Free songs
Home / विचार / समाजको जरोमै विषादी फैलेको जस्तो लाग्छ

समाजको जरोमै विषादी फैलेको जस्तो लाग्छ

नारायणप्रसाद शर्मा

नेपालमा कांग्रेस र कम्युनिष्ट नामका दुईवटा रैथाने पार्टी छन्। यी दुबै पार्टीको जन्म स“गस“गै भएको हो। यिनको उत्पत्ति भएको सात दशक पूरा भइसक्यो। सत्तरी वर्ष पार गरिसकेका यी रैथाने बुढा पार्टीहरुलाई यति लामो समय बित्दासम्म पनि नेपाली जनताले छोड्न सकेका छैनन्। सात सालको क्रान्ति हु“दा नेपाली कांग्रेस पूरै वर्चस्वमा थियो। विपि कोइराला, गणेशमान सिंह, मातृकाप्रसाद कोइराला शीर्षस्थ नेतामा गनिन्थे। मातृका र विपि दुई भाइ भए पनि सात सालको क्रान्तिदेखि नै यिनमा नेतृत्वको होडवाजी थियो। त्यो आन्तरिक द्वन्द्वमा मातृका पछि परे। ०४६ सालको आन्दोलनपछि गिरिजा बाबुले पहिले गणेशमान सिंह र ६३ को आन्दोलनपछि कृष्णप्रसाद भट्टराईलाई पाखा लगाइदिए। अहिले शेरबहादुर गैरशेरबहादुर (रामचन्द्र र कृष्णप्रसाद सिटौला) बीच नेतृत्वको होडवाजी छ।

नेपाली कांग्रेसको आदर्श पात्र विपि कोइराला भए पनि उनको आदर्श अनुरुप नेपाली कांग्रेस चल्न सकेको पाइन्न। विपिको मूल आदर्श अथवा लक्ष प्रजातान्त्रिक समाजवाद थियो। २०१२ सालको वीरगञ्जको अधिवेशनमै लक्ष (प्रजातान्त्रिक समाजवाद) घोषित भइसकेको हो। आजसम्म पनि नेपाली कांग्रेसले त्यो लक्ष आफ्ना दस्तावेजहरुमा लेख्न छोडेको छैन। व्यवहार भने त्यसको उल्टो नै रहेको छ। विपिको समाजवादी अर्थनीतिलाई नेपाली कांग्रेसले ४६ सालको जनआन्दोलनपछि लत्याइदियो। नेपाली कांग्रेसको बहुमत सरकारले मित्र देशहरुले स्थापित गरिदिएका ठूला–ठूला औद्योगिक प्रतिष्ठानहरु सस्तोमा निजीकरणमा स्वदेशी र विदेशी पू“जीपतिहरुलाई बेचिदियो र मुलुकको अर्थतन्त्रकै डाढ सेकिदिने काम ग¥यो।

यसरी एउटा सिंह नेपाली कांग्रेस समाजवादी अर्थतन्त्रको हिसावले ढालिसकेपछि र अर्को सिंह कम्युनिष्ट पार्टीको अर्थनीति चर्मरायो। दुबै पार्टीले समाजवादको नारा जपे पनि व्यवहार दुबैको त्यो अनुरुप भएन। कारण थियो– सोभियत संघको पतन। सन् १९१७ को रुसको अगुवाइमा क्रान्तिपछि विश्वमा दुईवटा आर्थिक प्रणाली समानान्तरढंगले अगाडि बढेका थिए। हिटलर र मुसोलिनीको पराजयमा पू“जीवाद र समाजवाद दुईवटै समानधर्मी बने। त्यसपछि शीतयुद्धकालीन समय सन् १९९० को दशकसम्म रहन गयो। विश्व समाजवादी र पू“जीवादी दुई ध्रुवमा बा“डियो। लेनिन र स्टालिनको निधनपछि सोभियत रुसले अनेकन कारणले आफ्नो समाजवादी ढा“चा कायम राख्न सकेन। विश्व एक पक्षीय पू“जीवादी अर्थप्रणालीमा सीमित रहन पुग्यो। यसको प्रभाव नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी दुबैमा पर्न गयो। यो अवधिमा नेपाली कांग्रेसका घोषणापत्रमा समाजवादी शब्दकै प्रयोग कम देखिदै गयो भने कम्युनिष्टहरु एकथरि माओवादी र अर्कोथरि गैरमाओवादी बन्न पुगे। यसरी विभाजित हु“दा निर्दलीय पञ्चायती व्यवस्था ३० वर्षसम्म टिक्यो।

