Free songs
Home / फिचर समाचार / ग्रीन बेल्टको बालुवा निकाली माटो भरिने

ग्रीन बेल्टको बालुवा निकाली माटो भरिने

ghorahi,

 गोविन्द खड्का

घोराही। कटुवाखोलादेखि तुलसीपुर चोकसम्मको ग्रीनवेल्ट सफा गरी खेतीयोग्य माटो भरिने भएको छ। विरुवालाई उपयुक्त हुने माटो नहालेको गुनासो व्यापकरुपमा आउन थालेको थियो। घोराही उपमहानगरपालिकाको वातावरण तथा विपत व्यवस्थापन समितिको मंगलवार बसेको बैठकले विरुवा रोपी त्यस क्षेत्रलाई चा“डै हरियाली बनाउने निर्णय गरेको छ।

यसैगरी बजारमा रहेका छाडा पशु चौपाया व्यवस्थित गर्न नगरवासीलाई सात दिने म्याद दिने भएको छ। त्यस अवधिमा आफ्नो पशु चौपाया उचित स्थानमा व्यवस्थापन नगरे कठोर बन्ने उपमहानगरपालिकाले बताएको छ। बैठकले गाईगोरुलाई राप्ती अर्गानिक कृषि फाराममा पठाउने निर्णय गरेको छ।

यसैगरी बजार क्षेत्रमा कसैले पनि फोहोर बाहिर नदेखाउने वातावरण बनाउन आवश्यक पहल गर्ने भएको छ। नगरवासीस“ग छलफल अन्तत्र्रिmया गरी सरसफाइ गाडीको समय बदल्न सकिने बताएको छ। सा“झ पसल बन्द गर्ने समयमा मुख्य बजार क्षेत्रमा सरसफाइ गाडी पठाउन सकिने विकल्प अघि सारिएको छ। बिहानै गाडी पुग्दा पसल नखुल्ने त्यसैको बाध्यताले फोहोर पोका पारेर सडकमा फाल्नुपरेको नगरवासीले गुनासो गरेका थिए।

यसरी सा“झको समयमा गाडी पठाउ“दा दिनभरीको फोहोर सर्टरभित्रै राख्ने र सा“झको बेला गाडीमा हाल्ने व्यवस्था मिलाउन सकिने समितिका संयोजक एवं घोराही–१४ का अध्यक्ष शक्तिराम डा“गीले जानकारी दिनुभयो। उहा“का अनुसार जुनकुनै विकल्प रोजे पनि पाइने तर फोहोर अरुले देख्ने गरी थुपार्न, भण्डारण गर्न वा बेवारिसे छोड्न पूर्ण प्रतिबन्ध लगाइनेछ।

यात्रुहरुको गुनासोलाई ध्यानमा राखी तुलसीपुर चोकमा सार्वजनिक शौचालय निर्माण गरिने भएको छ। नेपाल विद्युत प्राधिकरण घोराही शाखास“गको सहमति अनुसार त्यसै क्षेत्रमा बनाउन लागिएको हो। यसै वर्ष चालु हुने गरी निर्माण कार्यलाई तीब्र बनाइने संयोजक डा“गीले बताउनुभयो।

वर्षेनि आगलागी हुने र उद्धार तथा राहतको झमेला बेहोर्नुको प्रमुख कारण खरको छाना भएको समितिले निष्कर्ष निकालेको छ। आगलागीको समस्याबाट मुक्ति पाउने सर्वप्रथम उपमहानगरभरीका खरका छानाका घर विस्थापित गर्ने निर्णय गरेको छ। त्यसका लागि सबै वडाले आ–आफ्नो क्षेत्रमा भएका खर, थागल, काठलगायतका आगोले चा“डै असर गर्ने छाना भएका घरको विवरण तयार पार्नुपर्नेछ। त्यसैअनुसार योजना अघि बढाइने भएको छ।

यसैगरी खोलाको किनार, जंगलको छेउ, बाढी पहिरोको जोखिममा रहेका वस्तीको बारेमा पनि आवधिक योजना बनाई समस्या समाधान गर्ने निर्णय गर्दै बैठकले प्राकृतिक प्रकोप बाढी, पहिरोबाट धनजनको क्षति हुन नदिन पूर्वसतर्कता अपनाउन नगरवासीलाई आग्रह गरेको छ।

संयोजक डा“गीको अध्यक्षतामा बसेको बैठकमा नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, डिई युवराज पौडेल, सूचना अधिकृत भीमबहादुर चौधरीलगायतको उपस्थिति थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top