Free songs
Home / विचार / लुम्बिनी भ्रमण वर्षको उत्कर्ष

लुम्बिनी भ्रमण वर्षको उत्कर्ष

नारायणप्रसाद पौडेल

सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष मनाउने निधो गरेपछि त्यसैका लागि दरिलो आधार तयार पार्न लुम्बिनी भ्रमण वर्षको तयारीमा लाग्यो पा“च नम्बर प्रदेशको सरकार पनि २०७६ साललाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेर। ०७६ सालको बुद्धपूर्णिमा आ“गनमै आइसक्यो। भ्रमण वर्षको आकर्षणको उत्कर्ष हो यो। आ“गनमा आएको बुद्धपूर्णिमालाई सहर्ष स्वागत एवं सत्कार गर्न, उल्लासपूर्वक मनाउन र सहभागिता जनाउन ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं’ भनिएको छ। प्रचारप्रसार पनि खुब गरिएको छ। राम्रो काम हो यो। तर …,

राम्रो काम गर्दा समय र तरिका पनि सोही अनुसारको तयार पारिएको भए, मिलाए अत्युत्तम हुन्थ्यो। उपयुक्त विषय, अनुपयुक्त समय भन्नुपर्ने अवस्था तयार पारेको छ सिद्धार्थनगरदेखि लुम्बिनी हु“दै तौलिहवा (प्राचीन कपिलवस्तु) सम्म पुग्ने सडकको दुरावस्थाले। बाटो भत्काएर दुर्दशा देखाउन पर्यटक बोलाएजस्तो पर्न गएको छ। सडक फराकिलो पार्न भनेर पोहोरसालदेखि भत्काइएको हो र ०७७ सालसम्म पनि बनाएर सकिने सम्भावना छैन। भैरहवा र तौलिहवाबाट लुम्बिनी पुग्दासम्म पर्यटक र उसका सवारी साधन चिन्नै नसकिने अवस्थामा पुग्छन्, हुन्छन्। पानी परे हिलो र खडेरी भए धुलोले राम्रै धुलाई गर्छ। कर गरी–गरी लुम्बिनी लगिएका अतिथिले अर्कोपल्टदेखि यो ठाउ“मा आउन नपरोस् भनेर मनमनै कसम खा“दै फर्कदै गर्नुपर्नेजस्तो समयमा भ्रमण वर्षको आयोजना गरेर कस्तो हर्ष र उपलब्धि हात लाग्ला ? सोचनीय छ।

लुम्बिनीमा जाने पर्यटक मात्रै होइन, स्वदेशी योजनाकार, नीति निर्मातादेखि स्वदेशी तथा विदेशी चल्तापूर्जा पत्रकारहरुलाई पनि लुम्बिनीकै बारेमा जति लेख्न र कराउन पनि छुट छ। तर कपिलवस्तुका बारेमा राम्रा योजना अघि सार्ने, पार्ने, प्रदेशको राजधानी बनाउने र नाम तोक्ने अधिकार भने दिइएको छैन। दक्षिणतिरबाट खबरदारी हुन्छ बारम्बार। त्यसैले दाङ र बुटवलमा प्रदेशको राजधानी बनाउन तानातान भएका खबर मात्र छापिन्छन्, हल्लाखल्ला पनि गरिन्छन् ।
तर कपिलवस्तुको नामै लिइ“दैन, लिनै दिइ“दैन। लिने हिम्मत पनि गर्दैनन् कसैले। दक्षिणी दानापानीको असरको कसर हो यो। बुद्ध र लुम्बिनी चाहिने, भन्न पनि पाइने, खुबै गाइने, भजाइने र बाजा पनि बजाइने। कपिलवस्तुको त चर्चा गर्न पनि नपाइने † यस्तो लोकतन्त्र छ नेपालमा। संघीयता छ नेपालमा। गणतन्त्र छ नेपालमा। प्राचीन शाक्य गणतन्त्रको जननीमा वर्तमान गणतन्त्रले विगतको आफ्नै इतिहास ब्यू“ताउन पाउ“दैन। प्रयोग गर्न सक्दैन। छिमेकीको आदेशका भरमा चल्नु परेपछि यस्तै गर्नपर्छ, गरिन्छ। गौतम बुद्धका नाममा लुम्बिनी झकिझकाउ, सजिसजाउ र भरिभराउ भएर गुल्जार बन्छ। उनको गृहनगर दरबार रहेको कपिलवस्तु बेवारिसे हुन्छ र रुन्छ।