राजनीतिक कारणले निर्दलीय पञ्चायती व्यवस्थाको पतन स्वाभाविक थियो। गणेशमान सिंह र मदन भण्डारीको राष्ट्रिय चिन्तनका कारण समयको दबाबले यी दुबै पार्टी ०६३ सालको आन्दोलनमा एकाकार जस्तै भए। फलतः उदीयमान माओवादी प्रचण्डको नेतृत्वस“ग बृहत् शान्ति सम्झौता सम्पन्न हुन सक्यो। राजनीतिकरुपले कांग्रेस र कम्युनिष्ट मिलेर लोकगणतन्त्रसम्म आइपुगे पनि दुबै समाजवादी आचरणको हिसावले कमजोर परे। त्यसबाट स्खलित हुन पुगेका छन्। सबैलाई व्यक्तिगतरुपले वैभवशाली बन्ने मोह जाग्यो। यसमा विश्वपू“जीवादकै प्रभाव थियो। २०७६ सालसम्म आइपुग्दा पनि हिङ सक्किए पनि हिङ बानेको टालो सम्झेर कम्युनिष्ट र कांग्रेसलाई शक्तिशाली बनाएका छन्। दुबै मिलेर वर्तमान संविधानको उदय हुन सकेको हो र समाजवाद उन्मुख समाजको निर्माण संवैधानिक लक्ष बन्न सकेको हो। संवैधानिक हिसावले र विपि, गणेशमान, पुष्पलाल, मदन भण्डारी र प्रचण्डका व्यक्तित्वका हिसावले यिनीहरु अझै आपसी समझदारीमा अघि बढ्न सक्नुपर्ने थियो।

अपशोच ! सत्ता प्राप्तिको संघर्षमा आफ्नो आदर्श, आस्था र लक्ष भुल्ने हुन् कि भन्ने खतराको घण्टी बज्दो छ। कस्तो विडम्बनापूर्ण अवस्था छ भने नेपाली कांग्रेस गत चुनावदेखि सत्ता छोड्नु पर्दा यति विघ्न खलबलिएको छ कि यसको भर्खरै जागरणको अभियानका समाचार पढ्नुप¥यो– ‘पहिले नेता जागृत बन्नुस्’ नेपाली कांग्रेसका हरेक कार्यकर्ताको मुखबाट सुन्नुप¥यो । नेताहरुले बाटो बिराउ“दा नेपाली कांग्रेस सत्ताच्युत हुन पुग्यो। यता सत्तामा पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कुम्भ मेला पनि कम रोचक छैन। दुबै पार्टीका लाखौं कार्यकर्ता छन्। यिनको भूमिका के हो ? अत्तोपत्तो छैन। सत्तापक्षधर पनि सन्तुष्ट छैनन् । सत्ता विमुख पनि सन्तुष्ट छैनन्। कसैको चेहेरामा जोश, जा“गर, उत्साह, उर्जा भेटिए जस्तो लाग्दैन।

यसको मूल कारण सैद्धान्तिक स्खलन हो। दुबैलाई समाजवाद घा“डो बन्न पुगेको छ। वर्षांैसम्म दुःखकष्ट झेलेर राजनीति गरेका नेता कार्यकर्ता प्रायः सबैमा व्यक्तिगत सुख शयल गर्ने मोह जागेको छ। तृष्णा बढेको छ। हिजो सामान्य जीवनशैलीमा जनताको राजनीति गर्नेहरु आज चिल्लो कारमा, चिल्लो घरमा, चिल्लो गाला लिएर हिंड्न रुचाउन थालेका छन्। कांग्रेसलाई सत्ता छोड्न परेकोमा औडाहा छ। कम्युनिष्टहरुलाई सत्ता जाला भन्ने औडाहा छ। सत्तामोहबाट टाढा रहेका बचेखुचेका कांग्रेस र कम्युनिष्ट एकदमै थोरै संख्यामा छन्। तिनीहरुको कुरै सुनिन्न। कुरा सुन्ने फुर्सद सत्ताको चास्नीमा रमाउनेहरुलाई छैन। अस्ति समाचारमा तराईको मुसहर वस्तीको पानीको धारो नै समाप्त पारियो। कारण एउटा उपल्लो जातकी केटीलाई मुससहर जातिको केटाले प्रेम विवाह गरिदियो। यस्तो डरलाग्दो पछौटे कलंक छ हाम्रो समाजमा। यो समाजको जरामै विषादी फैलेको जस्तो लाग्छ।

