Free songs
Home / फिचर समाचार / व्यवस्था फेरियो समस्या उस्तै : तिरो तिर्न लमही, पास गर्न तुलसीपुर

व्यवस्था फेरियो समस्या उस्तै : तिरो तिर्न लमही, पास गर्न तुलसीपुर

 दशरथ घिमिरे

देउखुरी । लमही नगरपालिका वडा नं. ९ बांगेताल निवासी भोलाराम डागी लमहीमा नापी र मालपोत कार्यालय खुल्दा औधी खुशी हुनुभयो । जग्गासम्बन्धी सबै काम लमहीबाटै गर्न पाइने आशामा उहा हुनुहुन्थ्यो ।

तर, मालपोत र नापी कार्यालय लमहीमा स्थापना भए पनि भोलारामले जग्गासम्बन्धी काम लमहीबाट गर्न पाउनुभएको छैन । ‘मालपोत र नापी कार्यालय लमहीमा खुलेपछि अब जग्गा किनबेच गर्न तुलसीपुर जानुपर्दैन भन्ने लागेको थियो । तर, मालपोत र नापी लमही आए पनि हाम्रो समस्या समाधान भएन’– डा“गीले भन्नुभयो– ‘जग्गाको तिरो लमहीमा बुझाउ“छौं । जग्गा पास गर्न तुलसीपुर जान्छौं । एउटा काम गर्न दुईथरी बाटो हि“ड्नुपर्छ ।’

लमही नगरपालिका वडा नं. ९ अन्तर्गत पर्ने आधा दर्जन बढी गाउ“का नागरिकहरुले जग्गाको तिरो लमही नगरपालिकामा बुझाउने गरेका छन् ।

कोल्तारा, तरुलिया, हर्दवा, जलकुण्डी, बांगेताल, अमिलिया र स्याले गाउका नागरिक जग्गाको कारोबार गर्न तुलसीपुर जाने गरेका छन् । ‘जग्गा रोक्का गर्नुप¥यो भने चार किल्लाको सिफारिस लिन वडा कार्यालय रिहार जानुपर्छ । त्यहा“बाट चार किल्लाको सिफारिस लिएर फेरि घुमेर तुलसीपुर जानु पर्दा गाडीभाडामा धेरै खर्च लाग्ने गर्छ’– कुमार घर्तीले भन्नुभयो ।

जग्गाको मोठ, नक्सा र अन्य कागजात लमही मालपोत र नापी कार्यालयमा नसारिएका कारण यहा“का नागरिकले जग्गाको कारोवार गर्न हैरानी खेप्नुपरेको हो । साविक फूलबारी गाविसकै नामबाट जग्गाको काम भइरहेको छ । फूलबारी गाविसबाट सतवरिया गाविसमा वस्ती गाभिएपछि पनि जग्गाको कारोबार फेरिएन । सतबरियापछी नगरपालिकामा गाभिदा पनि प्रशासनिक काममा फेरबदल नह“ुदा अझै हैरानी खेप्नुपरेको छ । लमही मालपोत कार्यालयका प्रमुख रमेश बुढाथोकीले लमही–९ भित्र पर्ने केही गाउ“को मोठ र नक्सा नसारिएका कारण जग्गासम्बन्धी काम गर्न नगर क्षेत्र भन्दा बाहिर जानुपर्ने बाध्यता रहेको बताउनुभयो ।

‘नगरभित्र जग्गाको तिरो तिर्ने तर जग्गा किनबेच गर्नुपरेमा, रोक्का गर्नुपरेमा, कित्ताकाट गर्नुपर्नेभएमा तुलसीपुर जानुपर्ने बाध्यता रहेको छ’– उहाले भन्नुभयो– ‘यो समस्या समाधान गर्न मन्त्रिपरिषदको बैठकले निर्णय गर्नुपर्ने हुन्छ । मोठ र नक्सा यताको क्षेत्रमा राखेपछि त्यहा“को डकुमेन्ट हामी कहा आउछ र यतैबाट काम हुन्छ ।’

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top