हाम्रा देशका योजनाकारहरु, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसमेत जब विदेशमा जान्छन्, तब उनीहरुले पनि नेपाल चिनाउनु पर्दा गौतम बुद्धको देश भनेर सगर्व फुर्ति लगाउ“छन्। ती गौतम बुद्धको आफ्नै देश त कपिलवस्तु हो नि † लुम्बिनी पनि त्यसैभित्रको एउटा रमणीय उपवन मात्र थियो, पर्दथ्यो। रोहिणीनदीदेखि पूर्वतिर कोलीय राज्य थियो। कपिलवस्तुको सीमा छुट्याउने तत्कालीन रोहिणीनदीदेखि पश्चिमै छ लुम्बिनी अहिले पनि। त्यसका अवशेष अहिले पनि देख्न सकिन्छ। संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को), जापान, श्रीलङ्का, थाइलैण्ड, बेलायत, चीन, भियतनाम, कोरिया, वर्मा आदि देशले कपिलवस्तु र प्राचीन शाक्य गणराज्यको अन्वेषण गर्ने, लगानी पनि भर्ने गरेका छन् त्यसैले। तर दक्षिणी भूत देखेर तर्सने नेपाली नेता र योजनकारहरु सरकार र शक्तिमा रहुञ्जेलसम्म जति लगानी ल्याएर, जुटाएर भ्रमण वर्ष मनाए पनि केही हुनेवाला छैन।

हाम्रो देशको चलनै यस्तै छ। घरको जवान छोरो विदेश जान्छ । पसिना बगाउ“छ । कमाउ“छ र घर परिवार पाल्न खर्च पठाउ“छ। छोराले पठाएको त्यो रकम बाबुआमा, सन्तान र सन्ततिले पाउनुभन्दा पहिलै अर्कैले उछिट्याउ“छ। पसिना बगाएर कमाउनेचाहि“ गरिब र बीचैबाट अर्कैको धन टप्काउने दलाल र बदमासचाहि“ धनी बनेको देखिएकै छ त्यसैले। गौतम बुद्ध र कपिलवस्तुका विषयमा पनि ठ्याक्कै त्यस्तै भयो। कपिलवस्तुका सुयोग्य सपुत गौतम बुद्धले आजभन्दा २५ सय वर्ष पहिले विदेशिएर पनि अझैसम्म आफ्नो घर, परिवार र देश सपार्न विदेशी मुद्रा पठाएकै छन्। उनैले पठाएको त्यो रकम बुझ्दै, बीचका दलालहरुले लुम्बिनी र गौतम बुद्धको नाम जप्दै। कपिलवस्तुलाई हेप्दै गरेको देख्दा गौतम बुद्धको आत्माले समेत कति धिक्कार्दो हो ?

लुम्बिनीमा भ्रमण वर्षको तयारीको तामझाम पनि उत्कर्षमै छ। तर लुम्बिनी वरिपरिका स्थानीय बासिन्दालाई भने कौवालाई बेल पाक्यो हर्ष न विस्मात् भनेजस्तै छ। छिमेकी जिल्ला र पालिकाका कर्मचारी, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि, सम्बन्धित पार्टीका ओसारिएका कार्यकर्ता, फाइदा पाएका र पाउने, लिनसक्ने संघ–संस्थाका मान्छेहरु ओइरिन्छन्। शान्ति पदयात्रा गर्छन्। भिक्षु र लामा गुरुहरुबाट पूजासूजा पनि हुन्छ। प्रधानमन्त्री र राष्ट्रपतिसहित सम्बन्धित मन्त्री र मन्त्रालयका सचिव, उपसचिवहरुले पुरानै कुरालाई नया“ बनाएर गरेर सुनाउ“छन्, भोज भतेर गरेर सकेपछि अनि फर्कन्छन्। त्यसपछि उस्तै हुन्छ, रहन्छ लुम्बिनी। चार दिनकी चा“दनी फिर अन्धेरी रात भनेझै। आउने वर्षको बुद्ध पूर्णिमामा पनि उस्तै हुन्छ, गरिन्छ। फरक केही हु“दैन। पञ्चायतका पालामा पञ्चको, कांग्रेसका पालामा कँंग्रेसको र कम्युनिष्टका पालामा कम्युनिष्ट कार्यकर्ताको भीडभाड र अह्रनखटन अलि बढी हुने हो। अरु केही होइन, हु“दैन।