म अरुलाई मात्र कति दोष दिउ“, आफ्नै कुरा गर्छु । निक्कै सनातन हिन्दू धार्मिक संस्कारमा हुर्किन पुगें। कुरा बुझेर हैन, ख्याल ख्यालै म सानो छ“दा हाम्रा घरमा बालीदारे काम गर्ने दमाई घरमा आएको बेला तिमीसित छोइएपछि दुईचार थोपा पानीको छिटाले म चोखो भइहाल्ने हो
र ? भनेर सोध्दा उनले दिएको जवाफ अझै बिर्सेको छैन। ‘मालिक साहेव, कुन जुनीको पापले अछुतको जुनी पाए“। अर्को जुनी बिगार्न चाहन्न। तपाइ“ चोखिनु होस्। यसैमा मेरो भलो छ।’

अलि–अलि चेत खुल्दै जादा मानव जातिमा कोही अछूत छैन भन्ने बुद्धको वाणीले हृदय छोयो। त्यसपछि छोइ छिटो बन्द गरें। तर प्रचार गर्ने आ“ट भएन। पछि आर्य समाजी दयानन्द सरस्वतीको मत र माक्र्सवादको कखरा पढे पछि विधवा विवाहमा सामेल भए“ र कामीका घर कथा लगाइदिएपछि जातभात, वर्ण, लिंग, संप्रदायदेखि मनले टाढै रहें।

जीवनको उत्तराद्र्धमा आइपुग्दा बुद्धको दर्शन र धर्म बुझ्दै जा“दा एक्काइसौं शताब्दीपछिको धर्म बुद्ध धर्म मात्र विज्ञानसम्मत हुनेछ भन्ने विश्वास बन्दै गयो। मानवले मानवलाई अछूत ठान्नु आजको युगमा कलंकै हो। अझै हाम्रो मुलुकबाट यो कलंक मेटिएको छैन। बुद्ध धर्म संप्रदायविहीन धर्म, मानवतावादी एवं समतावादी धर्म, सत्य, अहिंसा, दया, प्रेम, करुणा र शान्तिको धर्म हो भनेर प्रचार गरेको पनि पन्ध्र विस वर्ष बितिसक्यो। हिन्दू धर्म भन्दा बुद्ध धर्म उच्च कोटीको धर्म माने पनि मैले आफूलाई धर्म परिवर्तन गरिसकेको घोषणा गर्न सकेको छैन। आ“ट नपुगेको मान्छे !

राजनीतिमा माक्र्सवाद, धर्ममा बुद्ध धर्म यी दुबै मेरा अभीष्ट हुन्। जति सच्चा माक्र्सवादी बन्न गाह्रो छ त्यति बुद्धको बाटो रोज्न पनि गाह्रो रहेछ। तर पनि दुई हातका दुई अस्त्र जस्ता मेरा दुबै साधन मानव मुक्तिका अचूक अस्त्र हुन्।

अपशोच ! धेरै नेपालीको चेतनाको स्तर माथि उल्लि खित दमाईको जस्तो मान्छु। आजको नेपालको कानुनले वर्जित तराईको दहेज प्रथा, नेपालभरिको छुवाछुत प्रथा, पश्चिम पहाडको छाउपडी प्रथा, देउकी प्रथा आदि अनेक कुप्रथाको जरो नउखेलिदासम्म हामी सही मान्छे हुनै सक्दैनौं।

हाम्रो समाज ज्यादै अन्धविश्वासले भरिएको समाज हो। मानव मानवबीच हुने भेदभावलाई ईश्वरको बरदान सम्झन्छौं। हाम्रो नीतिशास्त्रले आयु, कर्म, धन, विद्या र मरण गर्भैबाट लिएर आएको भनेर सन्तोष गर्न सिकाउ“छ। संसार दैवको लीला भनेर हाम्रो बुद्धिमा विर्को लगाइदिन्छ। यस्तै परम्परामा हामी हुक्र्यौं। तर आधुनिक विज्ञान र प्रविधिको विकासले हामीलाई गिज्याइरहेको छ। बारीका भान्टा र पुस्तकका भान्टा फरक भन्दै भौतिक सुविधामा आफू रमाएर दुनिया“लाई जगत् मिथ्या भन्ने शिक्षा दिन छोडेका छैनौं।

गरिवी भाग्यकै खेल मान्ने हो भने हामीले विकासका कुरै गर्न भएन। ब्रम्ह सत्य जगत मिथ्या मान्ने हो भने यो झूठो संसारलाई किन विकास चाहियो ? आज पनि काम लाग्ने विचार खोज्ने र काम नलाग्ने जति छाडिदिने आ“ट हामीमा किन आउ“दैन ? हामीले पश्चिमको पू“जीवादको भजन गाएर पनि केही पाउनेवाला छैनौं। उपभोक्तावादी बजारवादको दास बने पनि केही पाउनेवाला छैनौं। यथार्थमा त माक्सवार्दको भाषामा शोषण समाप्ति र बुद्धको सम्यक् आजीविकाबाहेक अर्को विकल्प भेटिन्न।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top