Free songs
Home / फिचर समाचार / बाँसगजेरीका जनता खाल्डोको पानी पिउन बाध्य

बाँसगजेरीका जनता खाल्डोको पानी पिउन बाध्य

विजय रोका

घोराही। गर्मी मौसम बढे स“गै तराई तथा पहाडी भेगमा खानेपानीको समस्या हुने गरेको छ।

पछिल्लो समयमा पानीका स्रोत वरिपरि जंगल फडानी गरी सुख्खा बनाएकाले खानेपानी समस्या देखा परेको हो। त्यस्तै घोराही उपमहानगरपालिका ११ मा पर्ने बा“सगजेरीको विजय उत्सव टोलका १८ घरधुरीमा खानेपानीको समस्या देखिएको छ। टोलका १८ घरधुरीले पानी नभएपछि एउटा सानो खाल्डोमा जम्मा भएको पानी पिउन बाध्य छन्। उनीहरूले विगत चार वर्षदेखि त्यहा“को पानी पिउ“दै आएका छन्।

मंसिर पुससम्म जरुवाको पानी बग्ने हु“दा सफा रहने तर खडेरी महिना फागुन चैतदेखि पानी सुक्दै जाने हु“दा पानी नबग्ने र भर्दा भर्दै सुक्ने हु“दा जस्तोसुकै फोहोर भए पनि त्यही जम्मा भएको फोहोर पानी पिउन बाध्य भएको उनीहरुको भनाइ छ।

पा“च वर्ष पहिले गाउ“देखि केही उत्तर पहाडमा पर्ने खुम्कोट खोलाको पानीको लागि पाइप विस्तार गरी खानेपानीका धारा सञ्चालन गर्दा केही वर्ष सिङ्गो गाउ“वासीमा खुशी छाए पनि सो पानी त्यही पाइप भित्र जम्ने, रुघा लाग्ने समस्याका साथै खानेपानी ब्यवस्थापन समितिको लापरवाहीका कारण पानी नै सुकेको स्थानीयले बतायका छन्।

आर्थिक वर्ष २०७४÷७५ मा खानेपानीस“गै सिंचाई पनि गर्ने उद्देश्यले बोरिङ खन्ने योजनाका लागि नगरपालिकाबाट १० लाख रुपैया“ छुट्याइए पनि अपुग हुने भन्दै गाउ“मा प्रतिघर रु. पा“च सयका दरले रुकम उठाइएको थियो। बोरिङका लागि ७०÷७५ मिटर खन्दा पनि पानी नभेटिएका कारण त्यो असफल हु“दा अहिले सिङ्गो बा“सगजेरीवासीमा खानेपानी प्रमुख समस्या बन्न पुगेको उनीहरूले बताए।

पहिले खोलामा प्रशस्त पानी हुने बासगजेरीमा सोनापुर सिमेन्ट प्रालि दूधरासले बोरिङ पानी सञ्चालान गर्न थालेपछि यहा“को खोलाको पानीका मुहानहरु सुक्न थालेका छन्।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top