सम्पादकीय / स्वास्थ्य संस्थाको हैसियतअनुरुप सेवा देऊ

स्वास्थ्य संस्थाको हैसियतअनुरुप सेवा देऊ

दाङमा पछिल्लो समय जनघनत्व बढिरहेको छ। हुन त धेरै  जिल्लामा यस्तो जनघनत्व बढेको छ तर पश्चिम नेपालमा सबै भन्दा द्रूत गतिमा जनघनत्व बढ्ने जिल्लाको रुपमा दाङ देखिन्छ। पहाडी जिल्लाहरुमा भौ तिक पूर्वाधार विकास भए पनि दाङमा जनघनत्व बढ्ने क्रम रोकिएको छै न। दाङ एकप्रकारको पहाडी जिल्लाको विश्राम थलो वा ट्राञ्जिट प्वाइन्टको रुपमा पनि विकास हुन थालेको छ। यसरी एकातिर दाङमा आन्तरिक जनघनत्व बढेको छ भने अर्कोतिर छिमेकी पहाडी जिल्लामा शिक्षा, स्वास्थ्य आदि सेवामा कमी नै  रहेकाले ती जिल्लाबाट पनि यी सेवा लिन दाङ नै  झर्नुपर्ने अवस्था छ। यसले गर्दा दाङमा झन पछि झन शिक्षा र स्वास्थ्यमा सेवा सुविधा बढाउँदै  जानुपर्ने आवश्यकता छ। शिक्षामा केही हदसम्म राम्रो हुँदै  गए पनि स्वास्थ्य सेवा भने अझै  सहज र गुणस्तरीय हुन सकिरहेको छै न।

पश्चिम नेपालमा दाङ नै  यस्तो जिल्ला पर्दछ, जहाँ सबै भन्दा धेरै  स्वास्थ्य संरचना छन्। उपक्षेत्रीय र अञ्चल अस्पताल उस्तै  समयमा स्थापना हुने पहिलो जिल्ला हो दाङ। घोराहीमा रहेको राप्ती उपक्षेत्रीय अस्पताल अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बदलिएको छ भने तुलसीपुरको राप्ती अञ्चल अस्पताल प्रादेशिक अस्पतालमा बदलिएको छ। त्यस्तै  बिजौ रीमा तत्कालीन मध्यपश्चिम आयुर्वेदिक अस्पताल अहिले प्रादेशिक आयुर्वेदिक अस्पताल बनेको छ भने बेलझुण्डीमा नेपाल संस्कृत विश्वविद्यालयको मेडिकल कलेज रहेको छ। दाङमा चारवटा त ठूला सरकारी अस्पताल नै  छन्। अस्पतालका बोर्डहरुमा परिवर्तन आए पनि सेवा सुविधामा खासै  परिवर्तन आउन नसक्नु हाम्रो बिडम्बना बनेको छ।

लामो समयसम्म विवादै विवादमा रुमल्लिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा सुचारु नै  भए पनि सेवाको गुणस्तर र सहजता अझै  कायम भइसकेको छै न। अदालतको आदेशपछि सामान्य अवधिको शुल्क पुरानै  कायम भए पनि विस्तारित सेवाको शुल्क चर्को हुने भन्दै  विरामीले गुनासो गरिरहेका छन्। त्यसो त बढ्दो जनघनत्व र फेरिदो मौ समसँगै  प्रतिष्ठानमा विरामीको चाप निकै  भए पनि जनशक्ति पर्याप्त देखिदै न। खासगरी इमर्जेन्सीमा विरामीको भीड हुने गरे पनि न्यून जनशक्तिका साथ समस्या हुने गरेको स्वयं स्वास्थ्यकर्मीहरु बताउँछन्। तुलसीपुरमा पनि सिंगो प्रदेश अस्पताल चारजना चिकित्सकले धानिरहेका छन्। घोराहीमा प्रतिष्ठानको सेवा महंगो भएसँगै  तुलसीपुरमा जाने विरामीको चाप बढे पनि कम जनशक्तिका कारण समस्या आएको अस्पतालले बताएको छ। १६ जना चिकित्सकको दरबन्दी रहेको अस्पतालमा चारजना मात्रै  हुनु समस्याको विषय हो, यसमा प्रदेश सरकारको ध्यानाकर्षण हुनु आवश्यक छ।

बाँकी दुई अस्पताल नेसंविको आयुर्वेद शिक्षण अस्पताल र बिजौ रीको प्रादेशिक आयुर्वेदिक अस्पताललाई पनि प्रभावकारी बनाउन आवश्यक छ। यी दुई अस्पतालले मध्य दाङका विरामीलाई मात्रै  सेवा दिन सके पनि सहज हुनेछ। दीर्घकालीनरुपमा हामीले विरामीलाई आयुर्वेदतर्फ आकर्षित गर्न सक्नुपर्छ। एलोपेथिक औ षधिले तत्काल निको बनाए पनि यसले दीर्घकालीनरुपमा नकारात्मक असर पु¥याउने भएकाले विस्तारै  विरामीलाई आयुर्वेदिक चिकित्सातर्फ आकर्षित गर्न सक्नुपर्छ। त्यसका लागि आकस्मिक विरामीलाई तत्काल उपचार गर्ने र दीर्घ रोगीहरुलाई दिगोरुपमा नै  उपचार गर्ने गरी आयुर्वेद अस्पतालहरुले विरामीलाई आश्वस्त बनाउनुपर्छ। ठूलो संख्यामा बीएएमएसका विद्यार्थीहरुले यहीबाट अध्ययन गरिरहेकाले नेसंविको शिक्षण अस्पतालको अझ बढी सम्भावना रहेको छ। यसरी दाङमा स्वास्थ्य संस्था धेरै  भए पनि सेवा सुविधाको गुणस्तर बढ्न सकिरहेको छै न। यसतर्फ सम्बन्धित निकाय मात्र होइन, सबै  तहका सरकारको पनि ध्यान जानुपर्छ र स्वास्थ्य संस्थाको है सियतअनुरुपको सेवा दिन शुरु गर्नुपर्छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top