Free songs
Home / फिचर समाचार / प्युठानका नौवटै स्थानीय तहमा प्राविधिक शिक्षा

प्युठानका नौवटै स्थानीय तहमा प्राविधिक शिक्षा

 

सागर रिजाल

प्युठान। प्युठानमा दुई नगरपालिका र सात गाउपालिका गरी नौवटा स्थानीय तह छन्। जिल्लामा रहेका नौवटै स्थानीय तहमा प्राविधिक शिक्षा सञ्चालन गरिएको छ। बढ्दो बेरोजगारीलाई कम गर्न तथा प्राविधिक शिक्षा पढ्न बाहिर जानुपर्ने बाध्यतालाई कम गर्न जिल्लाका सबै स्थानीय तहमा प्राविधिक शिक्षा सञ्चालन गरिएको विद्यालयहरु बताउछन्।

‘प्युठानमा प्राविधिक शिक्षा नहु“दा यहा“का विद्यार्थीलाई समस्या थियो’– मोती माध्यमिक विद्यालय बरौलाका प्रधानाध्यापक तिलकराम पाण्डेले भन्नुभयो– ‘प्राविधिक शिक्षाका लागि दाङ, नेपालगञ्ज, बुटवल तथा काठमाडांै जानुपर्ने बाध्यता थियो, अहिले हटेको छ।’ जिल्लाका सामुदायिक विद्यालयले कृषि बाली विज्ञान, सिभिल इन्जिनियरिङ ,कम्प्यूटर इञ्जिनियरिङ विषयमा अध्यापन गराउने गरेका छन्। जिल्लाको सबैभन्दा जेठो विद्यालय मुक्ति माध्यमिक विद्यालयले विगतका वर्षदेखि कक्षा ९–१२ सम्म सिभिल इञ्जिनियरिङ विषयको अध्यापन गराउ“दै आएको छ। त्यस्तै प्युठान नगरपालिकाभित्र पर्ने क्षेत्र विकास मावि पुण्यखोला र बाल विद्या मावि मरन्ठानाले गत वर्षदेखि कृषि बाली विज्ञान विषयको अध्यापन गराउ“दै आएका छन्।

आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहजजिल्लामा प्राविधिक धारअन्तर्गत विभिन्न विषयका कक्षा सञ्चालन भएपछि आर्थिक अवस्था कमजोर भएर प्राविधिक शिक्षा पढ्न नपाएका विद्यार्थीको चाहना पूरा भएको छ। जिल्लाका सामुदायिक विद्यालयले प्राविधिक शिक्षा अध्यापन गराउन थालेपछि आर्थिक अवस्था कमजोर भएका विद्यार्थीले प्राविधिक शिक्षा अध्ययन गर्न थालेका छन्।

सामुदायिक विद्यालयले प्राविधिक शिक्षाको अध्यापन गराउन थालेपछि विद्यार्र्थीलाई अध्यापनमा सहजता हुने मोती माविका प्रधानाध्यापक तिलकराम पाण्डेले बताउनुभयो। आर्थिक अवस्था कमजोर भइ जिल्ला बाहिर पढ्न जान नसक्ने विद्यार्थीलाई सामुदायिक विद्यालयमा शुरु गरिएको प्राविधिक शिक्षाले टेवा पु¥याउने उहा“ले बताउनुभयो। घरगाउ“कै विद्यालयमा प्राविधिक शिक्षा सहुलियतमा अध्ययन गर्न पाउने भएपछि विद्यार्थीहरू उत्साहित देखिन्छन्। दुर्गमका विद्यार्थीले कम लगानीमा प्राविधिक शिक्षा अध्ययन गर्न पाउने हु“दा यो शिक्षा समय सान्र्दभिकरुपमा राम्रो रहेको उहा“ले बताउनुभयो।

यी स्थानीय तहमा प्राविधिक शिक्षा

चालु आर्थिक वर्षको शैक्षिक सत्रबाट ऐरावती गाउपालिकाको मोती मावि बरौलाले कम्प्यूटर इञ्जिनियरिङ, झिमरुक गाउ“पालिकाको बाल शिक्षा माविले सिभिल इञ्जिनियरिङ, गौमुखी गाउ“पालिकाको गौमुखी मावि ठूलाबेसीले कृषि बाली विज्ञान, स्वर्गद्वारी नगरपालिकाको उमा महेश्वरी मावि सारीले बाली विज्ञान, त्यस्तै नौबहिनी गाउ“पालिकाको गंगा माविले बाली विज्ञान, मल्लरानी गाउ“पालिकाको भानुभक्त माविले कृषि बाली विज्ञान र माण्डवी गाउ“पालिकाको माण्डवी मावि बाली विज्ञान विषयको अध्यापन गराउनका लागि सिटीइभिटीबाट अनुमति लिई प्राविधिक शिक्षाको पठनपाठन शुरु गरेको शिक्षा विकास समन्वय एकाई समिति प्युठानका प्रमुख शिवराज पण्डितले जानकारी दिनुभयो।

प्युठानमा प्राविधिकतर्फ शैक्षिक क्षेत्रको विकासले पूर्वपश्चिमका विद्यार्थीहरु समेत अध्ययन गर्न जिल्लामा आउने गरेको पण्डित बताउनुहुन्छ। शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको स्वीकृत कार्यक्रमअन्तर्गत सरकारले एक स्थानीय तह एक प्राविधिक विद्यालयको अवधारणा अघि सारेपछि शैक्षिक सत्र ०७६ बाट प्युठानमा पनि शुरु गरिएको उहाले बताउनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top