Free songs
Home / फिचर समाचार / प्रचण्ड गर्मी, बत्ती गुल

प्रचण्ड गर्मी, बत्ती गुल

युगबोध समाचारदाता

बाके । नेपालगञ्ज उद्योग वाणिज्य संघले विद्युत अनियमितता नगर्न माग गरेको छ। संघको टोलीले मंगलवार नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख रामदुलारे यादवलाई ज्ञापनपत्र बुझाउ“दै उक्त माग गरेको हो।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, संघका अध्यक्ष नन्दलाल वैश्य, प्रथम उपाध्यक्ष अव्दुल वाहिद मन्सुरीलगायतले ज्ञापनपत्र बुझाउ“दै नेपालको सर्वाधिक गर्मी हुने ठाउ“ नेपालगञ्जमा विद्युत आपूर्तिमा अनियमितता नगर्न आग्रह गरे।

उनीहरुले विद्युत अनियमित हु“दा उद्योगधन्दा अस्तव्यस्त हुनुका साथै सर्वसाधारण नागरिकको जनजीवन कष्टकर भएको अवगत गराएका थिए।
नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख यादवले नेपालगञ्जमा हाल माग अनुसारको विद्युत भए पनि धेरै ठाउ“बाट प्रसारण लाइन भएका कारण परिवर्तन गर्ने क्रममा केही समय विद्युत अवरुद्ध हुने गरेको जानकारी दिनुभयो।

नेपालगञ्जमा भारत र नेपालको राष्ट्रिय प्रसारण लाइनबाट विद्युत आपूर्ति हुने गरेको छ। व्यापारीहरुले १५ मेघावाट विद्युत राष्ट्रिय प्रसारण केन्द्रबाट नियमित गराउन माग गरेका छन्। भारतबाट आठदेखि १० मेघावाट विद्युत आपूर्ति भइरहेको छ। नेपालगञ्जमा वस्ती बढ्दै जा“दा कम्तिमा २५ मेघावाट विद्युत आवश्यक भइसकेको छ।

४३.५ डिग्रीसम्म तापक्रम पुगेको नेपालगञ्जमा छिनछिनमा बत्ती जादा उद्योगधन्दा सञ्चालक त मारमा परेका छन् नै सर्वसाधारणले पनि सास्ती खेपेका छन्। गर्मीमा छिनछिनमा बत्ती जाने समस्या भने यहाका लागि नया होइन।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top