Free songs
Home / समाचार / संक्षिप्त समाचार / आगलागीबाट एकजनाको मृत्यु

आगलागीबाट एकजनाको मृत्यु

 बुद्धि पुन

सल्यान। सल्यानमा सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण गर्ने क्रममा घाइते भएका खगेन्द्र बोहराको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको छत्रेश्वरी गाउ“पालिका वडा नम्बर ६ मा रहेको इन्द्रेणी सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिने क्रममा जलेर घाइते भएका रामका“डाका ४७ वर्षीय खगेन्द्र बोहराको उपचारको क्रममा मृत्यु भएको हो ।

गत शनिवार वनमा लागेको आगो नियन्त्रण गर्ने क्रममा जलेर घाइते हुनुभएका उहा“को उपचारको क्रममा काठमाडौंको कीर्तिपुर अस्पतालमा मंगलवार मृत्यु भएको छत्रेश्वरी गाउ“पालिका–६ का वडाध्यक्ष चूडामणि दसौदीले जानकारी दिनुभयो । बोहरालाई सल्यान अस्पताल सल्यानमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको थियो । त्यहा“ पनि उपचार सम्भव नभएपछि नेपालगञ्जबाट काठमाडौं लगिएको थियो ।

यसअघि आगलागीमा परी सोही ठाउ निवासी पुन्टी बोहराको मृत्यु भएको थियो भने वैशाख २४ गते घरबाट हराएका शारदा नगरपालिका–९ दुबेरीका अन्दाजी
६३ वर्षीय गोबद्र्धन पुनको पनि आगलागीमा परेर मृत्यु भएको आशंका गरिएको छ । घटनाको प्रकृति हेर्दा आगलागीमा परेर मृत्यु भएको आशंका गरिएपछि पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै बास्तविकता थाहा हुने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्लाको छत्रेश्वरी गाउ“पालिका, त्रिवेणी गाउ“पालिका र कपुरकोट गाउ“पालिकाका विभिन्न सामुदायिक वनमा आगलागी भएको छ । जिल्लाको करीब तीन हजार हेक्टर बढी वन क्षेत्रमा आगलागी भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ । आगलागीका कारण लाखौंको क्षति भएको छ । जिल्लाका आगलागी पीडितहरुलाई जिल्ला प्रशासन कार्यालय र विभिन्न स्थानीय तहहरुले राहत वितरण गरिरहेका छन् ।

आगो लगाउने एकजना पक्राउ

सामुदायिक वनमा आगो लगाउदै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । जिल्लाको शारदा नगरपालिका–२ स्थित आमा चौतारी नजिक वनमा आगो लगाइरहेका एकजनालाई सशस्त्र प्रहरी वल सल्यानले नियन्त्रणमा लिएको हो । शारदा नगरपालिका वडा नम्बर २ का ५९ वर्षीय तीर्थबहादुर खा“डलाई आगो लगाउ“दै गरेको अस्थामा वनबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बल सल्यानका प्रहरी प्रमुख डिएसपी विमल डा“गीले बताउनुभयो । खाडले लगाएको आगो नियन्त्रणमा लिइएको छ ।

आगो लगाउने खाडलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय सल्यानमा बुझाइएको छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top