Free songs
Home / फिचर समाचार / अग्निपीडितको बिचल्ली

अग्निपीडितको बिचल्ली

निमुसंगम घर्ती

सिरुखर्क । घोराही उपमहानगरपालिका–१ सिरुखर्क र तल्लो मालेका अग्निपीडितहरुको विचल्ली भएको छ । केही दिन पहिले नौ घरका २० घरगोठ जलेर नष्ट भएपछि पीडित बनेकाहरु त्रिपालमुनि बसेका छन् ।

जंगलबाट आएको आगोले सिरुखर्कका पा“च घरका १० घरगोठ र तल्लो मालेका चार घरका १० घरगोठ जलेर नष्ट भएपछि ४२ जनाको अहिले बिचल्ली भएको हो । नेपाल रेडक्रस सोसाइटीले दिएको त्रिपाल टा“गेर पीडितहरुले दिनरात बिताएका छन् । सिरुखर्कमा आगोले करीब ५१ लाख र तल्लो मालेमा ३२ लाख बराबरको क्षति भएको थियो । सिरुखर्कका पीडितहरु गाउ“ नजिकैको चउरमा त्रिपाल टागेर बसेका छन् ।

चर्को गर्मी र हावाहुरीका कारण पीडितहरुलाई थप सास्ती भएको छ । उता तल्लो मालेका अग्नि पीडितहरु केही छिमेकीको घरमा बसेका छन् भने दुई घरका पीडितहरु जलेको घरमा त्रिपाल टा“गेर बसेका छन् । दैनिक मजदुरी गरेर जीवन चलाउ“दै आएकाले अब घर बनाउन र सम्पत्ति जोड्न निकै समस्या भएको अग्निपीडित शिवलाल थापाले बताउनुभयो ।

आफूहरु कमाउन भारत जाने गरेको भन्दै गर्मीमा पनि बस्न कठिनाइ भएको र अब वर्षायाममा कसरी दिन काट्ने होला भन्ने चिन्ता लागेको पीडितहरुको दुखेसो छ ।

गायिका गिरीद्वारा २० हजार सहयोग

लोकदोहोरी गायिका भूमिका गिरीले घोराही उपमहानगरपालिका वडा नम्बर १ सिरुखर्क र राजपुर गाउ“पालिका–१ पटौलीनाकाका अग्निपीडितहरुलाई आर्थिक सहयोग गर्नुभएको छ । सिरुखर्कका गोपे थापा, हिमलाल थापा, शिवलाल थापा, मेघराज थापा र देवीराम थापाका बालबालिकाको शैक्षिक सामग्री खरीदका लागि १० हजार रुपैया“ सहयोग गर्नुभएको हो ।

आगोले शैक्षिक सामग्री तथा ड्रेसहरु जलेका कारण खरीदका लागि प्रतिपरिवार दुई हजार रुपैया“का दरले आर्थिक सहयोग गर्नुभएको हो । दाङको देउखुरीमा घर भई हाल काठमाडौमा बसेर कलाकारिता गर्दै आउनुभएकी गायिका गिरीले पत्रकार निमुसंगम घर्तीमार्फत पा“च घरका बालबालिकालाई शैक्षिक सामग्री खरीद गर्न रकम उपलब्ध गराउनुभएको हो । पत्रकार घर्तीले मंगलवार वडा नम्बर १ का सदस्य छविलाल घर्तीको रोहवरमा पीडितलाई १० हजार रुपैया“ उपलब्ध गराउनुभएको हो ।
यसैबीच गायिका गिरीले राजपुर गाउ“पालिका–१ पटौलीनाकाका अग्निपीडित गगन बस्नेतको परिवारलाई पनि नगद १० हजार सहयोग गर्नुभएको छ । बस्नेतको घरमा करीब एक हप्ता अगाडि आगलागी हु“दा पा“चवटा बाख्रालगायत खाद्यान्न सहित सम्पूर्ण सामग्री जलेर नष्ट भएको थियो । दुःखमा परेका व्यक्तिहरुलाई सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ सहयोग गरेको उहा“को भनाइ छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top