बाहिरबाट ओसारिएका मान्छेले मनाउने लुम्बिनी भ्रमण वर्षका कार्यक्रम कति भए, किन भए, अझै कति होलान् र तिनले के फरक पार्लान् भनेर वरिपरिका गाउ“लेलाई सोध्यो भने चित्तबुझ्दो जवाफ पाइन्न। माथिबाटै आए, उतै गए, के के गरे, किन गरे, अझै कति गर्ने हुन् । उनैलाई थाहा होला । हामीलाई किन सोध्नुहुन्छ । उतै सोध्नुस्, जानुस्, भन्छन्। लुम्बिनीप्रति अपनत्व छैन, हुने मौकै दिइएन। भाडाका मान्छे आउने, भाडामै रमाउने, लुम्बिनीमा अड्डा जमाउने र कब्जा गर्नेहरुप्रति
वितृष्णा पो छ त। प्रधानमन्त्री र राष्ट्रपति आउ“दा उर्दी लगाएर भीड जुटाउन प्रतिस्पर्धा गर्नेले वरिपरिका विद्यालयका बालबालिकालाई चर्को घाममा भोकै र प्यासै उभ्याउ“छन्। प्रभातफेरीमा दौडाउ“छन्। खुब दुःख दिन्छन्, भन्छन्। यस्तो दुःख र पीडा अलिकति कम गरिदिए पनि हुन्थ्यो भन्ने चाहना सुन्न सकिन्छ बरु।

कपिलवस्तुमा गरिने कार्यक्रम पनि त्यस्तै हुन्छन् अधिकांश। तोकिएका र बोकिएका मान्छेका भाषण, ताली र गालीबाट मुक्त हु“दैनन् महत्वपूर्ण कार्यक्रमहरु पनि।
नया“ सरकार बनेपछि केही न केही गरेको देखाउन पर्ने, विवादरहित र सर्वस्वीकार्य खालको कार्यक्रम खोज्नुपर्ने, रोज्नुपर्ने बाध्यताले गर्दा पनि नेपाल भ्रमण वर्ष र लुम्बिनी भ्रमण वर्ष परे, पारिए। आन्तरिक अवस्थाको उति ख्याल गरिएन छ। सल्लाह र सुझाव दिनुपर्नेले दिएनछन् र लिनेले पनि लिएनछन्। हतारमा निर्णय गरे, कार्यान्वयन गर्ने बेलामा अडचन आइपरे। दुःख दिन बोलाएजस्तो हुने भयो। राम्रै तयारी गरेर, बाटो साटो पनि बनाइसकेर, अरु दुई वर्षजति कुरेर, स्थानीय जनताको चाहना बुझेर, वरिपरिका जनताकै अगुवाइमा, सरकारचाहि“ सहयोगी बनेर सभ्य र भव्य तरिकाले गर्न लगाएको भए साह्रै उपलब्धिमूलक हुन्थ्यो। स्थानीय जनताले पनि अपनत्व लिन्थे, खुशी हुन्थे। पर्यटक आउ“दा पनि रमाउ“थे, सघाउ“थे। पर्यटकले खाने, खोज्ने, रोज्ने, किन्ने खालका सामग्री बनाउन, उत्पादन गर्न प्रोत्साहन गरेदेखि रोजगारी पनि पाउ‘“थे, कमाउ“थे। अहिलेको भ्रमण वर्ष पनि पहिलेकैजस्तो हुने भयो। फरक के रह्यो र ख्वै ?

भ्रमण वर्षको उत्कर्षको यो अवसरमा सबै ठीक ठाक छ, जनता खुशी छन्, तीनवटै सरकारको जयजयकार गरेर बसेका छन्, केही पनि कमी छैन, सबै सुखी छन्, भोक र शोक, दुःख दर्द हटेको छ भनेर लेख्नुपथ्र्यो होला। लेखिएन। लेख्न त खोजेको पनि हो। आधार भेटिएन। जस्तो देखियो, त्यस्तै लेखियो। गर्धन चिलाएको रहेछ नभनियोस्। यतिसम्म लेख्न पाउने अधिकारचाहि‘ नखोसियोस्।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top