Free songs
Home / विचार / समस्याबाट घेरिने कि समस्यालाई घेर्ने ?

समस्याबाट घेरिने कि समस्यालाई घेर्ने ?

 

जीतबहादुर शाह

कतिपय मानिसहरुको अनुहार हेर्दा पनि थाहा हुन्छ, उसका समस्याहरुको बारेमा। कतिपयले त प्रकृतिबाट बरदान पाएको उज्यालो अनुहार पनि समस्याहरुकै  कारणले गर्दा कुच्चिएको सिल्बरको भा“डा जस्तै  कच्याककुचक बनाएर पनि बा“चेको जस्तो लाग्छ। के छ त हालखवर भनेर सोध्यो भने जेनतेन बा“चिएकै  छ भन्ने मित्रहरुको त लर्को नै  हुने गर्दछ। जेनतेन बा“चिएकै  छ भन्ने भावलाई बुझ्दा पनि उनीहरु समस्याका पहाडहरुले उठ्न नसक्नेगरी थिचिएर पनि स्वास फेरिरहेका भने छन् भन्ने कुराको प्रतीत हुन्छ। यसो भन्नेहरुमा बेरोजगार, रोगी, बिरामी, अशक्त, बुढाबुढी आदि भइदिए त त्यही अस्वाभाविक पनि होइन कि जस्तो पनि लाग्थ्यो होला। तथापि यसो भन्नेहरुमा रोजगार पाएका कर्मचारी र शिक्षकहरु नै  बढी भएको देख्दा कहिलेकाहीं उदेक पनि लाग्ने गर्दछ। यी सबै को जीवनको आद्योपान्त अध्ययन गर्दा जीवनदेखि हार खाएर पनि मृत्युलाई स्वागत गर्न नसकेर बा“की जीवन दुःखका साथ बा“चिरहेका प्राणीहरु हुन् भन्ने कुराको सहज रुपमा अनुमान गर्न सकिन्छ।

एकपटक बनारसको सारनाथमा केही सामग्री राखेको झोला हातमा बोकेर हिड्दै  गर्दा स्वामी विवेकानन्दलाई बा“दरले पछाडिबाट लखेट्न थालेछ। उनी दौ डेर भाग्दै  गर्दा झन लखेट्न थालेछ। उनी दौ डने क्रममा हस्याङफस्याङ भएर मुटु फुट्ला जस्तो भइसक्दा पनि बा“दरले लखेट्न छोडेनछ। एक पाइला अगाडि बढ्न नसक्ने हु“दा पनि बा“दरले लखेट्न नछोडेपछि उनलाई एक्कासी कसै ले आदेश दिए झै  लागेछ– ‘नभाग, बरु उभिएर बा“दरको मुकाविला गर।’ स्वामी विवेकानन्दले पनि त्यसै  गरेछन्। बा“दर पनि रोकिएर लखेट्न छोडेछ। उनले बा“दरलाई हप्काएर लखेट्ने जस्तै  गरी एक दुई पाइला अघि बढाएछन्। अघि लखेट्दै  आएको बा“दर अब आफै  डराएर लखेटिए झै  गरी फर्केर आफ्नो बाटो लागेछ।
समस्या पनि बा“दर जस्तै  रहेछ। ठूलो ठान्यो ठूलै  हुने, सानो देख्यो सानै  हुने। समस्यास“ग डरायो भने झन डरलाग्दो हुने र समस्यास“ग निर्भिक भयो भने केही जस्तो नलाग्ने। समस्यालाई देखेर कायर हुनेहरुलाई समस्याले कहिल्यै  पनि छोड्दो रहेनछ । बरु बा“दरले जस्तै  लखेटिराख्दोरहेछ। समस्यालाई अवसरको रुपमा स्वीकार गर्नेहरुलाई समस्याले क्षमता, दक्षता, शिक्षा, पहिचान र प्रतिष्ठा दिएर जाने गर्दछ भने समस्यालाई बोझको रुपमा लिनेहरुलाई समस्याले असफलता, रोग, शोक, बदनाम र नै राश्यता छोडेर जाने गर्दछ। समस्यालाई बोझको रुपमा लिएकै  कारण कतिपय मानिसहरुको जीवन जेनतेन चल्ने ठेलागाडा जस्तो भइदिने गर्दछ न कि हावामा कावा खा“दै  शयर गर्ने चङ्गाजस्तो।

मलाई सानो छ“दा मेरो समाजले मलाई भूतप्रेतका कथाहरु ब्रगेल्ती सुनाएको कारण कहिलेकाहीं रातिमा हिड्दा अ“ध्यारोमा सानो रुखको ठूटो देखियो भने पनि ठूलो, कालो र अजङ्गको मानिस जस्तो देखिन्थ्यो। त्योस“ग डराउ“दै  गयो भने त्यही आकृति डरलाग्दो राक्षसजस्तो पनि हु“दै  जान्थ्यो। भूतप्रेतप्रतिको विश्वास हटेपछि भने रातको समयमा अ“ध्यारोमा देखिने सानो ठूटोले कहिले पनि डरलाग्दो राक्षस हुने दुष्प्रयास गरेको छै न। भूतप्रेत हुन्छ, बोक्सी हुन्छ, राक्षस हुन्छ भन्नेहरुलाई जीवनमा सधै ं भूतप्रेत, बोक्सी र राक्षसहरुले साथ नछोडेको जस्तो लाग्छ। बनको बाघले नखाए पनि मनको बाघले खाएजस्तै  त्यस्तो विश्वास बोकेका कतिपयको मृत्युको कारण पनि भूतप्रेत, राक्षस र बोक्सी भइदिएको जस्तो महसुस समेत हुने गर्दछ। समस्या पनि त्यस्तै  हो। विश्वास ग¥यो भने दुःख दिने र सताउ“दै  जाने । विश्वास गर्ने होइन भने त्यसको अस्तित्व पनि छ जस्तो नलाग्ने। यसरी भन्नु पर्दा विश्वासको अर्को नाम जीवन रहेछ। समस्यै  समस्याबाट घाइते र क्षतविक्षत पनि हुन सक्छ जीवन, समस्यै  समस्याहरुको सामना गदैर्  उज्यालो क्षितिजको नजिक पुगेको विहानी पनि हुन सक्छ जीवन। यो सबै  कुरा विश्वासमा भर पर्दछ।

मेरो प्राथमिकता भनेको समस्यालाई हल्काफुल्का किसिमबाट पनि लिनुहु“दै न र समस्यालाई समाधान नै  गर्न नसकिने घटनाको रुपमा पनि लिनुहु“दै न भन्ने हो। हरेक जीवनले मृत्यु पनि बोकेर ल्याए झै ं हरेक समस्याले समाधान पनि बोकेर ल्याएको हुन्छ। हामीले त्यसको जुक्ति भने पहिल्याउनु पर्दछ। समस्यालाई सर्वप्रथम त सिंहावलोकन गर्न सक्नुपर्दछ। जसरी सिंहले शिकारलाई गौ रस“ग अवलोकन गरेर आक्रमण गर्दा निसाना फरक पदैर् न त्यसरी नै  समस्यालाई हेर्ने कला भनेको सिंहावलोकन हो। समस्या के हो, समस्या उत्पन्न कसरी भयो, यसका कारणहरु के–के हुन्, समस्यास“ग सम्बन्धित पक्षहरु के–के हुन्, यसका समाधानका विकल्पहरु के–के हुन, ती मध्ये उत्तम विकल्प के हो भन्ने सम्बन्धमा सूक्ष्म किमिसले विश्लेषण गर्न सकिन्छ। समस्यालाई सकारात्मक सोच भएका विज्ञहरुको सहयोग र परामर्श लिएर पनि समाधान गर्न सकिन्छ। समस्यालाई गोप्य राखेर भन्दा सहकर्मी र विज्ञहरुस“ग खुलासा गरेर समाधानका लागि विकल्प खोज्यो भने समाधान सहज हुने गर्दछ।

जो समस्याको नजिक हुन्छ, ऊ समाधानको पनि नजिक हुन्छ। जजसले समस्याको सिर्जना गरेका हुन् समाधान गर्नका लागि समेत उनीहरुबाटै  सहयोग लिनुपर्ने हुन्छ। समस्या एक ठाउ“मा देखिने तर समाधान अर्को ठाउ“मा खोजिने भयो भने समस्याको उपयुक्त समाधान नहुन पनि सक्छ। एकपटक बुढी आमै ले कोठामा सियो हराएपछि खोज्दा खोज्दा कोठा अ“ध्यारो भएछ र उनी कोठा बाहिरको उज्यालोमा आएर सियो खोज्न थालिछन्। त्यतिबेलै  एकजना युवक आएर के गरेको भनी सोध्दा बुढी आमै ले सियो खोज्दै छु भनिछन्। सियो कहा“ हराएको थियो भनेर सोध्दा सियो त कोठामा हराएको थियो । तर कोठा अ“ध्यारो भएकोले बाहिर खोज्न थालेको भनिछन्। कुरा बुझेपछि युवकले सियो जहा“ हराएको थियो त्यही ठाउ“लाई उज्यालो पारेर खोज्यो भने सियो भेटिन्छ आमा, जहा“ उज्यालो छ त्यहा“ सियो खोजेर भेटिदै न भनेर युवकले आमालाई सम्झाएछन्। युवकले भने अनुसार नै  गरेपछि आमाले सियो भेटाइछन्। समस्या पनि त्यस्तै  हो। जहा“ समस्याको सिर्जना हुन्छ, समाधान पनि त्यही वरिपरि हुन्छ न कि कोसौ ं टाढा।

समस्याको समाधानको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने तत्व भनेको व्यक्तिको समस्याप्रतिको दृष्टिकोण हो। समस्या समाधान गर्न सम्भव छै न, म यो समस्या समाधान गर्न सक्तिन, अरुले पनि समस्या समाधान गर्न सहयोग गदैर् नन् । आदि आदि भनेर अमूक शक्ति पुकार्नतिर लाग्ने हो भने समस्याले क्रमशः घेर्ने कुरामा कुनै  सन्देह छै न। यदि समस्याको समाधान सम्भव छ, यसको समाधानमा अरुले पनि मलाई सहयोग गर्न सक्छन् भन्ने दृष्टिकोणका साथ समस्याको समाधानतिर लाग्ने हो भने समस्यालाई हामीले घेर्न सक्छौ ं र हाम्रो घेराबन्दीमा परेको समस्याको समाधान नहुने त कुरै  भएन, कि कसो ?

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top